देशभर एकै दिन थपिए १ हजार ४५४ संक्रमित

 न्यूज विराट
देशभर एकै दिन थपिए १ हजार ४५४ संक्रमित

काठमाडौं, २६ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ५१ हजार नाघेको छ । आजसम्म ५१ हजार ९ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १४ हजार ९ सय २५ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ८ हजार २ सय ९१ जना छन् भने ६ हजार ७८ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा ९ सय ७२ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको मन्त्रालयको तथ्यांक छ । निको हुनेको दर ७१ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ७ सय १ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म ८ लाख २१ हजार १ सय ८६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ५ हजार ८ सय ६ जना क्वारेन्टाइनमा छन् ।

सम्बन्धित समाचार

कोरोना नियन्त्रणका लागि खटाएको ठाउँमा नजाने स्वास्थ्यकर्मी पक्राउ

काठमाडौं, १५ साउन-कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि खटाएको ठाउँमा नगएर बहानाबाजी गर्ने २५ जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । खटाइएको ठाउँमा नगएको भन्दै पर्सा प्रहरीले उनीहरूलाई बिहीबार दिउँसो पकाउ गरिएको हो । वीरगञ्ज...

विराटनगरका ६ पत्रकार कोरोनामुक्त

विराटनगर, भदौ ४-विराटनगरका छ जना पत्रकार कोरोना मुक्त भएका छन् । तीन दिन अघि दिएको स्वाब परीक्षणबाट उनीहरु कोरोना मुक्त देखिएका हुन् । कोरोना जित्ने पत्रकारहरुमध्ये पाँच जना स्थानीय उद्घोष दैनिकमा आवद्ध छन् । पत्रकारहरु...

महानगरको डेंगु नियन्त्रण गर्न लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान

विराटनगर । विराटनगर महानगरपालिकाले १९ वटै वडामा डेंगु रोगको रोकथाम र नियन्त्रणका लागि अभियान सञ्चालन गर्ने भएको छ ।महानगरपालिकाले आज पत्रकार सम्मेलन आयोजना गरेर आउँदो शुक्रबारदेखि १९ वटै वडामा बिहान ७ बजेदेखि ९ बजेसम्म डेंगु...

बीपीमा तेह्रथुमका ३१ वर्षीय संक्रमित पुरुषको मृत्यु

विराटनगर, १९ असोज-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा सोमबार थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत तेह्रथुमको म्याङलुङ नगरपालिका–१ का ३१ वर्षीय पुरुषको मृत्यु भएको हो...

जिल्ला सहकारी संघ मोरंगको अधिवेशनः ५ दलीय गठबन्धनका उम्मेदवारलाई एमालेका एक्ला उम्मेदवारले चटाए धुलो

विराटनगर, २८ पुस । जिल्ला सहकारी संघ लिमिटेड मोरंगको अध्यक्षमा डिल्ली पोखरेल निर्वाचित हुनु भएको छ । उहाँले अध्यक्षका प्रत्यासी वीरेन्द्र यादवलाई २९ मत अन्तरले पराजित गर्नुभएको थियो । पोखरेलले १५६ मत प्राप्त गर्नुभयो भने...

उदयपुरमा जिप दुर्घटना : ७ जनाको मृत्यु, ७ घाइते

विराटनगर । उदयपुरमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुर जाँदै गरेको को १ ज २५९३ नम्बरको जिप उदयपुर र भोजपुरको सिमाना बेलका नगरपालिका, मैनामैनीनजिकै दुर्घटना भएको हो । दुर्घटना परी सात...

साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल भारतसँग भिड्दै, यस्तो छ खेल इतिहास

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज चिरप्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ । मालेस्थित राष्ट्रिय रंगशालामा हुने नेपाल र भारतबीचको उपाधि भिडन्त नेपाली समयअनुसार राति ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ । आज दुवै...

दातृ निकायको दबाबका कारण निजी क्षेत्रलाई चेपुवामा : उपाध्याय

बुटवल, फागुन ११–नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपकुमार उपाध्यायले दातृ निकायको दबाबका कारण सरकारले निजी क्षेत्रलाई चेपुवामा राखेको आरोप लगाएका छन् । उनले अन्तराष्ट्रिय दातृ निकायहरूले दिने अनुदान र ऋण सहयोगले मात्रै मुलुकमा समृद्धि हासिल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्