यी भाग्यमानी नेपाली जसले पहिलो पटक कोरोनाविरुद्धको खोप लगाए

 न्यूज विराट
यी भाग्यमानी नेपाली जसले पहिलो पटक कोरोनाविरुद्धको खोप लगाए

मस्को, ४ असोज–रुसमा बसोबास गर्दै आएका एक नेपालीले पहिलोपटक कोरोना भाइरस(कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीका अनुसार मस्कोमा कार्यरत ६१ वर्षीय डा. महेश श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको खोप लगाएका हुन् ।

खोपका लागि नेपालको सल्यान पुर्खौली घर भएका श्रेष्ठको नाम रसियन सरकारले अनलाइनमा चिठ्ठा मार्फत छानेको थियो । रसियन सरकारले पहिलो चरणमा ३० हजार जनालाई भ्याक्सिन दिने घोषणा गरेको थियो । डा. केसीका अनुसार उनी ३० हजार जना मध्येमा छानिएका हुन् ।

श्रेष्ठलाई कोरोना भ्याक्सिनविरुद्धको खोप लगाउनु अघि उनको सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो । उपाध्यक्ष केसीले कोरोना भाइरसबिरुद्ध पहिलो खोप लगाएकोमा खुःशी व्यक्त गर्दै श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

केही समयअघि नेपालका लागि रसियन राजदूत एलेक्सी नोभिकभले रुसले विकास गरेको कोरोनाविरुद्धको खोप नेपाललाई प्राथमिकताका साथ दिन तयार रहेको प्रतिवद्धता जनाएका थिए । उनले रसियाले विकास गरेको कोरोनाको भ्याक्सिन विश्वभरबाट अडर आउन थालिसकेको जानकारी गराउँदै नेपालले चाहेमा छिट्टै उपलब्ध गराउन पहल गर्ने घोषणा गरेका थिए ।

सम्बन्धित समाचार

निर्वाचन आयोगले सरकारलाई भन्यो : स्थानीय तह निर्वाचन मिति यथाशिघ्र तोकियोस

काठमाडौं, ११ माघ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । आज विज्ञप्ति जारी गर्दै आयोगले सरकारसँग छिटो मिति तोक्न ताकेता गरेको हो । आयोगले २०७९ वैशाख मसान्तभित्रै स्थानीय तहको निर्वाचन...

भारतमा कोरोना संक्रमण तीब्ररुपमा बढ्दै गएपछि जोगबनी नाकामा उच्च सतर्कता

विराटनगर, ९ चैत । भारतमा कोरोना संक्रमणदर तीब्र गतिमा बढ्दै गएपछि प्रदेश ्१ को मुख्य जोगबनी नाकामा उच्च सतर्कता अपनाउन सुरु गरिएको छ । भारततर्फ पछिल्लो समय कोरोना संक्रमण दर अत्याधिक मात्रामा बृद्धि हुनथालेपछि नेपाल...

कोरोना भाइरसबाट जोगिन ट्रम्पले खान थाले मलेरियाको औषधि

एजेन्सी, जेठ ६-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै कोरोना भाइरसबाट जोगिनका लागि भन्दै हाइड्रोक्लोरोक्विन औषधि सेवन गर्न थालेका छन् । हालसम्म वैज्ञानिकहरुले यो औषधि कोरोना भाइरसका लागि प्रभावकारी नहुने र गम्भीर साइड इफेक्ट हुनसक्ने बताइरहेका बेला...

इलामको विकासको जिम्मा अब सुहाङले लिन्छन् : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको जिम्मा अब सुहाङ नेम्वाङको भएको बताएका छन् । इलाम पुगेर एमालेको विजयी सभालाई सम्बोधन गर्दै ओलीले इलामको विकासको जिम्मा सुहाङको भएको र आफू सुहाङको पछाडि...

बामदेव गौतमको घोषणा : म कुनैपनि गुटमा छैन

दाङ, मंसिर ६–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले कार्यकर्ता माझ पुगेपछि भने आफु कुनै गुटमा नरहेको स्पष्टिकरण दिएका छन् । सचिवालय बैठकमा दोस्रो वरियताका अध्यक्षको पक्षमा लागेको भनिएका उपाध्यक्ष गौतमले आफू पार्टीको कुनै गुटमा...

ओलीलाई छिमेकी देशले समर्थन गर्दैनन्ः बाबुराम भट्टराई

विराटनगर, २५ पुस-पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले केपी ओलीको हिटलर प्रवृतिलाई छिमेकी मित्रराष्ट्रहरुले समर्थन गर्न नहुने बताएका छन् । प्रतिनिधिसभा विघटन विरुद्ध विराटनगरमा शनिबार जसपा मोरङले आयोजना गरेको विरोध सभामा...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बात्ति बनाउने मेशिन वितरण

विराटनगर, ५ मंसिर । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बात्ति बनाउने मेशिन वितरण गरेको छ । रोटरी क्लब अफ विराटनगर डाउन टाउन र नेपाल महेश्वरी महिला संगठनको संयुक्त आयोजनामा तीनवटा बात्ति...

बेलायती नागरिक लिन आज चार्टर विमान आउँदै

नेपालमा रहेका बेलायती नागरिक बुधबार (आज) फर्कंदै छन् । बेलायती नागरिक लैजानका लागि बुधबार दिउँसो १२ बजे टाइटन एयर काठमाडौं आउँदै छ । उक्त एयरले चार्टर उडान गर्न नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्