३६ घण्टा व्रत बसेर सकियो जितिया पर्व 

 न्यूज विराट
३६ घण्टा व्रत बसेर सकियो जितिया पर्व 

धनुषा, २६ भदौ-मैथिल समुदायका आमाहरूको महान लोक पर्व जितिया पर्व आज सम्पन्न भएको छ । सो पर्व अन्तर्गत मैथिल आमाहरूले थुक पनि ननिलेर ३६ घण्टासम्म व्रत गरी पर्व सम्पन्न गरेका छन् । सप्तमी, अष्टमी र नवमी तिथिमा मनाइने यो पर्वमा सन्तानको आरोग्य कामनासहित कठोर व्रत गरिने चलन छ ।

विगतमा छोरा हुनेले मात्र व्रत वस्ने परम्परा रहेकामा आमाहरूले हाल सो परम्परा तोड्दै छोराछोरी दुवैको सुख, शान्ति र समृद्धिका लागि व्रत बस्ने गरेका छन् ।

‘जितिया पाबनि बड भारी’ (जितिया पर्व धेरै ठूलो छ) भन्ने कथन अनुरूप व्रती आमाहरूले निराहार उपवास बसी व्रतलाई खण्डित हुन नदिने सङ्कल्प गरेका हुन्छन् । व्रती सोनादेवी भन्छिन्, ‘जिमुतवाहनको कामनामा धेरै शक्ति छ, यसको नियमपूर्वक पूजा गर्नाले सन्तानको आयु वृद्धि हुनेगरेको विश्वाससहित ३६ घण्टाको व्रत निर्विघ्नतापूर्वक सम्पन्न गरेकी छु ।’

जितिया पर्व मैथिल संस्कृतिको एउटा मुख्य पर्व हो । यसलाई जिमुतवाहन व्रत पनि भनिन्छ । विशेषरूपले आइतबार र मङ्गलबार पर्ने जितियालाई अधिक महत्व दिइन्छ । यस अन्तर्गत यस व्रतको सप्तमी तिथिमा व्रतीले नहाय खाय, तेलखरि र पितराइन, रातिको अन्तिम प्रहरमा ओठगन गर्ने चलन छ ।

अष्टमी तिथिका दिन व्रतीले नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान् सूर्यलाई अघ्र्य अर्पण गर्छन् । त्यसपछि व्रतको सङ्कल्प गरिन्छ र घरमा आएर डाली भर्ने गरिन्छ । डालीमा नरिवल, काँक्रो, स्याउ, केरालगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ । मध्याह्नतिर टोलभरिका आमा एक ठाउँमा भेला भई जिमुतवाहन व्रतको महत्व, पर्वको शुभारम्भ र जिमुतवाहन देवताको बारेमा कथा सुन्ने गरिन्छ ।

साँझतिर आँगनमा गाईको गोबरले लिपपोत गरी एउटा सानो खाल्डो खनेर पोखरीको निर्माण गरिन्छ । त्यो पोखरीको डिलमा पाकडी रूखको सानो हाँगा गाड्नुका साथै हाँगाको माटोको चिलको आकृति र हाँगामुनि स्यालको आकृति बनाइन्छ । त्यहाँ जलले भरिएको कलशमा कुशको जिमुतवाहनको मूर्ति राखिन्छ र फलफूल लिएर जिमुतवाहनको व्रती आमाले पूजापाठ गर्दछन् ।

नवमी तिथिका दिन व्रतीले स्नानादि गरी पवित्र भई पूर्ववत् जिमुतवाहन, चिल, स्यालको व्यवस्था गर्ने र दिवङ्गत महिलालाई नैवेद्य अर्पण गरेर प्रसाद लिई पारण गरी व्रतलाई सम्पन्न गरिने परम्परा रहेको छ । यो व्रत कुनै शास्त्रीय देवताको नभई लोकदेवताको भएको बुझिन्छ । यसमा जिमुतवाहन नामक लोकदेवताको पूजा गरिन्छ । जितिया व्रत गर्नाले सन्तानको दीर्घायु र आरोग्य रहनुका साथै खासगरी कुनै आकस्मिक खतराबाट रक्षा हुने विश्वास रहेको पाइन्छ । रासस 

