अझै सञ्चालनमा आएन चार दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग

 न्यूज विराट
अझै सञ्चालनमा आएन चार दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग

चार दिनदेखि अवरुद्ध खोडपे–बझाङ जयपृथ्वी राजमार्ग अझै सञ्चालन हुन सकेको छैन । आइतबार राति अविरल वर्षाका कारण बैतडीको पाटन नगरपालिका- ८ झौलेकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।

सडक तलतिरबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सडकमा पर्खाल लगाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।

राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन खोडपेमै रोकिएका छन् । बझाङ भित्रने यात्रु मर्कामा परेका छन् । बैतडीको खोडपे र बझाङबाट जाने साना सवारीले पहिरो गएको ठाँउ झौलेकसम्म यात्रुलाई पुर्‍याउने गरेका छन् । बीच बाटोमा सवारी साधन परिर्वतन गरेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

सडक तलतिर पहिरो खसेकाले पर्खाल लगाउने काम नसकिएसम्म सडक सञ्चालन हुने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

वर्षामा जयपृथ्वी राजमार्ग पटक-पटक अवरुद्ध हुँदै आएको छ । असारको पहिलो सातायता चार पटक अवरुद्ध भइसकेको छ । बझाङमा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ ।

सम्बन्धित समाचार

१२ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गर्ने राजेन्द्र ढकाल जेल चलान

विराटनगर । अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ परेका गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष राजेन्द्र ढकाल पुर्पक्षको लागि जेल चलान भएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले बुधबार विराटनगर घर भएका...

४ सय ७० लिटर घरेलु मदिरा नष्ट

विराटनगर । विराटनगर १८ डंग्राटोल स्थित प्रहरीले घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ । इलका प्रहरी कार्यालय रानी विराटनगरले ४ सय ७० लिटर घरेलु मदिरा बरामद गरि सोमबार नष्ट गरेको हो । विराटनगर १८...

मुख्यमन्त्री राईद्धारा गणतन्त्र दिवसको शुभकामना

विराटनगर, जेठ १५–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । गणतन्त्र दिवस २०७७ को अवसरमा ज्ञात अज्ञात अमर शहीदहरूप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

महिला क्रिकेट प्रतियोगितामा मोरङ र सिरहा फाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो ‘इक्युवालिटि कप महिला क्रिकेट’ प्रतियोगितामा मोरङ र सिरहा फाइनलमा प्रवेश गरेको छ । नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा बिहीबार भएको पहिलो खेलमा...

बजेटले पूर्वका माग सम्बोधन नगरेको उद्योगी व्यवसायीको गुनासो

विराटनगर, जेठ १५-अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तुत बजेटले पूर्वका व्यावसायिक मुद्दाको सम्बोधन गर्न नसकेको प्रतिक्रिया यहाँका व्यवसायीले व्यक्त गरेका छन्। विराटनगरका व्यवसायीले बजेट 'पपुलिस्ट' प्रकारको रहेको तर कोभिड–१९ द्वारा थलिएको...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने भएका छन् । नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोश्रो पटक विश्वासको मत लिन लागेका हुन्...

कालापानीको भू–भाग भारतलाई लिजमा दिनुपर्छ : सुजता कोइराला

काठमाडौ, पुस २२–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाइ लिजमा दिनुपर्ने धारणा व्यक्त गरेकी छिन् । आइतबार राति ८ः०० बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने ‘जनता जान्न...

स्वास्थ्य माफिया अन्त्यका लागि उर्लाबारीमा ट्रमा सेन्टरः अध्यक्ष पोखरेल

विराटनगर, असार २–नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले पूर्वी नेपालमा रहेका स्वास्थ्य माफियाहरुको अन्त्यका लागि पनि मंगलबारेमा ट्रमा सेन्टर निर्माणका लागि नेकपा नेतृत्वको प्रदेश सरकार लागिपरेको बताएका छन् । नेकपा उर्लाबारी नगरकमिटीले मंगलबार आयोजना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्