सार्वजनिक यातायात खुले, तर छैनन् यात्रु

 न्यूज विराट
सार्वजनिक यातायात खुले, तर छैनन् यात्रु

काठमाडौं, १७ असोज-कोभिड-१९ का कारण झण्डै ६ महिना बन्द रहेको सार्वजनिक यातायात खुला भएपनि यात्रु नहुँदा यातायात व्यवसायीहरु समस्यामा परेका छन् । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण चैत १० देखि बन्द रहेको लामो दूरीका सार्वजनिक यातायात सरकारले असोज १ देखि खुला गर्ने निर्णय गरेपनि यात्रु नहुँदा व्यवसायी समस्यामा परेका हुन् ।

कोभिड-१९ सङ्क्रमण हुनुभन्दा पहिले पूर्वाञ्चल क्षेत्रमा प्रत्येक दिन ४ सय ५० सार्वजनिक सवारी साधन ओहोरदोहोर हुँदै आएपनि अहिले यात्रु नहुँदा दैनिक १ सय ५० सवारी साधन एक सिटमा एक यात्रु राखेर ओहोरदोहोर गर्न बाध्य छन् ।

काठमाडौँबाट पूर्वका ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, धनकुटा, सुनसरी, झापा, मोरङ, तेह्रथुम, उदयपुर, सिरहा र सप्तरी जाने ५४ बस कम्पनी मिलेर बनेको पूर्वाञ्चल यातायात व्यवसायी समन्वय प्रालिले यात्रु नभएकाले आलोपालो बस सञ्चालन गर्दै आएको छ।

प्रालिका सचिव रुद्रबहादुर कार्कीले सार्वजनिक यातायातमा राहतको प्याकेज नल्याउँदा व्यवसायीहरु मर्कामा परेको बताए । सार्वजनिक यातायात खुलेसँगै बैँक तथा वित्तीय संस्थाले किस्ताको लागि ताकेता गर्न थालेपछि व्यवसायी थप मर्कामा परेको उनको भनाइ थियो ।

मुलुकको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कबाट थोरै मात्रामा सवारी साधन बाहिरीने गरेका छन् । कोभिड-१९ को सङ्क्रमण हुनुभन्दा पहिले प्रत्येक दिन ६०० देखि ७०० हाराहारीमा सार्वजनिक यातायात उपत्यका बाहिरीने गरेपनि अहिले प्रत्येक दिन २०० देखि २५० सार्वजनिक यातायात बाहिरीने गरेका छन् ।

नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले नयाँ बसपार्कमा यात्रुको चाप कम हुँदै गएको बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले आन्तरिक उडानमा क्षमता बराबर यात्रु बोक्न पाउने र सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा बढी लिएर यात्रु बोक्न पाउने गरी सरकारले गरेको विभेदकारी निर्णयका कारण सार्वजनिक यातायातमा यात्रु नभएको बताए ।

सरकारले सडकमा गुड्ने सार्वजनिक सवारी साधनलाई वेवास्ता गरेको उनको भनाइ छ । यस्तै, कोभिड-१९ र बन्दाबन्दीको असर पर्यटक बसमा समेत परेको छ । कोभिड-१९ का कारण विदेशी पर्यटक नेपाल भ्रमणका लागि नआउँदा पर्यटक बस व्यवसाय पनि सङ्कटमा परेको छ ।

टुरिष्ट बस एशोसियशन अफ नेपालका महासचिव दिपेन्द्र अधिकारीले कोभिड-१९ अगाडि प्रत्येक दिन १०० हाराहारीमा काठमाडौंदेखि पोखरा, चितवन, लुम्बिनी र जनकपुर पर्यटक बस चल्ने भए पनि अहिले मुस्किलले तीन/चारवटा बसमात्र चलेको बताए ।

विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तय गरेको स्वास्थ्य मापदण्डअनुसार बस सञ्चालन गर्दासमेत यात्रु नभएको उनको भनाइ छ । रासस

सम्बन्धित समाचार

कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो, अमेरिकामा एकैदिन २६ हजार थपिए

एजेन्सी, चैत २०-विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ९ लाख नाघेको छ । बुधबार एकै दिन ७६ हजार बढी संक्रमित थपिएसँगै यो संख्या ९ लाख नाघेको हो । पछिल्लो विवरण अनुसार विश्वका २०३...

पार्कोटे र लिमे जातका भैँसीपालन प्राथमिकतामा

कास्की, १० असार-प्रदेश सरकारले गण्डकी प्रदेशमा पाइने रैथाने पार्कोटे र लिमे जातका भैँसीपालनलाई प्राथमिकतामा राखेको छ । सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेटमा स्थानीय प्रजातिका पशुवस्तु एवं कृषिजन्य उत्पादनलाई प्राथमिकतामा राखिएको हो । सरकारले स्थानीय...

सडक सञ्जालको पहुँचले सुन्तलाको व्यापार बढ्यो

विराटनगर, माघ १३–सडक सञ्जालको पहुँच पुगेसँगै भोजपुरमा उत्पादन भएका सुन्तलाले राम्रो बजार पाउन थालेका छन् । सडक बनेपछि सुन्तला जिल्लाभित्र मात्र होइन तराईका विभिन्न जिल्लाहरूमा पनि बिक्रीका लागि जाने गरेको छ । भोजपुरका सुन्तला धनकुटा,...

सीमामा खटिएका सशस्त्रका असईको मृत्यु

सप्तरी, २३ वैशाख-सीमामा खटिएका १ सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) को मृत्यु भएको छ ।भारतसँग सीमा जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको मृत्यु भएको सशस्त्र प्रहरीका डिआइजी राजु अर्यालले...

रंगेली र सुनवर्षीका ११ जना फरार प्रतिवादी पक्राउ

विराटनगर, २ असोज । विभिन्न मुद्धामा अदालतबाट कैद तथा जरिवाना ठहर भएका फरार ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ जिल्ला अदालतको २०७० साल पुष १४ गतेको फैसलाले सवारी ज्यान मुद्दा र २०७३ साल...

वुहान प्रयोगशालाबाट कोरोना फैलिएको प्रमाण मसँग छ : ट्रम्प

एजेन्सी, बैशाख १९-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको वुहानबाट कोरोना भाइरस फैलिएको आफूसँग प्रमाण रहेको दाबी गरेका छन् ।गुप्तचर एजेन्सीले कोरोना भाइरस जानीबुझी बनाएको नदेखिएको बताएकै दिन ट्रम्पले भने आफूसँग कोरोना भाइरस पैदा गरेको प्रमण रहेको...

साफ महिला च्याम्पियनसिपमा भारतको सानदार जित

विराटनगर । साफ महिला च्याम्पियनसिपमा भारतले उत्कृष्ट जित निकालेको छ। काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबारबाट सुरू भएको प्रतियोगिताको उद्‌घाटन समूह ‘ए’ को खेलमा ५–२ गोलले हराउँदै भारतले सानदार जित हात पारेको हो । खेलमा भारतले...

चीनबाट ल्याइएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

नेपाल एयरलाइन्सको विमानले चीनको ग्वाङजाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । चीनबाट ल्याइएको सामग्री आज बिहान साढे पाँच बजे नेपाल आइपुगेको त्रिभुवन विमानस्थल कार्यालयका अपरेशन विभाग प्रमुख बिपु जुहार्चनले जानकारी दिए । यस्तै, चिनियाँ दूतावासले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्