सम्बन्धित समाचार

प्रदेश १ मा घट्यो संक्रमण दर, आज ३४९ जना कोरोना संक्रमित थपिए

विराटनगर, २३ जेठ । प्रदेश १ मा आज ३४९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९५, सुनसरीमा ५१, झापामा ३६, ते¥हथुममा २६, संखुवासभामा ९, पाँचथर, इलाम र भोजपुरमा ४–४, उदयपुरमा ३, ओखलढुङ्गा र धनकुटामा...

मापसे चेक गर्दा गाँजा बरामद, लखेटेर विराटनगरबाट एक जना पक्राउ

विराटनगर । मादक पदार्थ सेवन (मापसे) चेकजाँच गर्न गएको ट्राफिक प्रहरीले विराटनगरबाट १९ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट खटिएको ट्राफिक प्रहरीले बिहीबार राती विराटनगरको शनिमन्दिर चोकबाट गाँजासहित धनकुटा...

स्वास्थ्य कार्यालय मोरङका प्रमुृखमा कोरोना पुष्टि

विराटनगर, २ भदौ–जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका स्वास्थ्य कार्यालय प्रमुख बस्नेत होम आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बस्नेत प्रदेश १ को...

विराटनगर विमानस्थल भित्रको होटलमा मनलाग्दी खाद्यबस्तु बिक्री, कारवाही गर्ने मन्त्रीको चेतवनी

विराटनगर । विराटनगर विमानस्थल भित्रको होटलमा मनलाग्दी रूपमा खाद्यबस्तु विक्री वितरण गर्ने गरेको पाइएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले विराटनगर विमानस्थलमा बुधबार अनुगमनको क्रममा विमानस्थलभित्र होटलमा मनलाग्दी रुपमा खाद्यबस्तु विक्री वितरण...

चीनको चाङ्ग–अ फाइभ अन्तरिक्ष यान चन्द्रमामा सफल अवतरण

एजेन्सी, १७ मंसिर-अन्तरिक्ष अभियानमा सफलता हात पार्दै गएको चीनले अर्को यानलाई सफलतापूर्वक अवतरण गराएको छ । चीनको रोबोटिक चाङ्ग–अ फाइभ अभियान अन्तर्गत गएराति सो यान चन्द्रमाको सतहमा अवतरण गराउन सफल भएको हो । चीनको यो...

समाजसेवी दिनबन्धु गोयलद्धारा १४ घर हस्तान्तरण

विराटनगर । समाजसेवी दिनबन्धु गोयल र उनको परिवारको सहयोगमा झापाको भद्रपुर नगरपालिका–६ मन्त्री चोकमा निर्मित १४ वटा घर सम्बन्धित घरधनीहरुलाई हस्तान्तरण गरिएको छ । ओम प्रकाश गोयल कोलोनी मार्ग समुद्घाटन तथा गृह हस्तान्तरण कर्यक्रममा गोयल...

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइरालाले लिए सपथ

विराटनगर ।कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा आइतबार नियुक्त भएका अधिवक्ता रूपेश कोइरालाले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङ् र मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेश प्रसादराज भण्डारीले...

किसानलाई क्षतिपूर्ति र पीसीआर मेसिनका लागि नेकपाको पहल

रौतहट, ७ वैशाख-मकै, मुसुुरो र गँहुुबाली भित्र्याउने बेलामा आएको प्राकृतिक प्रकोपले किसानको ढाड नै भाँचिएको छ ।जिल्लाका विभिन्न स्थानमा व्यावसायिक केराखेती, तरकारी खेती, मेवाखेतीमा हालैको हावाहुुरी असिनाले ठूलो क्षति पुगेको छ । अर्कातिर कोरोना भाइरस...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्