एजेन्सी, ५ भदौ-भारतमा कोरोनाभाइरसबाट एकै दिनमा ८६ हजार ९ सय ६१ संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएकाहरूको कुल संख्या ५४ लाख ८७ हजार ५ सय ८१ जना पुगेको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले १ हजार १ सय ३० जनाको मृत्यु भएको जनाएको छ । यसैसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेृ व्यक्तिको संख्या ८७ हजार ८ सय ८२ पुगेको छ ।
भारतमा कुल संक्रमितमध्ये अहिले पनि १० लाख ३ हजार २ सय ९९ जना संक्रमित अवस्थामै छन् । कुल संक्रमित मध्ये ४३ लाख ९६ हजार ३९९ जना भने संक्रमणमुक्त भइसकेका छन् ।
प्रदेशअनुसार हेर्दा सबैभन्दा धेरै महाराष्ट्र प्रदेशमा संक्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि २ लाख ९८ हजार ५ सय ८३ जना संक्रमित अवस्थामै रहेका छन् भने कर्नाटकमा १ लाख १ हजार १ सय ४८ जना संक्रमित छन् ।
त्यसैगरी आन्ध्र प्रदेशमा ८१ हजार ७ सय ६३ जना, संक्रमितहरू रहेका अधिकारीहरूले जनाएका छन् । भारतीय मेडिकल रिसर्ज काउन्सिलका अनुसार भारतमा अहिलेसम्म ६ करोड ४३ लाख ९२ हजार ५ सय ३४ जनाको कोरोना परीक्षण गरिएको छ ।