राष्ट्रसङ्घको ७५ औँ महासभामा प्रम नेतृत्वको प्रमण्डल सहभागी हुँदै

 न्यूज विराट
राष्ट्रसङ्घको ७५ औँ महासभामा प्रम नेतृत्वको प्रमण्डल सहभागी हुँदै

काठमाडौं,  २ असोज-प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा अप्रत्यक्षरूपमा भाग लिने भएको छ ।  न्युयोर्कमा आजदेखि सुरु भएको ७५औँ महासभालाई प्रधानमन्त्री ओलीले आगामी शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

महासभाअन्तर्गतका उच्चस्तरीय सत्रहरु पनि आजैदेखि प्रारम्भ भएका छन् ।    यो वर्षको महासभाको छलफलको विषय ‘हामीले खोजेको भविष्य र हाम्रो अपेक्षाको संयुक्त राष्ट्रसङ्घ ः प्रभावकारी बहुपक्षीय क्रियाशीलताको माध्यमबाट कोभिड–१९ सामना, बहुपक्षीयताप्रति हाम्रो सामूहिक प्रतिबद्धताको पुनर्पुष्टि’ रहेको छ ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घ स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने उच्चस्तरीय बैठकलाई आगामी सोमबार सम्बोधन गर्नुहुनेछ भने शनिबार ‘२०२० दिगो विकास लक्ष्यका क्षण’ बैठक र यही १४ असोज गते हुने जैविक विविधता सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आणविक अस्त्रहरुको पूर्ण उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजना हुने उच्चस्तरीय बैठकलाई यही असोज १६ गते तथा अल्पविकसित राष्ट्र र भूपरिवेष्टित विकासोन्मुख राष्ट्रहरुको मन्त्रिस्तरीय बैठकलाई पनि अप्रत्यक्षरुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

परम्परागतरुपमा संयुक्त राष्ट्रसङ्घको महासभाकै समयमा हुँदै आएको दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० मन्त्रिपरिषद्को बैठक अप्रत्यक्षरुपमा नेपालले यही  ८ असोजमा आयोजना गर्दैछ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा मन्त्री ज्ञवाली र नेपाल सरकारका वरिष्ठ अधिकारी काठमाडौँबाट सहभागी हुनेछन् भने अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त नियोगका अधिकारी अनुकूलताअनुसार प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा महासभामा सहभागी हुने जनाइएको छ । -रासस

सम्बन्धित समाचार

सुन्दरहरैँचा नगरपालिकाद्वारा सिँचाइका लागि ५७ किसानलाई विद्युतीय मोटर वितरण

विराटनगर, १० चैत । मोरङको सुन्दरहरैंचा नगरपालिकाले कृषि क्षेत्रमा सिचाई समस्या हुने ५७ जना किसानलाई यस बर्ष बिद्युतीय मोटर बितरण गरेको छ । नगरपालिकाले धान गहुँ, मकै, तोरी, ड्रागन फुड, फलफुल खेती बोयर जातका बोका,...

वल्र्ड रोटरी डेको अवसरमा विराटनगरमा रक्तदान

विराटनगर । वल्र्ड रोटरी डेको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । वल्र्ड रोटरी डेको अवसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनसहित विराटनगरका पाँच वटा रोटरी क्लबहरूको संयुक्त आयोजनामा क्तदान कार्यक्रम आयोजना गरिएको हो ।...

झी पुचःको ‘सुदर्शन–कपिला सिरपा’ कास्कीको नेवा खलःलाइ प्रदान गरिने

विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले यसपटकको ‘सुदर्शन–कपिला सिरपा’ नेवा खलः कास्कीलाई प्रदान गरिने भएको छ ।विराटनगरमा एक कार्यक्रमको आयोजना गरि झी पुचःले नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा अनवरत रुपमा क्रियाशील...

विराटनगरका यी स्थानमा १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई लगाइँदैछ कोरोनाविरुद्धको खोप

विराटनगर, १४ माघ-विराटनगरमा बालबालिकालाई लक्षित गरि कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । विराटनगर महानगरपालिकाले आज सूचना प्रकाशित गर्दै हालसम्म कोरोना भाइरसविरुद्धको खोप नलगाएका १२ बर्षदेखि १७ वर्ष उमेर समुहका बालबालिकाका लागि खोप...

काठमाडौं उपत्यकामा थप ९४७ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा थप ९४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा ४१० महिला र ५३७ पुरुषमा संक्रमण पुष्टि भएको हो । आज काठमाडौंमा सबैभन्दा...

हिसान स्पोर्टस् मिट सुरू, उद्घाटनमा आधा दर्जन कलेज विजयी

विराटनगर । १२ औं संस्करणको हिसान स्पोर्टस् मिट सुरू भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान) को आयोजनामा विराटनगरमा बुधबारदेखि हिसान स्पोर्ट्स मिट सुरु भएको हो । विराटनगरको वैजनाथपुरको क्रिकेट...

दोषी कसैले पनि उन्मुुक्ति पाउनु हुँदैन : माधव नेपाल

विराटनगर, माघ २४–नेपाल कम्युुनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एंव पुुर्व प्रधानमन्त्री माधवकुुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा दोषी कसैले पनि उन्मुुक्ति पाउन नहुुने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार संचारकर्मीसँग कुुरागर्दै उनले भने।,‘अनुुचित कार्य गरेर...

अझै सञ्चालनमा आएन चार दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग

चार दिनदेखि अवरुद्ध खोडपे–बझाङ जयपृथ्वी राजमार्ग अझै सञ्चालन हुन सकेको छैन । आइतबार राति अविरल वर्षाका कारण बैतडीको पाटन नगरपालिका- ८ झौलेकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । सडक तलतिरबाट पहिरो खसेपछि सडक अवरुद्ध...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्