विराटनगरमा ६६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

 न्यूज विराट
विराटनगरमा ६६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर, १ असोज-विराटनगरमा कोरोना संक्रमणका कारण थप एक पुरुषको मृत्यु भएको छ ।विराट मेडिकल कलेजको आइसोलेसनमा उपचाररत विराटनगर महानगरपालिका- १० निलसदननजिकै बस्दै आएका ६६ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार साँझ ५:१५ बजे मृत्यु भएको हो ।

उनको मत्यु भइसकेपछि कोरोना रिपोर्ट पोजिटिभ आएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिए । ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि ती पुरुषलाई ३० भदौमा अस्पताल भर्ना गरिएको थियो ।

कोरोनाको आशंकामा तत्काल आइसोलेसनमा भर्ना गरेर पीसीआर परीक्षणका लागि स्वाब विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । वृद्ध श्वासप्रश्वास र मिर्गौलासम्बन्धी समस्याका दीर्घरोगी रहेको जनाइएको छ । अस्पतालका अनुसार मृतक पुरुषको घर सप्तरी भए पनि उनी २ वर्षदेखि विराटनगरमा बस्दै आएका थिए । योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ । जसमध्ये १४ जना प्रदेश १ बाहिरका हुन् ।

 

सम्बन्धित समाचार

सत्तारुढ गठबन्धनले उम्मेदवार बन्नेहरूको साझा मापदण्ड बनाउने

काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनले स्थानीय निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बन्नेहरूको साझा मापदण्ड बनाउने भएको छ । गठबन्धन अन्तर्गतको स्थानीय निर्वाचन तयारी तथा अनुगमन समितिको आजको बैठकले उम्मेदवार चयनबारे पार्टीहरूको आ–आफ्नो विधि भए पनि साझा...

लाईसेन्सको परीक्षा गराउने जिम्मा निजि ट्रायल सेन्टरलाई दिएको भन्दै खारेजीको माग

विराटनगर, २८ पुस-सवारीचालक अनुमतिपत्रको परीक्षा गराउने जिम्मा निजि ट्रायल सेन्टरलाई दिएको भन्दै नेकपाको दाहाल नेपाल समूहको अनेरास्ववियूले प्रदेश १ को प्रदेश सभा सचिवालयको ध्यानाकर्षण गराउदै निर्णय खारेजीको माग गरेको छ। प्रदेश १ सरकारले पुस १५...

१ करोड २४ लाखको चेकसहित विद्युत् प्राधिकरणका उपप्रबन्धक पक्राउ

काठमाडौं, २४ साउन-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई १ करोड २४ लाख ९१ हजार १४५ बराबरको चेकसहित सिन्धुली कमलामाई नगरपालिका–९ बाट आज पक्राउ गरेको छ ।...

गणतन्त्र र संविधानको रक्षाका लागि निर्मम हुन सुरक्षाकर्मीलाई गृहमन्त्री लेखकको निर्देशन

विराटनगर । गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि निर्मम भएर सुरक्षा प्रदान गर्न निर्देशन दिएका छन्।नेपाली सेनाका रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपी अनि राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक...

दिव्यज्योती अस्पतद्धारा विराट बहिरा माविमा स्वास्थ्य शिविर, दुई सय बढीको स्वास्थ्य जाँच

विराटनगर । विराटनगरस्थित विराट बहिरा माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुको आँखा तथा कान परीक्षण गरिएको छ ।विराटनगरमा रहेको दिब्यज्योती अस्पतालले उक्त विद्यालयमा शिविरको आयोजना गर्दै अध्ययनरत विद्यार्थीहरुको आखाँ तथा कान परीक्षण गरिदिएको हो । साँकेतिक भाषाका...

स्थानीय सरकारको सक्रियता, वडा नं. ४ मा विकासले तीव्रता पायो

[caption id="attachment_47222" align="alignnone" width="1000"] पथरीशनिश्चरे वडा नं. ४ राधाकृष्ण मन्दिर दक्षिण सख्वारा जाने सडकमा पर्ने कल्भर्टको शिलान्यास गर्दै वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, वडा सचिव दीर्घराज रायलगायत उपभोक्ता समिति ।[/caption] शनिश्चरे । केही दिनअघि कुशलबजार पूर्व पिप्ले...

३ दिनदेखि हराएकी बालिका मृत फेला

जनकपुर, १९ असार-धनुषामा ३ दिनदेखि बेपत्ता ११ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन् । स्थानीयले बालिकाको बलात्कारपछि हत्या गरिएको हुन सक्ने आशंका गरेका छन् । विनोद पंजियारकी छोरी कञ्चन कुमारी पंजियारको शव जनकपुरधाम उपमहानगरपालिका-...

कोरोना पछ्याउने एप सञ्चालनमा

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना कता कस्तो छ भन्ने पत्ता लगाउने एक सञ्चालन गर्ने जानकारी गराएका छन् । केही दिनमा कोरोना कता कस्तो अवस्थामा छ भन्ने विषयमा कन्ट्याक्ट ट्रेसिङ सञ्चालन गर्ने जानकारी गराएका छन् ।

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्