चितवनमा दुई महिनामै मरे पाँच गैँडा

 न्यूज विराट
चितवनमा दुई महिनामै मरे पाँच गैँडा

चितवन, १८ असोज-चालू आर्थिक वर्ष २०७७/७८ को साढे दुई महिनामा चितवन राष्ट्रिय निकुञ्जमा पाँच वटा गैँडा मरेका छन् । चार वटा गैँडा प्राकृतिक कारणले मरेको भए पनि एउटा गैँडा भने चोरी शिकारीका कारण मरेको निकुञ्जले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार साउनमा एउटा, भदौ र असोजमा दुई/दुईवटा गैँडा मरेका हुन् । भदौमा मरेको दुई गैँडामध्ये एउटा गैँडा भने चोरी शिकारीका कारण मरेको रामले जानकारी दिए । ‘यस आर्थिक वर्षमा मरेका पाँच गैँडामध्ये चार वटा गैँडा कालगतिले मरेका छन्,’ निकुञ्जका सूचना अधिकारी रामले भने, ‘भदौ १६ गते मरेको गैँडाको प्रकृति र शरीरमा लागेको चोट हेर्दा त्यो गैँडा चोरी शिकारीको कारण मरेको निकुञ्जले निष्कर्ष निकालेको छ ।’

चितवन राष्ट्रिय निकुञ्जमा यो आव सुरु भएपछि १७ साउनमा पहिलो गैँडा मृत फेला पारेको थियो । त्यसपछि ६ भदौमा पनि निकुञ्जभित्र मृत गैँडा फेला परेको थियो । रामका अनुसार ती दुवै मृत फेला परेका गैँडाको खाग र खुर सुरक्षित रहेकाले प्राकृतिक कारणले मरेका हुन् । त्यस्तै, निकुञ्जभित्र भदौ २१ गते पनि मृत गैँडा भेटिएकामा त्यो गैँडा कालगतिले नमरेको रामले बताउनुभयो ।

‘भदौ १६ गते निकुञ्जको सुरक्षा टोलीले गोली पड्केको आवाज सुनेपछि खोजीमा गएको निकुञ्ज प्रशासन र सेनाको टोली निस्किएको थियो,’ रामले भने, ‘खोजीमा निस्किएको टोलीले पाँच दिनपछि भदौ २१ गते बाँदरझुला टापुको घोलमा मृत गैँडा फेला पार्‍यो ।’ भदौ २१ गते मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित भेटिएको भए पनि टाउकोमा गोली लागेको घाउ भेटिएको उनले बताए । टाउकोमा गोलीको घाउ देखिएको मृत गैँडाको परीक्षणका क्रममा गोली भने फेला नपरेको रामले जानकारी दिए ।

त्यस्तै, असोजमा १६ र १७ गते गरी दुईवटा गैँडा मृत अवस्थामा भेटिएका छन् । असोज १६ गते शुक्रबार चितवन राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्र (कोर एरिया) नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को लामीचौरमा रहेको निकुञ्जको सुरक्षा चौकीदेखि तीन किलोमिटर दक्षिणमा नारायणी नदीको बीच भङ्गालोमा गैँडा मृत अवस्थामा फेला परेको थियो । शुक्रबार भेटिएको मृत गैँडा एक/दुई महिनाअघि मरेका हुनसक्ने अनुमान गरिएको छ । सडेको अवस्थामा भेटिएको उक्त मृत गैँडाको पनि खाग र खुर सुरक्षित भेटिएको रामले बताए ।

त्यस्तै, शनिबार मात्रै पनि नारायणी नदीमा डुबेर मरेको एउटा पोथी गैँडा त्रिवेणीमा भेटिएको छ । गैँडाको पुरानो बासस्थान निकुञ्जको मुख्य क्षेत्रबाट सो गैँडालाई नारायणी नदीले बगाएर त्रिवेणी पुर्‍याएको हुनसक्ने सूचना अधिकारी रामले बताए । निकुञ्जबाट नदीमा बग्दै गएका अन्य कम्तीमा दुईवटा गैँडा त्रिवेणी क्षेत्रमा रहेका छन् । ती बग्दै गएका गैँडाहरू कहिले सुस्तातर्फको उखुबारीमा त कहिले भारतीय क्षेत्रमा आवतजावत गर्ने गरेको निकुञ्जले जनाएको छ ।

