कर्मचारीमा कोरोना पुष्टि भएपछि जिप्रका सिरहा एक साता बन्द

 न्यूज विराट
कर्मचारीमा कोरोना पुष्टि भएपछि जिप्रका सिरहा एक साता बन्द

लाहन,  १८ असोज-कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरेको छ । 

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना प्रकाशित गरी कार्यालयमा कार्यरत कर्मचारीमध्ये हालसम्म आठजनामा कोभिड–१९ को संक्रमण देखिएको हुँदा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरिएको जानकारी दिएका हुन् ।

गत १३ असोजमा प्रशासन फाँटमा कार्यरत कर्मचारीमा संक्रमण देखिएको र तीन प्रशासकीय अधिकृतको दरबन्दी रहेकामा एक जनामा सङ्क्रमण लक्षण र अन्य दुईसहित आठ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको हुँदा जोखिम न्यूनीकरण गर्न आजदेखि २४ असोजसम्मलाई अतिअवाश्यकबाहेकका सेवा बन्द रहने प्रजिअ कँणेलले बताए ।

अतिआवश्यक नपरी सेवा लिन नजान, जानै परेमा दुई मिटरको दूरी कायम गरी, मास्क लगाएर, साबुनपानीले हात धोइ वा स्यानिटाइजार प्रयोग गरी आफू सुरक्षित हुने गरी अतिआवश्यक सेवा लिन प्रजिअ कँणेलले सबैसँग आग्रह गरेका छन् । रासस

सम्बन्धित समाचार

मानव जीवनभन्दा ठूलो वैयक्तिक स्वतन्त्रता हुँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जीवनभन्दा ठूलो वैयक्तिक स्वतन्त्रता हुन नसक्ने बताएका छन् । वैयक्तिक स्वतन्त्रताको माग गर्दै अदालतमा मुद्दा परिहरेको अवस्थामा देशवासीको नाममा सम्बोधन गर्दै पहिले ज्यान बचाउने र वैयक्तिक स्वतन्त्रता खोज्ने विकल्प हुने उनले...

बीपीमा कोरोना उपचारका लागि पहिल्यै ७ देखि ६० हजारसम्म जम्मा गर्नुपर्ने

विराटनगर, ६ कात्तिक-वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा पिसिआर परिक्षण तथा कोभिड संक्रमित उपचारको लागी नयाँ निर्णय भएको छ । आइतबार देखि लागु हुने निर्णय अनुसार पिसिआर परिक्षणको नयाँ शुल्क २२ सय निर्धारण गरीएको छ ।...

‘पीसीआर रिपोर्ट नआएसम्म क्वारेन्टाइनमा बस्नू’

काठमाडौं, २३ असोज-सरकारले पीसीआरको रिपोर्ट नआएसम्म क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । पीसीआरको लागि स्वाब दिने तर बाहिर हिँड्ने गरेको पाइएकाले रिपोर्ट नआएसम्म क्वारेन्टाइनमा बस्न आग्रह गरेको हो । नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बाढीपिडितलाई राहत वितरण

विराटनगर, ९ कात्तिक । बेमौसमी झरीका कारण आएको बढीबाट पीडित परिवारलाई रोटरी क्लब अफ विराटनगर डाउनडाउनले राहत वितरण गरेको छ । विराटनगर बखरीस्थित सिमराही टोलका बाढीपीडित परिवारलाई क्लबले राहतस्वरुप खाद्यान्न वितरण गरेको हो । क्लबले...

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना

काठमाडौँ, २१ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन...

रतुवामाईमा पत्रकार हौँ भनेर रकम अशुल गर्दै हँडेका दुई जना पक्राउ

विराटनगर, ६ असार । मोरङ रतुवामाई नगरपालिका १० स्थितबाट वनको कर्मचारी तथा पत्रकार हौ भनि रकम ठगी गर्ने २ जनालाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी...

विराटनगरको मेरील्याण्ड कलेजलाई शिक्षा सेवा सम्मान

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल सावित भएको विराटनगरस्थित मेरिल्याण्ड कलेजलाई फोकस नेपालले शिक्षा सेवा सम्मान पुरस्कार प्रदान गरेको छ । कलेजले शिक्षा क्षेत्रमा उत्कृष्ट हासिल गरेको भन्दै शनिबार काठमान्डौमा भएको एक कार्यक्रम विच कलेजलाई सम्मान...

मालदिभ्समा कोभिड– १९ का सङ्क्रमित बढ्दै

एजेन्सी, ८ भदौ-दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि कोभिड– १९ का सङ्क्रमितहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । मालदिभ्सको राजधानी मालेबाट प्राप्त भएको समाचारमा त्यहाँ सङ्क्रमितहरूको संख्या ६ हजार नाघेको छ । दक्षिण एसियाको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्