संवेदनशिल समयमा प्रदर्शन नगर्न समर्थकलाई कुलमानको आग्रह

 न्यूज विराट
संवेदनशिल समयमा प्रदर्शन नगर्न समर्थकलाई कुलमानको आग्रह

काठमाडौं, ३ असोज-नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको संवेदनशिल समयमा प्रदर्शन नगर्न समर्थकलाई आग्रह गरेका छन् ।

केही दिनदेखि प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नै निरन्तरताको माग गर्दै सडक आन्दोलन भइरहेको सन्दर्भमा उनले विज्ञप्ति जारी गर्दै आन्दोलन नगर्न आग्रह गरेका हुन् ।

`प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनुपर्ने माग राखेर महामारीको संवेदनशिल अवस्थामा सडकमा भीडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु,´ विज्ञप्तिमा उल्लेख छ । उनले आफू प्राधिकरणबाट बाहिरिनु पनि स्वभाविक प्रकियाको रूपमा लिन आग्रह गरेका छन् ।

गत ३० भदाैमा प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङ बाहिरिएका हुन् । उनको कार्यकालमा  लोडसेडिङ अन्त्य गरिएको थियो । कुलमानकै नेतृत्वमा वर्षाैँदेखि घाटामा रहेको प्राधिकरण नाफामा गएको छ ।

सम्बन्धित समाचार

कोरोना संक्रमणको अवस्था अनुसार कामः मन्त्री घिमिरे

विराटनगर, १५ कात्तिक–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमणको अवस्था अनुसार प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । कोरोना संक्रमणको मात्रा हेरेर प्रदेश सरकारले स्टेप चालिरहेको उनले बताए । विराटनगरमा प्रदेश सरकार,...

८६ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारणको बिजुली

काठमाडौं, ३० साउन-नेपालभरमा ८६.४४ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार राष्ट्रिय ग्रिडमार्फत सबैभन्दा बढी प्रदेश २ का घरपरिवारमा विद्युत्‌काे पहुँच पुगेको छ भने सबैभन्दा  कम कर्णाली प्रदेशमा छ...

सवारी लाइसेन्स परीक्षा खुला गरिँदै

कोरोना संक्रमणपछि बन्द भएको यातायात सवारी लाइसेन्सको परीक्षा सुरु भएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सातै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहतका कार्यालयले परीक्षाको व्यवस्था गर्ने जनाएको हो । विभागले परीक्षाका लागि...

स्थायी कमिटीमा कोरम नपुगेपछि प्रचण्ड–खनाल पुगे ओली भेट्न

काठमाडौं, १३ साउन-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता झलनाथ खनाल अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका छन् । मंगलबार बिहान अध्यक्ष ओलीले एकतर्फी रुपमा स्थायी कमिटीको बैठक...

प्रधानमन्त्रीले आज बोलाएको सर्वदलीय बैठक पनि एमालेद्वारा बहिस्कार

काठमाडौं, ८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ । स्थानीय चुनाव समयमै नगर्ने मनसायका साथ छलफल गर्न डाकिएको बैठकमा एमाले सहभागी नहुने उपमहासचिव...

‘मस्जिद–मदरसामा कोही लुकेका छैनन्’

नवलपरासी, १७ वैशाख-नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा रहेका मस्जिद र मदरसाको अनुगमनलाई तीव्रता दिइएको छ । उदयपुरको मस्जिदमा रहेका मुसलमा धर्मगुरु (जमाती) मा कोरोना सङ्क्रमण भेटिएपछि राष्ट्रिय मुस्लिम आयोगले गठन गरेको जिल्लास्तरीय अनुगमन समितिले जिल्लाका विभिन्न...

सभापति देउवासँग भारतका विदेश सचिवको भेटवार्ता

काठमाडौं, ११ मंसिर-नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेटवार्ता गरेका छन् । सभापति देउवा निवास बूढानीलकण्ठमा आज साँझ भएको भेटवार्तामा उनीहरूबीच नेपाल–भारत बहुआयामिक सम्बन्धबारे छलफल भएको भेटमा सहभागी...

दिवङ्गत आफन्तको सम्झनामा आज गाईजात्रा मनाइँदै

काठमाडौं, २० साउन -भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ ।  आजका दिन १ वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्