एकै दिन थपिए २ हजार ७२२ कोरोना संक्रमित

 न्यूज विराट
एकै दिन थपिए २ हजार ७२२ कोरोना संक्रमित

काठमाडौं १६ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो अहिलेसम्मकै धेरै हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ८२ हजार नाघेको छ । आजसम्म ८२ हजार ४ सय ५० जनामा संक्रमण पुष्टि भएको छ ।  देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४ रहेको छ । संस्थागत आइसोलेसनमा ९ हजार ४ सय ७४ छन् भने होम आइसोलेसनमा ११ हजार ७  सय ६० जना छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ३ सय ७ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा १४ हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म १० लाख ४८ हजार ६ सय ८६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ ।

सम्बन्धित समाचार

विराटनगर महानगरमा सरसफाई अभियानलाई तीब्रता

विराटनगर, २४ भदौ । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सरसफाई अभियानलाई तीव्रता दिएको छ । प्रत्येक शुक्रबार विहानको समयमा सरसफाई अभियान अनुसार आज विराटनगर महानगरपालिकाको बस पार्क क्षेत्रमा सफाई अभियान सञ्चालन गरियो । बस पार्क टोल...

फामेर्सी अधिकृत दुई लाख रुपैयाँ घुससहित पक्राउ

विराटनगर, १३ फागुन । विराटनगरबाट एक अधिकृत घुससहित पक्राउ परेका छन् । औषधी व्यवस्था विभाग विराटनगरका फामेर्सी अधिकृत सरोज सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । बिहीबार अपरान्ह...

सङ्खुवासभामा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

सङ्खुवासभा, १ कात्तिक-कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट सङ्खुवासभामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । कोरोना पुष्टि भएका धर्मदेवी नगरपालिका-३ का ८० वर्षीय पुरुषको आज मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका अनुसार आज अपराह्न १...

सञ्चारमन्त्रीमाथि कमिसन बार्गेनिङको आरोप

काठमाडौं, फागुन ८–सेक्युरिटी प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्वीस कम्पनीका एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो टेप बाहिर आएको छ । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले सो अडियो टेपमा सेक्युरिटी प्रेस खरिद...

ओलीलाई जवाफ दिँदै प्रचण्डले पेस गरे राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ कात्तिक-लामो विवाद र रस्साकस्सीपछि शुक्रबार बसेको नेकपा सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २२ पेज लामाे राजनीतिक प्रतिवेदन पेस गरेका छन् । सो प्रतिवेदनमा पार्टीभित्रका अन्तरविरोध र विवाद समाधानबारे उल्लेख गरिएको बताइएको...

बन्दाबन्दीको असर अन्तःशुल्कमा

विराटनगर, ३ साउन–आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७६/७७ मा कुल रु.छ अर्व ९५ करोड ७५ लाख ७२ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा रु.१० अर्व १२ करोड ५९ लाख दुई हजार राजस्व...

विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेको छ । पछिल्लो समय फेला परेका कोरोना संक्रमितहरूमा विद्यार्थी पनि रहेकाले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले...

विद्यार्थीको रोजाइमा कान्तिपुर कलेज, भर्ना लिन मङ्गलवार प्रवेश परीक्षा

विराटनगर । विराटनगरस्थित कान्तिपुर कलेज गुणस्तरीय शिक्षा प्रदान गरी अभिभावक र विद्यार्थीको रोजाइमा परेको छ । दक्ष, एवं योग्य प्राध्यापक र शिक्षकहरूबाट पठनपाठन हुने कान्तिपुर अहिले विद्यार्थीको पहिलो रोजाइको केन्द्रमा पर्ने गरेको हो । विज्ञान,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्