आज थप १ हजार २०२ जनामा कोरोना पुष्टि, संक्रमणमुक्त हुने दर ७०.६ प्रतिशत

 न्यूज विराट
आज थप १ हजार २०२ जनामा कोरोना पुष्टि, संक्रमणमुक्त हुने दर ७०.६ प्रतिशत

काठमाडौं, २७ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय २ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार २ सय २ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ५३ हजार नाघेको छ । आजसम्म ५३ हजार १ सय २० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १५ हजार २ सय ६० सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ९ हजार १ सय ७ जना छन् भने ६ हजार १ सय ५३ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा ८ सय ५२ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ३७ हजार ५ सय २४ पुगेको मन्त्रालयको तथ्यांक छ । कोरोना संक्रमणमुक्त हुने तर ७०.६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार १ सय ७६ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म ८ लाख ३१ हजार ३ सय ६२ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ६ हजार ३ सय ५४ जना क्वारेन्टाइनमा छन् ।

सम्बन्धित समाचार

कांग्रेसकाे प्रदेशसभा क्षेत्रीय अधिवेशन आज

काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसले पहिलाेपल्ट प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्दै छ । पार्टीकाे १४औँ महाधिवेनअन्तर्गत आजदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु हुन लागेकाे हाे । स्थानीय तहकाे अधिवेशन भएका जिल्लामा आज प्रदेशसभा क्षेत्रीय अधिवेशन हुने कांग्रेसकाे केन्द्रीय निर्वाचन समितिले...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा विराटेश्वर वृद्धाश्रममा आश्रित ५६ जनालाई न्यानो कपडा वितरण

विराटनगर, ६ पुस । निरन्तर सामाजिक कार्य गर्दै आइरहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ । क्लबले एक कार्यक्रमकाबीच विराटनगर अशोकचोकस्थित आश्रममा आश्रित जेष्ठ नागरिकहरुलाई जाडोबाट बच्न न्यानो कपडा...

साउनदेखि कक्षा १२ को पढाइ सुरु हुने

काठमाडौं, ५ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को अन्तिम मूल्याङ्कन असारभित्रै गरिसक्न विद्यालयहरूलाई अनुरोध गरेको छ । गत वर्ष बनाइएको कार्यविधिअनुसार विद्यालयहरूले कक्षा ११ को अन्तिम नतिजा असारभित्रै सार्वजनिक गरी साउनबाट कक्षा १२ को...

नयाँ नक्साप्रति भारतको प्रतिक्रियाः यो कदम ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन

काठमाडौं, ७ जेठ-लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि भारतले प्रतिक्रिया जनाएको छ । आज नेपालले आधिकारीकरूपमा नक्सा जारी गरेसँगै भारतले औपचारिक प्रतिक्रिया जनाएको हो ।  भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग...

आन्दोलनमा उत्रिएका १ सय परिवारलाई राहत वितरण

कास्की, १७ वैशाख-राहत सामग्री माग गर्दै पोखरा महानगरपालिका कार्यालय तथा वडा कार्यालय घेराउ र धर्नामा उत्रिएका पोखरा–९ कृष्ण टोलका सुकुम्बासी तथा विपन्न परिवारलाई राहत वितरण गरिएको छ । कोरोना सङ्क्रमण न्यूनीकरणका लागि आह्वान गरिएको जारी...

आजदेखि सिरहाको मिर्चैयामा लकडाउन

सिरहा, २२ साउन-सिरहाको मिर्चैया  नगरपालिकामा कोरोना सङ्क्रमणको थप जोखिम हुन नदिन लकडाउन गरिएको छ । नगरपालिकाको वडा नम्बर ६ का ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि २२ साउनसम्म लकडाउनको घोषणा गरिएको हो । नगरपालिकामा...

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २ सय २१ पुग्याे

काठमाडाैं, १४ भदौ-कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टाभित्र ४ महिला र १० पुरुष गरी १४ जनाको कोरोना संक्रमणबाट मृत्यु...

श्रीमान्‌लाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा श्रीमती पक्राउ

काठमाडौं, २६ चैत । आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका- ८ दुर्गाचोकका ४२ वर्षीय उत्तम सुवेदीले बिहीबार आफ्नै घरको भान्छामा पासो लगाएर आत्महत्या गरेका थिए । उत्तमलाई आत्महत्या गर्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्