नारायणीको सतहले पार गर्‍याे खतराको विन्दु

 न्यूज विराट
नारायणीको सतहले पार गर्‍याे खतराको विन्दु

चितवन, ८ असोज-तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान गरिएको छ । 

देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ ई रामविकेश रायका अनुसार आज बिहान १० बजेर ३० मिनेट जाँदा नारायणीको सतह ८ दशमलव ०८ मिटर पुगेको थियो । आठ मिटरभन्दा माथिलाई खतरा मानिन्छ ।

यो घनमिटरमा १० हजार २२१ प्रतिसेकेण्ड रहेको थियो । यसअघि साउन ६ गते गत ४४ वर्ष यताकै सबैभन्दा बढी बहाव मापन भएको थियो । त्यस दिन बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो ।

त्यतिबेला नदीमा पानीको बहाव १४ हजार ७ सय ७९ घनमिटर प्रतिसेकेण्ड रहेको थियो । यसअघि सन् १९७४ अगष्ट ५ मा १० दशमलव १ मिटर पानीको तह र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको रायले जानकारी दिए ।

बीचको अवधिमा सन् २०१८ को बर्सातमा १४ हजार घनमिटर प्रतिसेकेण्ड बहाव र तह ९ दशमलव ६ मिटर रहेको उनले बताए । त्यतिबेला पानीको बहाव २७ वर्षयताको सबैभन्दा बढी थियो । रायका अनुसार नारायणी नदीको शिरतर्फ पर्ने कास्की, म्याग्दीलगायतका क्षेत्रमा आउँदो १२ घण्टा निरन्तर वर्षा हुने भएकाले नदीको बहाव अरू बढ्न सक्नेछ ।

नारायणी नदी बढेसँगै यसको प्रभाव भरतपुर महानगर र नवलपुर क्षेत्रमा पर्दछ । महानगर प्रमुख रेनु दाहालले नदी तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गरिएको जानकारी दिए । नदीको बहाव बढ्न सक्ने भएकाले सबैलाई सतर्क रहन उनको अनुरोध छ । रासस

सम्बन्धित समाचार

सिद्धार्थको गैह्रकार्य क्षेत्रमा लगानी, बचतकर्ताको निक्षेप फिर्ता नगरी सहकारी बन्द

विराटनगर । विराटनगर ११ महेन्द्रचोकमा रहेको सिद्धार्थ बुहउद्देश्यीय सहकारीले मनोमानी ढंगले रकम चलाउने र गैर कार्य क्षेत्रमा लगानि गरेको पाइएको छ ।सिद्धार्थले सहकारी ऐन अनुसार काम कारवाही नगरेको कारण बचतकर्ताको करडौं निक्षेप जोखिममा परेको हो...

दलित मुक्ति संगठनद्धारा इटहरीमा प्रदर्शन

विराटनगर, असार १०–दलित समदाय माथि भइरहेको जातीय विभेदका घटना विरुद्धमा नेपाल दलित मुक्ति संगठनले सुनसरीको इटहरीमा प्रदर्शन गरेको छ । अन्तरजातीय प्रेम बिवाह गर्न गएका नवराज बिक लगायत ६ जनाको क्रुर हत्या, दलित भएकै कारण...

एमएम कप क्रिकेटमा कोशी प्रदेश विजयी

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश विजयी भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट...

बालुवाटारमा प्रधानमन्त्री र गठबन्धनका नेताबीच चर्काचर्की

काठमाडौं, माघ १६ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्न सहयोग नगरे पाँच दलीय गठबन्धन टुटने घोषणा गर्नुभएको छ । चुनावको बिपक्षमा उभिएका सत्तारुढ गठबन्धनकै मुख्य दुई दल नेकपा माओवादी...

काेराेनाकाे तेस्राे लहर : सीमाक्षेत्रमा घर फर्कनेको लर्को

रोजगारीका लागि भारत गएका नेपाली कोरोना संक्रमणकाे त्रास बढेसँगै धमाधम घर फिर्न थालेका छन् । महोत्तरीका भारतीय सीमा नाकाबाट घर फर्कनेको अहिले लर्को देखिँदो छ । यसरी फर्कनेमा भारतको हरियाणा, पञ्जाव, दिल्ली र मद्रासमा काम...

इक्युवालिटि कप क्रिकेटको उपाधिकालागि मोरङ र सप्तरी भिड्ने, फाइनल विहिबार हुने

विराटनगर। नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको अन्तिम लिग खेलमा विजयी हुँदै मोरङ शिर्ष स्थानमा रहेको छ ।मोरङले सप्तरीलाई ७ विकेटले...

लोकसेवाले लिने सबै परीक्षा स्थगित

स्वास्थ्य सुरक्षा संवेदनशीलता देखाउँदै लोकसेवा आयोगले पनि अनिश्चितकालको लागि सबै परीक्षा स्थगन गरेको छ ।बिहीबार बसेको लोकसेवा आयोगको बैठकले यस्तो निर्णय लिएको आयोगका उपसचिव एकनारायण शर्माले जानकारी गराए । आयोगले अर्को सूचना जारी नभएसम्मका लागि...

विराट एक्स्पोमा नगद छुटदेखि विभिन्न उपहारसम्म

विराटनगर, फागुन ४–विराटनगरमा जारी विराट एक्स्पोमा उद्योगी र व्यापारीहरुले नगद छुटदेखि विभिन्न उपहार योजनाहरू ल्याएका छन् । एक्स्पोमा उपभोक्तालाई आकर्षण गर्न बिक्रेताहरूले नगददेखि विभिन्न उपहारहरूको व्यवस्था गरेको बताएका छन् । क्वालिटी थाइफुडका बाबुराम पोखरलेलले स्टलमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्