छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न गृहमन्त्री दार्चुला प्रस्थान

 न्यूज विराट
छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न गृहमन्त्री दार्चुला प्रस्थान

काठमाडौं,  ९ असोज-गृहमन्त्री रामबहादुर थापा  ‘बादल’ दार्चुला प्रस्थान गरेका छन् । सशस्त्र प्रहरी बलको गुल्म शिलान्यास गर्न उनी शुक्रबार दार्चुलाको छाङ्गरु प्रस्थान गरेका हुन् । 

दार्चुलाको छाङ्गरुमा निर्माण हुन लागेको सशस्त्र प्रहरी बलको गुल्मको भवन १० करोड लागतमा बन्नेछ । गृहमन्त्री थापा सँगै सशस्त्र प्रहरी प्रमुख आईजीपी शैलेन्द्र खनाल र गृहसचिव महेश्वर न्यौपाने पनि दार्चुला प्रस्थान गरेका छन् ।

उनीहरु काठमाडौंबाट नेपाली सेनाको स्काइ ट्रकमा बिहान ९ बजे सुर्खेत प्रस्थान गरेका हुन् । त्यहाँबाट सेनाकै हेलिकप्टरमा दार्चुलाको छाङ्गरु जाने कार्यक्रम छ ।

गृहमन्त्री थापाले गुल्मको शिलान्याससँगै सो क्षेत्रको अनुगमन समेत गर्नेछन् । गत २९ असारमा बसेको मन्त्रिपरिषद बैठकले सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टरलाई व्यास गाउँपालिका १ छाङरुस्थित गागामा सार्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

बढेका छैनन् कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय

काठमाडौं, २९ चैत-गत आइतबारदेखि नेपालमा नयाँ कोरोना संक्रमित भेटिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप कोरोना संक्रमित नभेटिएको बताएको हो । कोरोनाबारेको नियमित पत्रकार सम्मलेनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना संक्रमित...

सत्कार कलेजमा भव्य विदाई तथा स्वागत कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगरस्थित सत्कार होटेल एण्ड टुरिजम स्कुलले आफ्ना १२ कक्षाका विद्यार्थीहरूलाई भव्य विदाई समारोहको आयोजना गरेको छ। एकै कार्यक्रममा कलेजले ११ कक्षाका विद्यार्थीहरूलाई औपचारिक स्वागत समेत गरेको छ।शुक्रबार आयोजित कार्यक्रममा कलेजका प्रिन्सिपल सकल देव...

दोस्रो मिल्स भेट्रान्स गोल्डकप, ग्रामथान भेट्रान्स क्लब फाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा मोरङको ग्रामथान भेट्रान्स क्बल फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बुधबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा गछिया भेट्रान्स क्बललाई ४–० गोलले हराउँदै ग्रामथान फाइनलमा...

रोटरी क्लब अफ विराटनगर डाउनडाउनद्वारा निःशुल्क आँखा शिविर, १२० जनाले गराए परिक्षण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क आँखा शिविर आयोजना गरेको छ । विराटनगर वन कार्यालय नजिकै रहेको मानव सेवा आश्रममा क्लबले निःशुल्क आँखा शिविर आयोजना गरेको हो । रामलाल गोल्छा आँखा अस्पतालको सहकार्यमा...

झापामा गुमानसिंह तामाङसहित माओवादीका सयौं प्रभावशाली नेता एमालेमा प्रवेश

झापा, पुस १२। झापामा विभिन्न दलका हजारौं नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा गुमानसिंह तामाङसहित नेकपा माओवादीका सयौं नेता-कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमाले दमक...

एसबीएससीको शेयर पूँजी २६ लाख ९९ हजार

विराटनगर । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङ (एसबीएससी) को शेयर पूँजी झण्डै २७ लाख रुपैयाँ पुगेको छ ।सहकारीको विराटनगरमा बुधबार भएको १४ औं वार्षिक साधरणसभामा आर्थिक वर्षमा २०८०÷०८१ म २६ लाख...

विराटनगरको नोबेल अस्पतालले भन्यो-सवै सेवा खुला छ, भ्रममा नपर्नुहोस्

विराटनगर, २ फागुन । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले अस्पतालका कुनैपनि सेवा अवरुद्ध नरहेको जनाएको छ । अस्पताल प्रशासनले सूचना जारी गरेर अस्पतालका सम्पूर्ण सेवा सूचारु रहेको जानकारी दिएको हो । अस्पतालका सेवाहरु सूचारु भए÷नभएको विषयमा...

क्रिकेट खेलाडीले पाए एक वर्षको पारिश्रमिक

काठमाडौं, २५ भदौ-नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षको पारिश्रमिक पाएका छन् ।  उनीहरुले सन् २०१९ को पारिश्रमिक पाएका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका २२ खेलाडी तथा एक भिडियो एनालिस्टलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्