दुर्लभ जनावर एकसिङ्गे गैँडाको मुख्य बासस्थानको रूपमा चितवन राष्ट्रिय निकुञ्ज रहेको छ । सन् २०१५ मा गरिएको गैँडा गणनाअनुसार देशभर ६ सय ४५ गैँडा रहेकामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ५ वटा गैँडा भेटिएका थिए । पहिलो गैँडा गणनापछि निकुञ्ज क्षेत्रमा कालगतिका कारण ठूलो सङ्ख्यामा गैँडा मरेका छन् ।

निकुञ्जले दिएको तथ्याङ्कअनुसार आव २०७४/७५ मा २६ गैँडा मरेका छन् । त्यस्तै २०७५/७६ मा ४३, २०७६/७७ मा २६ गैँडा मरेका थिए भने चालू आव २०७७/७८ मा पाँच वटा गैँडा मरिसकेका छन् । चितवन राष्ट्रिय निकुञ्जले गत वर्ष गैँडा गणना गर्ने तयारी गरेको भए पनि कोरोना महामारीका कारण गणना प्रभावित भएको थियो ।

गत वर्ष हुननसकेको गैँडा गणना यस वर्ष हुने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । त्यस्तै, निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्न थालेपछि यसको अध्ययनसमेत भइरहेको बरालको भनाइ छ । रासस

सम्बन्धित समाचार

कोरोना संक्रमणबाट मोरङमा थप छ जनाको मृत्यु

विराटनगर, ३० वैशाख । कोरोना भाइरसको संक्रमणका कारण बिहीबार बिहान मोरङमा थप छ जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा तीन, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई र मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा...

विराटनगरमा पहिलो पटक ट्राफिक लाइट संचालनमा , दुर्घटना न्यूनिकरण हुने अपेक्षा

विराटनगर । विराटनगरमा पहिलोपटक ट्राफिक लाइट जडान गरेर सञ्चालनमा ल्याइएको छ । विराटनगरको बरगाछी चोकमा जडान गरिएको ट्राफिक लाइट औपचारिक कार्यक्रम आयोजना गरी सोमबारदेखि संचालनमा ल्याएको हो । उक्त लाइटको उद्घाटन आन्तरिक मामिला तथा कानुन...

प्रधानमन्त्रीको सल्लाहमै गभर्नर हटाइएको हो:प्रचण्ड

कैलाली । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच सल्लाह भएको बताएका छन् । आज धनगढी विमानस्थलमा प्रेस सेन्टरले आयोजना गरेको...

कुबेतमा रहेका नेपालीबारे प्रधानमन्त्रीको चासो, समकक्षीसँग सम्वाद

प्रधानमन्त्री केपी शर्मा ओली कुवेतमा रहेका नेपालका बारेमा चासो व्यक्त गरेका छन् । कुवेतमा रहेका नेपालीको अवस्था बुझ्न प्रधानमन्त्री ओलीले समकक्षीसँग मंगलबार दिउँसो फोन सम्वाद गरेका हुन् । कुवेतका प्रधानमन्त्री सवाह अल खालिद अल सवाहसँग...

एनआरएनए पोर्चुगलका निलम्बित कोषाध्यक्षको घरजग्गा रोक्का गर्न आग्रह

अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घरजग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । कुँवरले पोर्चुगलमा सञ्चालन गर्दै आएको...

लकडाउनको उल्लंघन गर्दै नाराबाजी गर्ने जसपाका १५ कार्यकर्ता पक्राउ

जनकपुर, ८ जेठ-लकडाउनको उल्लंघन गर्दै जनकपुरधाममा नाराबाजी गर्ने जनता समाजवादी पार्टी (जसपा)का १५ जना नेता/कार्यकर्तालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । जसपाका युवा नेता नवीन यादव र मुकेश झाको नेतृत्वमा प्रदर्शन गरिएको हो । केही...

नाबुन विराटनगरमा नयाँ नेतृत्व, अध्यक्षमा बसन्ती गुरूङ

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन ) विराटनगर महानगर कमिटिमा नयाँ नेतृत्व चयन भएको छ ।विराटनगरमा शनिबार सम्पन्न भएको चौथो अधिवेशनबाट बसन्ती कुमारी गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । गुरूङ यसअघि...

विराटनगरमा कांग्रेस नेताहरुले भने–संविधानको रक्षाका लागि जनता माझ आएका हौँ

विराटनगर, ३ फागुन । संविधान रक्षाका लागि आफुहरु जनतामाझ आएको नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले बताएका छन् । नेपाली कांग्रेस मोरङले प्रदेश १ को राजधानी विराटनगरमा सोमबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेताहरुले संसद पुनस्र्थापना गर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्