कोरोनाबाट काठमाडौंका छसहित १५ को मृत्यु, २ सय ७० जना भेन्टिलेटर र आईसीयूमा

 न्यूज विराट
कोरोनाबाट काठमाडौंका छसहित १५ को मृत्यु, २ सय ७० जना भेन्टिलेटर र आईसीयूमा

काठमाडौं, २१ असोज-पछिल्लो २४ घण्टाको अवधिमा १५ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा पाँच महिला र १० पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा काठमाडौंका दुई महिला र चार पुरुष गरी ६ जना छन् । त्यस्तै ललितपुरका एक पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

यसैगरी, सिरहा, रौतहट र दाङमा एक/एक महिलाको निधन भएको छ । मोरङमा दुई, चितवन, रूपन्देही र नवलपरासीका एक/एक पुरुषकाे कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर ०.६१ प्रतिशत छ ।

आज देशभर २ सय ७० जनाको भेन्टिलेटर र आईसीयूमा उपचार भइरहेको छ । जसमध्ये २ सय ३३ जना आईसीयूमा र ३७ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयको तथ्यांक छ ।

मोरङ, सुन्सरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रूपन्देही जिल्लामा ५ सयभन्दा बढी संक्रमित छन् भने सोलुखुम्बु, मनाङ र मुस्ताङ, संक्रमण शून्यमा झरेको छ ।

आज देशभर १४ हजार २ सय ९ जनाको परीक्षण गर्दा ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, आज देशभरबाट १ हजार १ सय २६ जना डिस्चार्ज भएका छन् ।

आजसम्म ११ लाख १२ हजार ४ सय २६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ९४ हजार २ सय ५३ जनामा कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये हालसम्म ६८ हजार ६ सय ६८ जना निको भएर घर फर्किएका छन् । संक्रमणमुक्त हुनेको दर ७२.८ रहेको छ ।

२५ हजार ७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यीमध्ये १४ हजार ४ सय ११ जना होम आइसोलेसनमा छन् भने १० हजार ५ सय ९६ जना संस्थागत आइसोलेसनमा छन् । ४ हजार १ सय ६४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयको तथ्यांक छ ।

सम्बन्धित समाचार

लखनउलाई हराउँदै राजस्थान आईपीएलकाे शीर्ष स्थानमा

एजेन्सी, २८ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएका खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले जित हात पारेका छन् । राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्समाथि ३ रनको रोमान्चक जित निकाल्यो । जितका लागि १६६...

स्काउट क्याप उद्घाटन

विराटनगर। विनायक बोर्डिङ सेकेण्डरी स्कुलको विनायक स्काउट ट्रुपद्वारा आयोजित स्काउट एक रात दुई दिनको क्याम्प २०८१ को आज उद्घाटन भएको छ। स्काउटिङ मार्फत शान्ति र एकता भन्ने मूल नाराका साथ आयोजित यस क्याम्पको उद्घाटन प्रमुख...

समयमै आँखा परिक्षण गराइ दृष्टिविहीन हुनबाट बचाउनुपर्दछ : डा. सुवास पोखरेल

विराटनगर । मधुमेह भएका व्यक्तिले समयमै आँखा परिक्षण गराइ दृष्टिविहीन हुनबाट बचाउनुपर्ने विराटनगरमा आयोजित एक कार्यक्रममा चिकित्सकहरुले बताएका छन् । गोल्छा आँखा अस्पतालले विराटनगरमा विश्व मधुमेह दिवसको अवसर पारेर मधुमेहले आँखामा पार्ने असर (डाइबेटिक रेटिनोपेथी)...

मोरङमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

विराटनगर, २ जेठ । कोरोना भाइरसको संक्रमणका कारण मोरङका विभिन्न अस्पतालमा थप १२ जनाको मृत्यु भएको छ । पछिल्लो १३ घण्टामा उक्त संख्यामा संक्रमितको ज्यान गएको हो । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शनिबार दिउँसो ३...

अजय राज हस्पिटलमा विशेषज्ञ सेवा, ल्याबमा २५ प्रतिशतसम्म छुट

विराटनगर । सुनसरीको इनरुवामा रहेको अजय राज हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालिमा विशेषज्ञ चिकित्सकहरुबाट उपचार हुने गरेको छ ।विशेषज्ञ चिकित्सकहरूबाट हस्पिटलमा आएका विरामीहरुको भरपर्दो उपचार हुने गरेको अस्पतालले जनाएको छ ।अस्पतालमा दुई हप्तासम्म ल्याबमा छुट...

लायन्सका डिस्ट्रिक गर्भनर विकास अधिकारी अस्ट्रेलिया प्रस्थान

विराटनगर । अस्ट्रेलियामा हुने अन्तराष्ट्रिय ‘कन्भेन्सन’ मा भाग लिन लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ सी का डिस्ट्रिक गर्भन विकास अधिकारी र प्रथम महिला बन्दना पोखरेल सहभागि हुने भएका छन् । अधिकारी र पोखरेल कन्भेन्सनमा भाग लिन...

प्रदीप ज्ञवालीले गरे माधवको एकताबिरोधी षडयन्त्रको भण्डाफोर

काठमाडौं, असार १३ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पूर्वप्रधानमन्त्रप् माधवकुमार नेपालको पछिल्लो ब्यवहारप्रति कठोर टिप्पणी गर्नुभएको छ । कसैको इसारामा नेता नेपाल एमालेबिरुद्ध अभियान छेडने काममा लागेपछि प्रवक्ता ज्ञवालीले उहाँको पछिल्लो क्रियाकलापप्रति कठोर जवाफ दिनुभएको हो...

कैदी फरार प्रकरण : दुई जना प्रहरीलाई निलम्बन गरेर मुद्दा

विराटनगर । अस्पतालबाट उपचारको क्रममा कैदी फरार भएपछि दुई जना प्रहरीलाई निलम्बन गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।डियुटिमा खटिएका जिल्ला कारागार मोरङमा कार्यरत प्रहरी सहायक हल्लदार राजिव भण्डारी र प्रहरी जवान ज्ञानेन्द्र कटुवाललाई निलम्बन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्