पछिल्लो २४ घण्टामा प्रदेश १ मा २५५ संक्रमित थपिए, २८७ डिस्चार्ज

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा २५५ संक्रमित थपिए, २८७ डिस्चार्ज

विराटनगर, १७ असोज—प्रदेश १ म पछिल्लो २४ घण्टामा २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सुनसरीमा १२२, मोरङमा १०२, झापामा ६, उदयपुरमा ५, खोटाङमा ४, संखुवासभा र ओखलढुङ्गामा ३÷३, धनकुटामा १ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ९८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ४८ महिला र ५० पुरुष छन् । सुनसरीकै दुहवीमा ३ महिला ६ पुरुष, इटहरीमा १ महिला ७ पुरुष, रामधुनी, बराहक्षेत्र र बर्जुमा १÷१ महिला, स्थानीय तह नखुलेका ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको विराटनगरमा ३१ महिला ५६ पुरुष, सुनबर्षीमा ४ महिला १ पुरुष, ग्रामथानमा १ महिला ३ पुरुष, कटहरीमा २ पुरुष, उर्लाबारी, रतुवामाई र कानेपोखरीमा १÷१ महिला, धनपालथानमा १ पुरुष, झापाको दमकमा १ महिला १ पुरुष, अर्जुनधारा, कमल, गौरादह र स्थानीय तह नखुलेका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आउको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता उदयपुरको बेलकामा ५ पुरुष, खोटाङको खोटेहाङमा ४ पुरुष, संखुवासभाको चिचिलामा १ महिला २ पुरुष, ओखलढुङ्गामा ३ पुरुष, धनकुटाको महालक्ष्मीमा १ पुरुष र प्रदेश १ बाहिरका ९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार ४३२ पुगेको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २८७ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २६३, वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र वि.जेनरल अस्पताल हरिनगरबाट ९÷९, गढी आईसोलेसन केन्द्रबाट ५ र होटल एशियाटिकबाट १ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या ३ हजार ७२५ पुगेको छ ।

प्रदेश १ मा शनिबार १ हजार २०९ जनाको पीसीआर परीषण गरिएको छ । परिक्षण गरिएका मध्ये ९६ महिला र १५९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख २६ हजार ८९० जनाको पीसीआर परीषण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

अमेरिकासँग सैन्य गठबन्धन हुँदैन, हामी यसमा प्रस्ट छौँ: प्रधानसेनापति शर्मा

काठमाडौं, ३ असार । प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकासँग सैन्य गठबन्धन नहुने बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जवाफ दिँदै प्रधानसेनापति शर्माले सैन्य गठबन्धन स्वीकार्य नहुने बताएका हुन् । उनले एसपीपी सम्झौता आफूहरूलाई मान्य नभएको...

उद्योग वाणिज्य महासंघको निर्वाचन मिति र मोडालिटी तय गर्न समिति गठन

काठमाडौं, २१ साउन-नेपाल उद्योग वाणिज्य महासंघले साधारणसभाको मिति तय गर्नका लागि समिति गठन गरेको छ । महासंघको कार्यकारिणी समितिको भर्चुअल बैठकले ५४ औं वार्षिक साधारणसभा र निर्वाचनको मिति र मोडालिटी तयार गरी सुझाव पेश गर्न...

खोप लगाएकाभन्दा नलगाएकामा मृत्यु हुने जोखिम २० गुणा बढी

कोरोनाविरुद्धको खोप लगाएका भन्दा नलगाएकामा २० गुणा बढी मृत्युको जोखिम रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाले भने, ‘खोप लगाएका र नलगाएकामा तुलाना गर्दा खोप नलगाएकालाई १०...

विराटनगर, जेठ २३–प्रदेश १ सरकारले स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेको छ । आज प्रदेश प्रमुख सोमराज अधिकारी (प्यासी) ले प्रदेश १ को प्रदेश सभामा प्रदेश सरकारको आर्थिक वर्ष ०७७÷७८को नीति र कार्यक्रम प्रस्तुत गर्दै...

नेकपा सांसदलाई स्पष्ट एकरूपता देखाउन प्रधानमन्त्रीको लिखित निर्देशन

काठमाडौं, २७ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अधिवेशनमा सक्रिय समझदारीपूर्ण अघि बढ्न पार्टीका सबै सांसदलाई अनुरोध गरेका छन् । शुक्रबार पार्टीका सांसदहरूलाई लिखित निर्देशन दिँदै उनले एकताबद्ध प्रयासका...

गठबन्धन बैठक बिनानिष्कर्ष सकियो, ८ गते फेरि बस्ने

काठमाडौं । एमसीसीमा सहमति जुटाउने प्रयासस्वरूप सत्तागठबन्धनको निर्णायक भनिएको आजको बैठक पनि बिनानिष्कर्ष सकिएको छ । एक घण्टा पनि नबसी आइतबार पुन: बैठक बस्ने गरी नेताहरू उठेका छन् । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार फागुन गते...

भुल्केको जनजीवन कष्टकर बन्दै, नुन पनि सकियाे

उदयपुर, बैशाख १३-भुल्के गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव हुँदा स्थानीयवासीको जनजीवन कष्टकर बन्न पुगेको छ । त्रियुगा नगरपालिका–३ को सो गाउँलाई स्थानीय प्रशासनले कोभिड–१९ को थप जोखिम हुन नदिन २ हप्तादेखि सिल गरेपछि खाद्यान्न अभाव...

पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमको तयारी

काठमाडौं, १२ साउन-अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको भन्दै नेपाल आयल निगमले मूल्य बढाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भारतमा डिजेलको भाउ दिनप्रति दिन बढेपछि अगष्टमा मूल्य बढाउने तयारी भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्