पीसीआर परीक्षणमा बढी शुल्क लिने प्रयोगशालालाई कारबाही गर्न पत्राचार

 न्यूज विराट
पीसीआर परीक्षणमा बढी शुल्क लिने प्रयोगशालालाई कारबाही गर्न पत्राचार

काठमाडौं, १३ असोज-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पीसीआर परीक्षणका लागि तोकेको भन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सरकारले तोकेभन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई गृह मन्त्रालयलाई कारबाही गर्न पत्राचार गरिएको जानकारी दिए ।

सरकारले पीसीआर परीक्षणका लागि दुई हजार निर्धारण गरे पनि बढी केही निजी प्रयोगशाला तथा अस्पतालले बढी शुल्क लिँदै आएका बताइएको छ । उनीहरूले पीसीआर शुल्कबापत ३ हजार ८९९ रुपैयाँ लिदैँ आएका जनाएका छन् ।

मन्त्रालयले सुरुको चरणमा पीसीआर परीक्षण गर्न ५ हजार ५०० रुपैयाँ शुल्क तोकेको थियो । अन्तर्राष्ट्रिय बजारमा रिएजेन्ट सस्तो भएपछि मन्त्रालयले परीक्षण शुल्क २ हजार कायम गरेको थियो ।

स्टार, ह्याम्स, वि एण्ड वि, नेपाल मेडिसिटी अस्पतालका प्रयोगशाला, डिकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टर, सौर्य हेल्थ केयर प्रालि, सेन्ट्रल डायगनोस्टिक ल्यावरोटरी एण्ड रिसर्च सेन्टर र इन्ट्राप्रिड डायगनोस्टिक सेन्टरले सरकारले तोकेभन्दा बढी शुल्क लिने गरेका जनाइएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र वाणिज्य विभागलाई वढी शुल्क लिने प्रयोगशालालाई आवश्यक कारबाही गर्नका लागि निर्देशन दिइसकेको जानकारी दिए ।

‘पीसीआरमा बढी शुल्क लिने ती प्रयोगशालालाई कारबाहीका लागि सम्बन्धित निकायलाई पत्राचार गरिसकेका छौँ”, उनले भने, ‘सरकारले तोकेको भन्दा बढी शुल्क लिएका प्रयोगशाला कारबाहीमा पर्नेछन् ।’

ती प्रयोगशालाले ३ हजार ८९९ रुपैयाँ वैज्ञानिक शुल्क भएकोले सरकारले तोकेको २ हजार रुपैँया परीक्षण गर्न नसक्ने बताएका छन् । उनका अनुसार केही नीजि प्रयोगशालाले सरकारले तोकेको भन्दा कम १ हजार ५०० मा पनि परीक्षण गरिरहेको छन् ।

सोमबार ती प्रयोगशालाले विज्ञप्ति जारी गर्दै नयाँ सन्तुलित र न्यायोचित शुल्क निर्धारण नहुँदासम्म ३ हजार ८९९ मा नै परीक्षण गर्ने बताएका छन् ।  हालसम्म १० लाख ९ हजार २९८ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । रासस

सम्बन्धित समाचार

कोरोना संक्रमणबाट मोरङमा थप छ जनाको मृत्यु

विराटनगर, ३० वैशाख । कोरोना भाइरसको संक्रमणका कारण बिहीबार बिहान मोरङमा थप छ जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा तीन, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई र मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा...

रोटरी क्लब अफ विराटनगर डाउनटाउन र द ग्रीम प्रोजेक्टको साझेदारी क्लाइमेट समिट २०२२ सम्पन्न

विराटनगर, १६ साउन । विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउन र द ग्रीम प्रोजेक्टको साझेदारीमा क्लाइमेट समिट २२ आयोजना गरिएको छ । सोमबार विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जलवायु परिवर्तनका कारण परिरहेका...

व्यापारीमाथि आक्रमण गर्नेलाई प्रहरीले यसरी समात्यो

विराटनगर । विराटनगरको मुख्य बजार ट्राफिक चोकको ग्लोबल बैङ्कभित्र सामान्य विवादलाई लिएर एक जना व्यापारीमाथि आक्रमण गरेको खुलेको छ ।विराटनगर – १५ घर भएका ३२ वर्षीय राहुलकुमार रायमाथि विराटनगर १२ का दीपेन्द्र कामतले चक्कु प्रहार...

तरकारी तथा फलफुल बेच्ने महिलाहरुलाई रोटरी क्लब अफ विराटनगर डाउनटाउनले दियो छाता

विराटनगर, ८ भदौ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले महिलाहरुलाई छाता वितरण गरेको छ । एक कार्यक्रमकाबिच डाउनटाउनले सडक छेउमा तरकारी बिक्रि गरेर जिविकोपार्जन गर्दै आएका १५ जना महिलाहरुलाई रोटरी प्रतीक र क्लबको नाम छापिएको...

प्रादेशिक खाद्य मेला आयोजना हुँदै

जनकपुर, फागुन ४–प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा आउंदो फागुन १० गतेदेखि प्रादेशिक खाद्य मेला आयोजना हुने भएको छ । ‘परम्परागत, पोषिलो एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल पोषणका लागि खानेबानीमा सुधार गरौं’ भन्ने...

कोशी अस्पतालको पिसिआर मेसिन विग्रियो

विराटनगर, साउन १३–कोरोना संक्रमण तीव्र रुपमा फैलन थालेकै समयमा कोशी अस्पताल विराटनगरको पीसीआर मेशिनमा बिग्रिएको छ । मेशिन बिग्रिएपछि त्यसको मर्मतका लागि काठमाण्डौं पठाउने तयारी थालिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले पीसीआर...

आईपीएल : हैदराबादलाई ८ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा

एजेन्सी, ७ असोज । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गरेकाे छ । गएराति दुबईमा भएको खेलमा हैदराबादले दिएको १ सय ३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा...

बागलुङबाट हेलिकोप्टरमार्फत् उद्धार गरी पोखरा ल्याएकी गर्भवतीको मृत्यु

बागलुङबाट हेलिकोप्टर चाटर्ड गरी पोखरा ल्याइएकी गर्भवती महिलाको अस्पालल नपुर्‍याउँदै  मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–१ की ३३ वर्षीया भीमा भुषाल पाण्डेलाई प्रसव व्यथाले च्यापेपछि हेलिकोप्टरबाट पोखरा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । प्रसव...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्