बलात्कार आरोपित २ जना पक्राउ

 न्यूज विराट
बलात्कार आरोपित २ जना पक्राउ

सप्तरी,  २ असोज-सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुरमा १७ वर्षीया किशोरीलाई बलात्कार गर्ने २ जना आरोपितलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । नेपाल भारत सीमा क्षेत्र बलान बिहुल गाउँपालिकास्थित बेल्हीबाट आरोपितहरु डाक्नेश्वरी–७ का १९ वर्षीय रञ्जित मण्डल र १८ वर्षीय बब्लु मण्डल पक्राउ परेको इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीका प्रहरी निरीक्षक धर्मराज मुडभरीले बताए । 

धान खेतमा पानी कटाउन गएकी किशोरीलाई रञ्जित र बब्लुसहित ४ जनाले २९ भदौमा बिहान सामूहिक बलात्कार गरेको आरोप छ । बलात्कारका अन्य आरोपितहरु धर्म मण्डल र विष्णु मण्डल फरार छन् । इलाका प्रहरी कार्यालय कल्याणपुरले आरोपितविरुद्ध उजुरी गर्न गाउँको उनकै समुदायका पञ्चहरुले रोक लगाएपछि ३० भदौमा किशोरीले आत्महत्या गरेकी थिइन् ।

बलात्कारपछि शत्रुघ्न मण्डलको घरमा बसेको गाउँलेहरुको छलफलले पीडित र उनकी आमालाई प्रहरी कार्यालयमा घटनाको जाहेरी दिन रोक लगाउँदै आरोपितबाट ५५ हजार क्षतिपूर्ति भराउने निर्णय सुनाएको थियो ।

न्यायको साटो अस्मिताको मूल्य तोकेर क्षतिपूर्ति दिने निर्णयको विरोध गरेकी किशोरीले मानसिक पीडा सहन नसकी आत्महत्या गरेको उनको आमाले बताइन् । मृतकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शवपरीक्षण गरिएको छ ।

प्रहरीले छलफलमा बस्ने ३ जना पञ्चलाई समेत पक्राउ गरी आत्महत्या दुरुत्साहनको मुद्दा चलाएको छ । किशोरी र उनकी आमालाई धम्क्याएर बलात्कार घटनामा सहमति गराउन खोज्ने पञ्च मध्येका जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई प्रहरीले ३० भदौमा नै पक्राउ गरेर मुद्दा चलाएको छ ।

उनीहरुलाई आत्महत्या दुरुत्साहनमा कारवाही थालिएको छ भने पक्राउ परेका बलात्कारका २ आरोपित रञ्जित र बब्लुविरुद्ध आज जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइने सप्तरी प्रहरीले जनाएको छ । रासस

सम्बन्धित समाचार

३ देखि ५ महिनाभित्र कोरोनाविरुद्धको भ्याक्सिन तयार हुने

एजेन्सी, जेठ ९-अमेरिकाले कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाइरहेको बेलायती कम्पनी एस्ट्राजेनेकामा १ सय २ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । यो लगानीसँगै अब अमेरिकाले उत्पादित भ्याक्सिनको एकतिहाइ हिस्सा किन्ने छ । कोरोना भाइरसका...

मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन प्रक्रिया सुरु

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री कार्कीलाई एमाले, कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले विश्वासको मत दिने भएका छन् ।...

मलेसियामा लुटपाटमा संलग्न नौ नेपालीसहित ३१ जना विदेशी कामदार पक्राउ

मलेसियामा बाढीको आपत्कालीन अवस्थामा लुटपाट गरेको आरोपमा ९ नेपालीसहित ३१ विदेशी कामदार पक्राउ परेका छन् । मलेसियाली अनलाइन द स्टारका अनुसार बेला साहआलमको तमनश्री मुडास्थित सुपरमार्केट तोडफोड गरेको र त्यसमा संलग्न रहेको आशंकामा ९ नेपालीसहित...

जिल्लास्तरीय वादविवादमा एभरेष्ट र साजिलाल प्रथम

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित स्मृति बोर्डिङ स्कूलमा आज सम्पन्न वादविवाद प्रतियोगितामा विराटनगर– ५ स्थित एभरेष्ट मावि र सुन्दरहरैचाको साजिलाल मावी प्रथम भएका छन् । स्मृति इङलिस बोर्डिङ स्कुल नेमुवा बुढिगंगा मोरङको आयोजनामा सामाजिक सन्जालको...

युवा उद्योगी प्रेम राठी सम्मानित

विराटनगर । विराटनगरका युवा उद्योगी प्रेम राठी सम्मानित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ६९ औं प्रहरी दिवसको अवसर पारेर राठीलाई बुधबार सम्मान गरेको हो । सम्मानित भएका राठीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत...

राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

काठमाडाैं, १३ असार-सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ । एक करोड २५ लाख रूपैयाँ ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान...

टी –२० क्रिकेट प्रतियोगितामा लुम्बिनी र मधेश प्रदेश विजयी

विराटनगर । टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र मधेश प्रदेश विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा विहिबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गको छ । टस जितेर पहिले...

एस्पायर कलेजका जी.पि.ए. ४ प्राप्त गर्ने ६ जना विद्यार्थी सम्मानित

विराटनगर । विराटनगर–१४ मा अवस्थित काठमाण्डौं विश्वविद्यालयको विस्तारित कार्यक्रमका रुपमा सञ्चालित एस्पायर कलेजले विश्व विद्यालयले गतःमार्चमा लिएको बि.टेक.एड.आई.टी र बि.पि.एच. प्रथम र तृतीय सेमेष्टरको परीक्षाफलमा जी.पि.ए. ४ प्राप्त गर्ने ६ जना विद्याथीहरुलाई सम्मान गरेको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्