कोरोमा माहामारीमा पनि सामाजिक काममा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउनटाउन

 न्यूज विराट
कोरोमा माहामारीमा पनि सामाजिक काममा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउनटाउन

विराटनगर, २३ असोज–विश्वव्यपी माहामारिका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का बिच पनि रोटरी क्लब अफ विराटनगर डाउन टाउन सामाजिक कार्यमा अग्रसर बन्दै आएको छ । नियमित विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले मस्तिष्क पक्षाघातबाट पिडित बालबालिकाका अभिभाकलाई सहयोग सामाग्री वितरण गरेको छ ।

मस्तिष्क पक्षाघातबाट पिडित बालबालिकाका अभिवावकलाई क्लबले खाद्यान्न, स्टेशनरी, खेलौनालगायतका सामाग्री वितरण गरेको हो । सेरेप्रल पाल्सीले पिडित बालबालिका दिवसको अवसर पारेर शहिद मैदान छेउको आदर्श पुस्तकालयमा क्लबका अध्यक्ष दिप्ती अग्रवाल र सचिव गिरिजा सारडा लगायतले मंगलबार १५ जना जना अभिभावकलाई हर्लिक्स्, चकलेट, बिस्कुट, रंग, रंग भर्ने किताब, नोटबुक, पेन्सिल, खेलौना लगायतका सामाग्री वितरण गरे । सहयोग सामाग्री वितरणमा कोरोना माहामारीका कारण बालबालिकालाई भने सहभागि नगराइएको क्लबका अध्यक्ष दिप्ती अग्रवालले बताइन् ।

६ अक्टोबरमा मस्तिष्क पक्षाघातबाट पिडित बालबालिका दिवस मानाइने गरिन्छ । आदर्श पुस्तकालयका स्थापना २००३ सालमा भएको थियो । सो पुस्तकालयको सञ्चालन रोटरी क्लब अफ विराटनगरले गर्दै आएको छ । क्लबले यस अघि विराटनगरस्थित विराटेश्वर बृद्धा आश्रममा आश्रित जेष्ठ नागरिकलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको थियो । त्यसैगरी कोरोना भाइरसको संक्रमण रोकथामका लागि विभिन्न संस्थालाई स्वास्थ्य सामाग्री वितरण, विपन्न वस्तिमा राहतसमेत वितरण गरेको छ । क्लबले यसरीनै नियमित सामाजिक मामहरु गर्दै आएको सचिव गिरिजा सारडाले बताइन् ।

सम्बन्धित समाचार

आज प्रदेश १ र बागमतीमा भारी वर्षा हुने, अरु कुन-कुन ठाउँमा पर्दै छ पानी ?

मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी...

’फरार’ सिद्धबाबाले गरे आत्मसमर्पण

काठमाडौं, फागुन २०–उच्च अदालत, बिराटनगरले आफूलाई थुनामा पठाउने आदेश दिने छनक पाएपछि फरार भएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् । आफ्नै अनुयायीमाथि जबर्जस्ती करणी गरेको आरोप लागेका गिरीले जिल्ला अदालत, सुनसरीमा मंगलबार आत्मसमर्पण...

इटाली आगामी जुनदेखि यात्रा प्रतिबन्ध फुकुवा गर्ने

एजेन्सी, जेठ ४-इटलीले आगामी जुन महिनादेखि विदेश जान र आउन लगाएको प्रतिबन्ध फुकुवा गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री जुजेप्पे कोन्टेले इटालीभित्रको आन्तरिक वाह्य यात्रा खुला गर्न लागिएको जानकारी दिएका हुन् । इटालीका जनतालाई फेरि...

सुनिल शर्माले प्रतिवद्धता पुरा गर्दै, नोबेलमा ५० शैय्याको निःशुल्क क्याविन संचालन

विराटनगर । मोरङ ३ मा मतदातामाझ गरेको वाचा पूरा गर्दै नेपाली कांग्रेसका डा. सुनिल शर्मा जितलगत्तै एक्सनमा उत्रिएका छन् ।निर्वाचनमा आफूले गरेको प्रतिवद्धताअनुसार उनले नोबेल शिक्षण अस्पताल विराटनगरमा निःशुल्क क्याबिन सेवाको उद्घाटन गरेका हुन् ।चुनावमा...

एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि ग्रेडेड र अरिहन्त स्कुललाई

विराटनगर । जिल्ला स्तरीय एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलल र अरिहन्त स्कुलले जितेको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मोरङले प्रजातन्त्र दिवसको अवसर पारेर विराटनगरमा सोमबार आयोजना गरिएको प्रतियोगिताको...

लैंगीक समानता तथा समावेशीकरण नीति बनाउने तालिम सम्पन्न, ९ स्थानीय तहको २५ जनाको सहभागि

विराटनगर । स्थानीय तहले लैंगीक समानता तथा सामाजिक समावेशीकरण नीति (जेसी पोलेसी) बनाउने एक दिने तालिम सम्पन्न भएको छ । दलित महिला केन्द्र नेपालले बिहीबार मोरङको सुन्दरहैचना नगरपालिकामा उक्त तालिम सम्पन्न भएको हो । उनीहरुले...

भारत र चिनियाँ सैनिकबीच भिडन्त, भारतका वरिष्ठ सैन्य अधिकारीसहित ३ को मृत्यु

एजेन्सी, असार २-लद्दाखको गलवानमा भारत र चीनका सैनिकबीच झडप भएको छ । झडपमा भारतीय एक सैनिक अधिकारीसहित ३ जनाको ज्यान गएको भारतीय सरकारको भनाइलाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ । भारतीय र चिनियाँ सैनिकबीच...

लकडाउन खुकुलो भएसँगै इटलियन सिरी ए फुटबलको प्रशिक्षण सुरु हुने

एजेन्सी, बैशाख १५-कोरोना भाइरसको महामारीसँग ठप्प बनेको युरोपेली फुटबल पुनः सुरु हुने भएका छन् । कोरोना भाइरसका कारण गत फेब्रुअरीदेखि नै प्रभावित बनेको इटलियन सिरी ए का क्लबहरुले लकडाउन खुकुलो भएसँगै प्रशिक्षण सुरु गर्ने भएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्