विराटनगर महानगरको सेवा असोज २ गतेसम्म बन्द

 न्यूज विराट
विराटनगर महानगरको सेवा असोज २ गतेसम्म बन्द

विराटनगर, २८ भदौ–विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र नगर प्रहरीमा कोरोना देखिएपछि महानगरको सेवा बन्द गरिएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत इन्द्रमणी पोखरेललाई कोरोना पुष्टि भएपछि जोखिम बढेको भन्दै सोमवारदेखि महानगर बन्द गरिएको हो ।

पोखरेल कोरोना संक्रमित भएपछि सोमबारदेखि असोज २ गतेसम्म पाँच दिनका लागि महानगरपालिका बन्द गर्ने निर्णय भएको छ । महानगरका २ वडा अध्यक्षलाई यसअघि नै कोरोना देखिएको थियो भने सोमबार पोखरेल र एक नगर प्रहरीमा पनि कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको हो ।

सो अवधिमा स्वास्थ्य, सफाई र बारुणयन्त्र जस्ता अत्यावश्यक सेवा मात्र खुल्नेछन् । जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि महानगरका सबै कर्मचारी होम आईसोलेसनमा बसेको विराटनगर महानगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

विद्युतीय माध्यमबाट काम गर्न सकिने निजी कार्यालय बन्द गर्न सरकारको आह्वान

सरकारले घरमै बसेर काम गर्न सकिने निजी कार्यालयहरू बन्द गर्न आह्वान गरेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै सम्भव भएसम्म विद्युतीय माध्यमको प्रयोग गरी काम गर्न सकिने कार्यालयहरू बन्द गर्नका...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३६४ कोरोना संक्रमित थपिए, ६२८ डिस्चार्ज

विराटनगर, २४ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा पाँच, पाँचथरमा चार, इलाममा तीन, संखुवासभा, तेह्रथुम,...

एमाले स्थायी कमिटी बैठक बस्दै, कार्यदलले जुटाएको १०बुँदे सहमति अनुमोदन गर्ने

नेकपा एमालेको स्थायी कमिटीको बैठक निर्धारित समयमै बस्ने भएको छ । सोमबार साँझ पाँच बजे बालुवाटारमा बस्ने स्थायी कमिटीको बैठकले पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलले जुटाएको १० बुँदे सहमति अनुमोदन गर्ने कार्यालय सचिव शेरबहादुर...

एसइइ रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता सुरू : सरस्वती, कृष्टल र युनिक स्कुल विजयी

विराटनगर । विराटनगरमा सुरू भएको दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा तीन वटा स्कुल विजय भएका छन् । विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा सोमबारबाट सुरू भएको...

अमेरिकी राष्ट्रपतिका उम्मेदवार बाइडेन मार्चपछि पहिलो पटक सार्वजनिक 

एजेन्सी, जेठ १३-अमेरिकी राष्ट्रपति पदका लागि आगामी नोभेम्बरमा हुने निर्वाचनमा डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बन्ने पक्का भएका नेता जो बाइडेन मार्चपछि पहिलो पटक घरबाहिर निस्किएका छन् । पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेन करिब १० सातापछि मास्कसहित...

भारतीय स्कारपियोबाट १ सय २० केजी गाँजा बरामद

विराटनगर । सशस्त्र प्रहरीले भारतीय नम्बर प्लेटको स्कारपियोबाट ठुलो परिमाणमा गाँजा बरामद गरेको छ । आज विहान २ बजे सशस्त्र प्रहरी बल मोरङले विराटनगर १ नोबेल डेरीबाट १ सय २० केजी गाँजा बरामद गरेको हो...

त्रिभुवन विमानस्थलबाट आज ११ अन्तर्राष्ट्रिय उडान

काठमाडौं, २० असार-विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । यी उडनमध्ये नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाज अवतरण हुने तालिका छ भने बाँकी अन्य एयरलाइन्सको...

धनुषामा वडाध्यक्षलाई ‘क्वारेन्टाइन’मा राखियो

धनुषामा एक जना वडा अध्यक्षलाई ‘क्वारेन्टाइन’मा राखिएको छ । आइतबार भारतबाट फर्केर घरमा बसेका जनकनन्दनी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष भोगेन्द्र पाठकलाई स्थानीयको दबावमा ‘क्वारेन्टाइन’मा राखिएको हो । भारतको मधुवनीबाट आइतबार दिउँसो उनी घर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्