आज १२ हजार ४४४ को परीक्षण गर्दा १ हजार ९११ कोरोना पुष्टि

 न्यूज विराट
आज १२ हजार ४४४ को परीक्षण गर्दा १ हजार ९११ कोरोना पुष्टि

काठमाडौं, १५ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ९ सय ११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ९ सय ११ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ७९ हजार नाघेको छ । आजसम्म ७९ हजार ७ सय २८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा ९ सय ६१ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ५७ हजार ३ सय ८९ पुगेको मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म १० लाख ३३ हजार ९ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ६ हजार ३ सय १० जना क्वारेन्टाइनमा छन् ।

सम्बन्धित समाचार

कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु

काठमाडौं, २६ साउन-कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका थप एक ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।काठमाडौंको कलंकीका ती पुरुष १५ साउनमा ललितपुर जिल्ला स्वास्थ्य कार्यालय भर्ना भएका...

विराटनगरका मासु पसलले तोकिएको मापदण्ड पूरा गरेन, ३ सय मासु पसलमा आधा मात्रै दर्ता

विराटगगर । कोशी प्रदेशको राजधानी रहेको सहर विराटनगरमा सञ्चालित अधिकांश माछा–मासु पसलले तोकिएको मापदण्ड पूरा नगरेको पाइएको छ । विराटनगर महानगरपालिकाले मंगलबार गरेको अनुगमनको क्रममा यस्तो भेटिएको हो । तोकिएको मापदण्डमध्ये पसलभित्रको सरसफाईमै कमजोरी देखिएको...

राष्ट्रियसभाबाट नागरिकता विधेयक बहुमतले पारित

राष्ट्रियसभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको छ । राष्ट्रियसभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । बैठकमा गृहमन्त्री...

विराटनगरको ट्राइकोट इण्डस्ट्रिज प्रालिका प्रमख कार्यकारी अधिकृत सञ्जय चाण्डोक पक्राउ

विराटनगर, १ भदौ । विराटनगर–१३ स्थित ट्राइकोट इण्डस्ट्रिज प्रा. लि. का प्रमख कार्यकारी अधिकृत सञ्जय चाण्डोकलाई प्रहरीले पक्राउ गरेको छ । तयारी पोशक उत्पादन गर्ने सो उद्योगका प्रमख कार्यकारी अधिकृत चाण्डोकलाई प्रहरीले महिला मजदुरमाथि दुव्र्यबहार...

आज विराटनगरमा एकैदिन ३८६ जना कोरोना संक्रमित थपिए

विराटनगर, ४ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ९२१ र ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा...

कालापानीको भू–भाग भारतलाई लिजमा दिनुपर्छ : सुजता कोइराला

काठमाडौ, पुस २२–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाइ लिजमा दिनुपर्ने धारणा व्यक्त गरेकी छिन् । आइतबार राति ८ः०० बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने ‘जनता जान्न...

रोल्पा बम विष्फोट घटनाको अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौं, १९ वैशाख-नेपाली कांग्रेसले रोल्पाको त्रिवेणी गाउँपालिकामा बेवारिसे अवस्थामा रहेको बम बिस्फोटमा परी ४ अबोध बालबालिकाको मृत्यु भएको घटनाको अनुसन्धान गर्न सरकारसँग माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार १ विज्ञप्तिमार्फत उक्त घटनाले...

विराटनगरका सरसफाईकर्मीहरुलाई न्यानो कपडा वितरण

विराटनगर । विराटनगरका सरसफाईकर्मीहरुलाई रोटरी क्लब अफ विराटनगर डाउनटाउनले न्यानो कपडा वितरण गरेको छ । विराटनगरस्थित सिटी प्यालेसमा एक कार्यक्रमका बिच सरसफाईको काम गर्ने केसालिया क्षेत्रको मरिक समुदायलाई क्लबले न्यानो कपडा वितरण गरेको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्