आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

 न्यूज विराट
आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं, ७ असोज-कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । शेर्पाको टेकुस्थित घाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । हिमचितुवा उपनामले चिनिएका शेर्पाको ७२ वर्षको उमेरमा गत सोमबार जोरपाटीस्थित निजी निवासमा निधन भएको छ ।

मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले स्व. शेर्पालाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । सोहीअनुरुप सरकारका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले शेर्पा गुम्बा बौद्धमा रखिएको शेर्पाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे । पर्यटन विभागका महानिर्देशक, उच्च सरकारी अधिकारी, वरिष्ठ पर्यटन व्यवसायीलगायतले शेर्पाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

स्व. शेर्पाले विनाअक्सिजन १० पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । उनका तीन छोरा र एक छोरी हुछन् । आङरिताकी श्रीमतीको सात वर्षअघि निधन भएको थियो ।

सोलुखुम्बुको थामेमा जन्मिएका शेर्पाले सन् १९८३ देखि सगरमाथाको आरोहण सुरु गरेका थिए । सन् १९९६ मा बिनाअक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो ।

शेर्पाले सगरमाथा मात्रै नभई बिनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धवलागिरिलगायत दर्जनौँ हिमालको आरोहण गरेका थिए । रासस

सम्बन्धित समाचार

कोशीमा गठबन्धनले सत्ता कब्जा गर्न खोज्यो : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सत्तारुढ गठबन्धनले सत्ता कब्जा गर्न खोजेको आरोप लगाएका छन् । गठबन्धनले बलमिच्याइँ गरेर फोहोरी खेल खलेको उनले आरोप लगाए । नेकपा एमालेको कोशी प्रदेश कमिटीको...

१५ हजार बढीको मृत्युपछि इटालीमा पहिलो आशाको किरण

संसारभरी फैलिएको कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा बढी इटलीका नागरिकले ज्यान गुमाएका छन् । इटलीका अधिकारीहरुका अनुसार कोरोना भाइरसका कारण शनिबारमात्रै ६ सय ८१ जनाको मृत्यु भएर मृत्यु हुनेको संख्या १५ हजार ३ सय ६२...

१४ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट सुरू

विराटनगर । १४ औं संस्करणको प्याब्सन स्पोट्र्स मिट सुरू भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा शुक्रबादेखि प्याब्सन स्पोट्र्स मिट सुरु भएको हो । उक्त प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन कोशी...

पर्यटनमन्त्री भट्टराईले भने, ‘प्रोक्सी वार’ बन्द गरौँ

काठमाडौं, १७ असार-पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेकपाको जारी विवादका बारेमा बोल्दै ‘प्रोक्सी वार’ बन्द गर्न आग्रह गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको परामर्श बैठकमा सहभागी भएपछि निस्केर...

विपक्षी दलहरूको एकै स्वर : सरकार निरंकुश शासनतर्फ उन्मुख

संसदका विपक्षीदहरूले सरकारले हालै ल्याएको २ अध्यादेशले लोकतन्त्र नै धारापमा पारेको बताएका छन् । बुधबार प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको आयोजनामा गरिएको विपक्षीदहरूको बैठकले यस्तो निर्णय गरेको हो । सोमबार सरकारले दल फुटाउन सहज हुने गरी...

चिकित्सकले मनाए नयाँ वर्ष

विराटनगर । नेपाल चिकित्कस संघ कोशी प्रदेशले नयाँ वर्षको अवसर पारेर शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरी अंग्रेजी नयाँ वर्षको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम आयोजना...

कांग्रेसको संस्थागत विकासका लागि ५० लाखको अक्षयकोष

नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले अक्षयकोष निर्माण गर्ने अभियानलाई तीव्रता दिएको छ । कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले ५० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्यलाई तीव्रता दिएको हाे । एक महिनादेखि आर्थिक सङ्कलन अभियानमा जुटेकामा अहिलेसम्म २०...

विराट एक्स्पो, प्रदेश १ को पर्यटकीय स्थलको छुट्टै पेभिलियन

विराटनगर । विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा पर्यटकीय क्षेत्रलाई विगतमाभन्दा भिन्न किसिमले प्रवद्र्धन गरिने भएको छ ।थ्रिडी भिआर प्रविधिको प्रयोग गरी आकर्षक तरिकारले प्रदेश १ का पर्यटकीय स्थलहरूको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्