असोज १ बाट लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन

 न्यूज विराट
असोज १ बाट लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन

काठमाडौं, २५ भदौ-नेपाल राष्ट्र बैंकले जारी गरेको चालू आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा यातायात क्षेत्रलाई कोरोनाका कारण भएको लकडाउनलगायतका कारण अति प्रभावितको वर्गमा राखे पनि कार्यविधिमा भने मध्यम प्रभावित भनिएपछि यातायात व्यवसायीले त्यसको विरोध गरेका छन् । 

उनीहरूले सार्वजनिक यातायात क्षेत्रलाई अति प्रभावितमा नै राख्न माग गरेका छन् तर नेपाल राष्ट्र बैङ्कले भने अति प्रभावित वा मध्यम प्रभावित जे उल्लेख भए पनि सेवा सुविधा एउटै राखिएकाले फरक नपर्ने जनाएको छ ।

नेपाल राष्ट्र बैङ्कले मङ्गलबार जारी गरेको एकीकृत निर्देशनले सो कुराको सम्बोधन गरेको जनाएको छ । नेपाल राष्ट्र बैङ्कका प्रवक्ता गुणाकर भट्टले भने, ‘अति प्रभावित वा मध्यम प्रभावित जे भने पनि त्यसमा फरक पर्दैन, सुविधा उही हो । अति प्रभावित र मध्यम प्रभावितलाई पुनर्कर्जा, पुनर्तालिका संरचना गर्न दिने निर्देशन हिजो जारी भएको एकीकृत निर्देशनको संशोधनमा उल्लेख भइसकेको छ ।’

उनले त्यसबारे बैङ्कहरूलाई निर्देशन भएकाले अब व्यवसायीले वाणिज्य बैङ्कहरूमा सम्पर्क गर्दा हुने पनि बताए । यातायात व्यवसायीले भने आफूहरूलाई मध्यम प्रभावितमा राखेर सेवा सुविधाबाट वञ्चित गर्न खोजेको आरोप लगाएका छन् तर व्यवसायीको गुनासो सम्बोधन भइसकेको प्रवक्ता भट्टले जानकारी दिए ।

मौद्रिक नीतिले यातायात क्षेत्रको पुनर्कर्जा र ऋणको पुनर्तालिकाको व्यवस्था गरे पनि व्यवसायीले त्यसको लाभ अहिलेसम्म लिएका छैनन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले भने, ‘अहिलेसम्म कुनै राहत पाएका छैनौँ । बैङ्कले कर्जाको पुनर्तालिका गर्नसमेत मानेका छैनन् ।’

मौद्रिक नीतिले व्यवस्था गरेका कुरा पनि कार्यान्वयन नभएको भन्दै उनले कार्यविधिमा यातायात क्षेत्रलाई मध्यम प्रभावितमा राख्नु नै गलत भएको र त्यो सच्याउनुपर्ने माग गरे ।

असोज १ बाट गाडी चलाउने

यातायात मजदुर सङ्गठन र नेपाल यायायात राष्ट्रिय महासङ्घले असोज १ बाट लामो दूरीका सार्वजनिक सवारीसाधान सञ्चालन गर्ने भएका छन् । व्यवसायीले बुधबार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेटेर सरकारले रोके पनि आफूहरूले गाडी चलाउने जानकारी दिएका छन् ।

सरकारले असोज १ बाट लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने भनेको छ तर व्यवसायी भने सरकारले फेरि समय सार्नसक्ने सम्भावना रहेको भन्दै बुधबार विभागलाई जानकारी गराएको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिए ।असोज १ बाट सुरक्षा सावधानी अपनाएर आफूहरूले गाडी चलाउने र सरकारले रोक लगाए गाडी सरकारलाई नै बुझाउने व्यवसायीको तयारी छ । गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार

मीरगञ्ज पुल संचालनमा आयो,  उद्योगी व्यवसायी उत्साहित

विराटनगर । भारतको मीरगञ्जको परमान नदीमाथि पक्की मोटरेबल पुल बनेपछि भारतीय पक्षले एक बर्ष पछि आधिकारिक रुपमा शुक्रबार सुचना जारी गर्दै पुलबाट आवतजावत गर्न सकिने अनुमति दिएको छ ।मोरंग ब्यापार संघको पहलमा दुवै देशका नेता...

सरकारी निकायबिच समन्वय नहुँदा विराटनगरको बजार अनुगमन प्रभावकारी नभएको गुनासो

विराटनगर, १३ फागुन । बजार अनुगमन प्रभावकारी बनाउन सरकारी निकायबीच समन्वय आवश्यक रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । आज विराटनगर महानगरपालिकाको अयोजनामा भएको छलफलमा सहभागिहरूले सरकारी निकायवीच समन्वय नहुँदा अनुगमन प्रभावकारी नभएको बताए ।...

नेपालको छुटेको भूमि समेटेर भोलिसम्ममा नेपालको नक्सा सार्वजनिक हुन्छ:प्रधानमन्त्री ओली

काठमाडौं, ६ जेठ-नेपालको छुटेको भूमि समेटेर भोलिसम्ममा नेपालको नक्सा सार्वजनिक हुने प्रधानमन्त्री केपी शर्मा ओली बताएका छन् । उनले हिजो मन्त्रिपरिषद्ले नक्सा पारित गरेको भन्दै उनले भोलिसम्ममा नक्सा प्रकाशित हुने बताए । उनले नक्सा प्रकाशित...

गृहमन्त्री भएको कार्यक्रमदेखि एक सय मिटर अगाडी प्रदेश योजना आयोगको गाडीमा आगजनी

विराटनगर । गृहमन्त्री रवि लामिछाने विराटनगर आएको बेलमा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस अगाडी विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा विद्यार्थीहरुले आगजनी गरेका छन् । उनीहरूले आज विहान साढे १० बजे को १ झ ६४४ नम्बरको स्कारपियो...

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् । यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको...

सीमा नाका खुल्ला गर्न माग गर्दै सीमा क्षेत्रमा धर्ना

विराटनगर, २० मंसिर–कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले बन्द गरेको नेपाल–भारत सीमा नाका खोल्नुपर्ने माग गर्दै सीमा क्षेत्रका स्थानीयले अनिश्चीत कालिन धर्ना सुरु गरेका छन् । नेपाल भारत खुल्ला सीमा सम्वाद समुहले भारतीय नाकासँग जोडिएको...

ब्राजिलमा एकैदिनमा ४८ हजार कोरोना संक्रमित

एजेन्सी, असार १९-ब्राजिलमा कोरोनाभाइरसबाट एकैदिनमा ४८ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार अबेर दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा ४८ हजार १ सय ५ जना सक्रमित भएका हुन् । यो सँगै...

कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण प्रदेश १ मा थप दुई जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक युवती र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक पुरुषको मृत्यु भएको हो । बीपी कोइराला...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्