गणेशमान सिंहको २३ औँ स्मृति दिवस मनाइँदै

 न्यूज विराट
गणेशमान सिंहको २३ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं, २ असोज-प्रजातन्त्र पुनःस्थापनाका लागि भएको २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका थिए ।

२४ कात्तिक १९७२   गते काठमाडौंको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । काठमाडौंको खानदानी परिवारमा जन्मिएका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायतलाई तत्कालीन सरकारले जेल हाल्यो । विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल भएका जोसिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय भएका थिए । जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरे । देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहे । नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील भए ।

विसं २०१५ सालमा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल गृहमा कारावास जीवन बिताए । विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे । विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरूद्ध सक्रिय रहे ।

तत्कालीन पञ्चायती सरकारले बिपीसँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा विशेष अदालतबाट सफाइ पाए । गणेशमानले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरे । बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गरे ।

विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान २०४६ सालमा रह्यो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर भई सबैको प्रिय बनेका हुन् ।

नेता सिंहको २३ औँ स्मृति दिवसका अवसरमा आज कांग्रेस केन्द्रीय सूचना तथा सञ्चार विभाग, बिपी कोइराला युवा नेतृत्व विकास मञ्चलगायत पार्टी र यसका भ्रातृ एवं शुभेच्छुक सङ्घ संस्थाले विविध कार्यक्रम गरी देशभर मनाउँदै छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण प्राय: सबैजसो कार्यक्रम जुम प्रविधिबाट गर्ने तयारी भएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । रासस

सम्बन्धित समाचार

भारतमा एक महिनामा थपिए २६ लाख संक्रमित

एजेन्सी, १५ असोज-भारतमा पछिल्लो एक महिनामा २६ लाख नयाँ कोरोना संक्रमित थपिएका छन् । अगष्टयता सङ्क्रमण ७१ प्रतिशतले वृद्धि भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतको विभिन्न राज्यमा सञ्चालन गरिएको ‘सिरो प्रिभेलेन्स’ सर्वेक्षणले यस...

झा दम्पती बेपत्ता प्रकरण : छिटो छानबिनको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

महोत्तरीका वृद्ध दम्पती आफ्नो कोठाबाटै रहस्यमय ढंगले बेपत्ता भएको घटनाको यथाशिघ्र छानबिन गर्न माग गर्दै विराटनगरमा प्रदर्शन गरिएको छ । सो घटनाको वास्तविक सत्यतथ्य छानबिन गर्न माग गर्दै मैथिल ब्राह्मण महासभा युवा कार्य समिति मोरङले...

अत्याधिक वायु प्रदुषणका कारण चार दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय

वायु प्रदूषण उच्च भएका कारण सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । ‘बालबालिकालाई असर गर्ने भएकाले चार दिन विद्यालय...

प्रदेश प्रमुखद्धारा कोशी प्रदेशमा सरकार गठनको आव्हान, असार २१ गतेसम्म समय

विराटनगर । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका छन् । आइतबार साझ उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तगत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आव्हान...

भारतकै ३ नक्सामा कालीको मुहान लिम्पियाधुरा

काठमाडौं, १ जेठ-नेपालको भूमि अतिक्रमण गर्दै भारतले चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको कैलाश, मानसरोवरसम्म जाने गरी निर्माण गरेको सडक वैशाख २६ गते उद्घाटन गरेपछि लामो समयदेखिको नेपाल–भारत सीमा विवाद पुनः चर्किएको छ । सन् २०१५...

एमाले राजनीतिक बाघ हो, स्यालहरुले नजिस्क्याउनु : महेश बस्नेत

अर्घाखाँची, २९ भदौ । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आम नेपाली जनताको लागि राजनीतिक रुपमा एमाले बाघ पार्टी भएकाले अन्य बाघको छेउमा स्याल जस्ता पार्टींहरुले एमालेलाई नजिस्क्याउन चेतावनी दिनुभयो ।नेकपा...

बुढिगंगामा करेन्ट लागेर १ जनाको मृत्यु

विराटनगर, ६ मंसिर । मोरङको बुढिगंगा गाऊपालिका ४ स्थित बागमती मोलडिङ्ग ईन्ड्रेष्ट्रि प्रा.लि. मा काम गर्ने मजदुर सोही स्थानका ४४ बर्षीय कलरु कुमार खवासको करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका ५ बजे उनि...

एसईईको मूल्याङ्कन कार्यविधि अन्तिम चरणमा

काठमाडौं, ८ असार-एसईईको मूल्याङ्कन कसरी गर्ने भन्ने कार्यविधि बनाउन गठित समितिले प्रतिवेदन तयार पारेको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालको संयोजकत्वमा गठित समितिले प्रतिवेदन तयार पारेको हो । समितिले प्रतिवेदन आज नै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्