नेकपा स्थायी कमिटी बैठक सकियो : अध्यक्षद्वयको प्रस्ताव सर्वसम्मतिले पारित

 न्यूज विराट
नेकपा स्थायी कमिटी बैठक सकियो : अध्यक्षद्वयको प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौं, २६ भदौ-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को १० असारदेखि जारी स्थायी कमिटी बैठक साढे दुई महिनापछि शुक्रबार सकिएकाे छ । बैठकले पार्टी विवाद समाधान गर्न अध्यक्षद्वयले गठन गरेका सुझाव कार्यदलले दिएको सल्लाहअनुसार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’काे कार्य विभाजन गरेकाे छ । ओली पाँचै बर्ष प्रधानमन्त्री हुने र प्रचण्डले कार्यकारी अध्यक्षका रूपमा पार्टी जिम्मेवारी सम्हाल्ने गरी ४ मंसिर ०७६ काे निर्णय कार्यान्वयन हुने भएकाे छ ।

पार्टी र सरकार संचालनका खाकासहित अध्यक्षद्वयले पेस गरेको १५ बुँदे प्रस्ताव स्थायी कमिटीले सर्वसम्मत पारित गरेकाे छ । ‘अध्यक्षद्वयद्वारा प्रस्तुत प्रस्ताव सर्वसम्मतिले पारित गर्दै पार्टी स्थायी कमिटीको बैठक आज बेलुका ४:०५ बजे उत्साहका साथ सम्पन्न भएको छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरे‍का छन्, ‘असार १० गते शुरू भएकाे याे बैठकले अनेक माेड र घुम्ती पार गरेर निष्कर्षमा एकता, समझदारी र सर्वसम्मति कायम गरेकाे छ ।’

सम्बन्धित समाचार

विराटनगरमा १ करोडको लगानीमा ओपन हाउस संचालन

विराटनगर । विराटनगर ३ पिपल चौकस्थित हाउस लाउन्ज एण्ड बार संचालनमा आएको छ । महिला उद्यमी श्रुती शर्माले करिब १ करोड रुपैयाँ लागतमा हाउस लाउन्ज एण्ड बार शुक्रबारदेखि संचालनमा ल्याएकी हुन् । पारिवारिक, खुल्ला र...

विराटनगर र रतुवामाईबासीलाई उपचारमा लाग्ने रगत निशुल्क

विराटनगर, २२ कात्तिक । मोरङको दुई पालिकाले आफ्ना नागरिकको उपचारमा लाग्ने रगत निशुल्क उपलब्ध गराउने पहल गरेका छन् । रतुवामाई र विराटनगर महानगरपालिकाले आफ्नो पालिकाका नागरिकलाई निशुल्क उपलब्ध गराउन पहल गरेका हुन् । ती पालिकाले...

आज दशैँको पाचौँ दिनः नवरात्रमा पार्वतीबाट जन्म लिएकी स्कन्दमाताको पूजा आराधना

काठमाडौँ, २५ असोज-नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका...

सुरकेशमा भेटियो स्रोत नखुलेको १२ लाख, विराटनगरबाट दुई भारतीय नागरिक पक्राउ

विराटनगर । स्रोत नखुलेको १२ लाख ४६ हजार ४ सय रुपैयाँसहति सशस्त्र प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बोर्डर आउट पोस्ट (बिओपी) रानीले विराटनगर २ नम्बर ढाटबाट आज दिउँसो ७ लाख ७९...

धनुषामा हावाहुरी र असिनासहित भीषण वर्षा

जनकपुर, १२ वैशाख-धनुषामा हावाहुरी र असिनासँगै भीषण वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । आधा किलोसम्मको असिनाले बालीनालीमा क्षति पुर्‍याएको छ । धनुषाको बटेश्वर गाउँपालिका– १ चित्रपुरमा असिनाले सयौं घरको छाना प्वाल पारेको छ ।...

बसकाे झ्यालबाट हाम फाल्दा एक जनाकाे मृत्यु

इलामको गोदकमा अनियन्त्रित अवस्थामा रहेकाे बसकाे झ्यालबाट हाम फाल्दा साेही बसले किचिएर एक जनाकाे मृत्यु भएकाे छ । इलाम नगरपालिका–१० गोदकस्थित मेची लोकमार्गमा सोमबार राति १० बजेतिर याे घटना भएकाे हाे । ना ४ ख ६२४८...

‘प्राकृतिक भन्दा मानवीय कारणले विपद्को जोखिम बढ्दो’

विराटनगर,८ असार । प्राकृतिकले भन्दा मानवीय कारणले मुलुकमा विपद्को जोखिम वृद्धि भैरहेकोले यसतर्फ सबैले ध्यान दिनु पर्ने सहभागीहरुले सुझाव दिनु भएको छ। उहाँहरुले विपद कोष रकमलाई रोकथामका लागि प्रयोग गर्नुपर्ने धारणा राख्नु भयो । गृह...

भारतमा एकै दिन थपिए २० हजार कोरोना संक्रमित  

एजेन्सी, असार १४-भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको हुनेको संख्या ५ लाख २९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ अहिलेसम्मकै बढी २० हजार संक्रमित थपिएका छन् । वल्डोमिटरका अनुसार शनिबार भारतमा कोरोनाबाट ४ सय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्