पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४११ संक्रमित थपिए, ४५८ डिस्चार्ज

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४११ संक्रमित थपिए, ४५८ डिस्चार्ज

विराटनगर, २२ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४११ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र ताप्लेजुङमा २÷२, धनकुटा, खोटाङ, संखुवासभा, तेह्रथुममा १÷१ जना र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १०० जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ३४ महिला र ६६ पुरुष छन् । मोरङको रंगेलीमा ४ महिला ८ पुरुष, बेलबारीमा ३ महिला ६ पुरुष, उर्लाबारीमा ३ महिला ५ पुरुष, बुढीगंगामा २ महिला ५ पुरुष, लेटाङमा ५ महिला २ पुरुष, सुन्दरहरैचामा ३ महिला २ पुरुष, कटहरीमा २ महिला ३ पुरुष, धनपालथानमा ४ महिला २ पुरुष, केराबारीमा ३ पुरुष, पथरीशनिश्चरेमा १ महिला २ पुरुष, कानेपोखरीमा १ महिला १ पुरुष, सुनबर्षीमा २ पुरुष, जहदामा १ पुरुष, १ महिला र स्थानीय तह नखुलेका १ महिला ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको इटहरीमा २८ महिला ४० पुरुष, धरानमा २४ महिला २८ पुरुष, दुहवीमा २ महिला १० पुरुष, रामधुनीमा ६ पुरुष, इनरुवामा १ महिला ४ पुरुष, गढीमा २ महिला १ पुरुष, बराहक्षेत्रमा १ महिला २ पुरुष,भोक्राहा नरसिंहमा २ पुरुष, बर्जु र देवानगञ्जमा १÷१ पुरुष र स्थानीय तह नखुलेका १ पुरुष १ महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी झापाको मेचीनगरमा ४ महिला ७ पुरुष, भद्रपुरमा २ महिला ७ पुरुष, दमकमा ५ महिला १ पुरुष, विर्तामोडमा १ महिला ३ पुरुष, हल्बिारी, अर्जुनधारा र बाह्रदशीमा १÷१ पुरुष, शिवसताक्षीमा १ महिला र स्थानीय तह नखुलेका १ महिला १ पुरुष, उदयपुरको बेलकामा ४ महिला ७ पुरुष, त्रियुगामा ३ महिला, चौदण्डीगढीमा १ महिला १ पुरुष, उदयपुर गढीमा १ पुरुष र स्थानीय तह नखुलेका १ महिला १ पुरुष, भोजपुरमा २ पुरुष, इलामको माईमा १ पुरुष, सन्दकपुरमा १ महिला, ताप्लेजुङको पुङलिङमा १ महिला, स्थानीय तह नखुलेका १ पुरुष, खोटाङमा १ पुरुष, तेह्रथुममा १ पुरुष, संखुवासभाको चैनपुरमा १ महिला, धनकुटामा १ महिला र प्रदेश १ बाहिरका ५ महिला र ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितका संख्या ८ हजार ८५७ पुगेको छ ।

प्रदेश १ मा बिहिबार ४५८ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ४२१, जिल्ला अस्पताल संखुवासभामा २१, विराट मेडिकल कलेजबाट १६ जना डिस्चार्ज भएका हुन् । हालसम्म ४ हजार ६६२ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा बिहिबार १ हजार ६६१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १५८ महिला र २५३ पुरुषको रिपावेर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा हालसम्म १ लाख ३२ हजार ३३१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

उच्च अदालतको आदेशले कटहरी गाउँपालिकालाई बजार लगाउने बाटो खुल्यो

विराटनगर । लामो समयसम्म मोरङको कटहरी गाउँपलिका १ स्थित तरकारी तथा फलफूलको थोक तथा खुद्रा बजार सञ्चालन गर्न नसकेर प्रयोगविहीन भएको संरचनामा कटहरी गाउँपालिकाले साप्ताहिक हटिया लगाउने बाटो उच्च अदालत विराटनगरले खुल्ला गरिदिएको छ ।...

सरकारी गाडीबाट बिरामी बोक्न डा. केसीको अपिल

स्वास्थ्य शिक्षा अभियन्ता डा. गोविन्द केसीले सरकारी गाडीबाट बिरामी बोक्न अपिल गरेका छन् । उनले मंगलबार विज्ञप्ति जारी गर्दै निष्क्रिय रहेका सरकारी गाडीबाट बिरामी बोक्न सम्बन्धित मन्त्रालयलाई अपिल गरेका हुन् । उनले भने, 'सरकारी गाडीहरू...

६२८६ जनाको नमुना परीक्षण गर्दा १०५६ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार २८६ जनाको पीसीआर परीक्षण गर्दा ३८६ महिला र ६७० पुरुषमा कोरोना...

पत्रकार महासंघको कार्यकाल ६ महिना थप

काठमाडौं, ३ भदौ-नेपाल पत्रकार महासंघको कार्यकाल ६ महिना थप गरिएको छ । जुम वेविनारबाट आज सम्पन्न महासंघको राष्ट्रिय भेलाले केन्द्रीय समितिको ३ वर्षे कार्यकाल यही ५ भदौमा समाप्त हुन लागेको सन्दर्भमा कोरोना महामारीको जोखिममा तत्काल...

विराट गोल्डकप, दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा

विराटनगर । विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) ९ औं संस्करणको विराट गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा मंगलबार भएको दोस्रो दिन खेलमा भारतको सुदेभा दिल्ली फुटबल क्बललाई टाइबेकरमा ५–३ गोलले हराउँदै एपीएफ...

सगरमाथा स्पोर्ट्स मिट सुरू

विराटनगर । विराटनगरस्थित सगरमाथा स्कुलमा सगरमाथा स्पोर्ट्स मिट सुरू भएको छ । एक कार्यक्रम आयोजना गरि पाँच दिनसम्म संचालन हुने सगरमाथा स्पोर्ट्स मिट शुक्रबारदेखि सुरू भएको हो । सगरमाथा स्पोर्ट्स मिटको उद्घाटन स्कुलका प्रिन्सिपल त्रिलोचन...

२४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना पुष्टि

काठमाडौं, १६ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजासर ६९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...

विराटनगरमा गुरूङ सामुदायको सदभावपूर्ण म्याराथन दौड

विराटनगर । तुम लोसार २०१८ को अवसर पारेर विराटनगरमा सदभावपुर्ण म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको छ । तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद महानगर इकाइको आयोजनामा विराटनगरमा शनिबार विहान उक्त प्रतियोगिता आयोजना गरिएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्