कोरोना असर : स्वदेश फर्किए ७७ हजार नेपाली

 न्यूज विराट
कोरोना असर : स्वदेश फर्किए ७७ हजार नेपाली

काठमाडौं, १० असोज-कोभिड-१९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९ सय ६७ नेपाली स्वदेश आएका छन् ।  कोभिड-१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र (सीसीएमसी) का अनुसार बिहीबारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक स्वदेश फर्केका हुन् ।

मुलुक फर्कनेमा सबैभन्दा बढी संयुक्त अरव इमिरेट्सबाट २२ हजार २ सय १४ छन् भने सबभन्दा कम श्रीलङ्काबाट ५ जना छन् । उनीहरू अधिकांश रोजगारीका लागि गएका हुन ।

केन्द्रका अनुसार हालसम्म कतारबाट १० हजार ३०६, कुवेतबाट ८ हजार ३३५, मलेसियाबाट ११ हजार ३५२, साउदी अरेबीयाबाट ११ हजार ८१९, दक्षिण कोरियाबाट १ हजार ४४७, बहराइनबाट  १ हजार २७४, ओमनबाट १ हजार १५०, अष्ट्रेलीयाबाट १ हजार ९१ र टर्कीबाट ९३६ छन्।

स्वदेश फर्कनेमा प्रदेश १ का १४ हजार ५ सय ४६, प्रदेश २ का ११ हजार ९०९, बागमती प्रदेशका १८ हजार २ सय ४७, गण्डकी प्रदेशका ८ हजार ९ सय ७३, प्रदेश ५ का ११ हजार ४ सय ५०, कर्णाली प्रदेशका १ हजार ५ सय १८ र सुदूरपश्चिम प्रदेशका  १ हजार ७ सय ३७ रहेको केन्द्रले जनाएको छ । फर्कनेमध्ये ८हजार ४ सय ९७ जनाको भने प्रदेश विवरण प्राप्त नभएको जनाइएको छ । रासस

सम्बन्धित समाचार

सफ्ट टेनिसको उपाधि श्रेया र आशिषलाई

विराटनगर । कोशी प्रदेश स्तरीय सफ्ट टेनिस प्रतियोगिताको उपाधि श्रेया योञ्जन र आशिष बोहराले जितेका छन् । मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा विराटनगरमा बिहीबार सम्पन्न फाइनलमा महिला सिंगल तर्फ श्रेयाले र पुरुष सिंगलमा आशिषले...

थम रविदानन्द चौधरी कप : राइजिङ भेट्रान सेमिफाइनलमा

विराटनगर । सुनसरी इटहरीको राइजिङ भेट्रान्स क्लब प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मोरङको ग्रामथान गाउँपालिका – ७ गणेश माविको खेल मैदानमा बिहीबार भएको खेलमा ढल्केजोवन भेट्रान प्रकाशपुरलाई ४–३गोलले...

सरकारको नारा : चिनौँ आफ्नो माटो, बनाउँ आफ्नो देश

काठमाडौं, २ जेठ-सरकारले चिनौँ आफ्नो माटो, आफ्नो माटो बनाए आफ्नै देश कार्यक्रम अघि बढाउने जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । यो कार्यक्रमअन्तर्गत स्नाकोत्तर...

नेपालगञ्जमा एकैदिन हजार स्वाब सङ्कलन हुँदै

राँझा, २७ वैशाख-नेपालगञ्जमा एकैदिन हजार जनाको स्वाब नमूना सङ्कलनको तयारी गरिएको छ । स्वाब सङ्कलनदेखि आरटिपिसिआर यन्त्रमा कोरोना परीक्षणका लागि लागि आवश्यक पर्ने भिटिएम र रिएजेन्ट्सलगायतको कीट पर्याप्त आएकाले आज शनिबार ठूलो सङ्ख्यामा स्वाब सङ्कलन...

आज ५५ अंकले बढ्यो शेयर बजार, फाइनान्स क्षेत्रमा उत्साह

विराटनगर, १९ जेठ । दुई दिनदेखि लगातार ओरालो लागेको शेयर बजारमा बुधबार फेरी आफ्नो लयमा फर्किएको छ । बुधबार नेप्से परिसुचक दुई प्रतिशत अर्थात ५५ अंकले बढेर २८२७ पुगेको हो । विगत दुई दिनदेखि घट्दो...

विमानस्थलबाट नेपालीसहित ६०० यात्रु बोकेर उडे कतारका २ विमान

शनिबार १० बजे र ११ बजे काठमाडौंमा ल्याण्ड गरेका कतार एयरका दुई बिमानले केही नेपाली सहित ६ सय ६ जना यात्रु बोकेर बाहिरिएका छन् । ३ सय ५ सिटे क्षेमताका दुबै जहाजर फूल प्यासेन्जर बोकेर...

‘लकडाउन’मा पनि रोकिएन भैरहवा विमानस्थलको काम

बुटवल, ३० चैत-कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि घोषणा गरिएको ‘लकडाउन’का कारण अहिले सबै क्षेत्र प्रभावित छ । मानिसहरू घरभित्रै छन् । उद्योग, बजार, यातायात सबै बन्द छन् । विकास निर्माण पनि ठप्प छ । योजनाहरू...

विराटनगर महानगरले गर्यो लकडाउनको घोषणा

विराटनगर, साउन १६–समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि विराटनगर महानगरपालिका क्षेत्रभित्र १४ दिनका लागि लकडाउन घोषणा गरिएको छ । शुक्रबार बसेको महानगरको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी १४ दिनसम्मका लागि लकडाउन घोषणा गरेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्