शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि

 न्यूज विराट
शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, २३ भदौ-नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । आज गरिएको परीक्षणमा उनको नतिजा पोजिटिभ देखिएको हो । 

उनले आफूलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या नभएको बताएका छन् । उनले चिकित्सकको सल्लाहअनुसार आफू होम आइसोलेसनमा बसेको जानकारी दिएका छन् । उनले आफूसँग प्रत्यक्ष सम्पर्कमा आएकालाई आवश्यक सजगता अपनाउनसमेत आग्रह गरेका छन् ।

‘आज गरिएको परीक्षणका क्रममा ममा कोरोना संक्रमण पुष्टि भएको छ । हाल मलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएको छैन । चिकित्सकहरूको सल्लाहअनुसार हाल म होम आइसोलेसनमा बसेको छु । मसँग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्दछु ।’

सम्बन्धित समाचार

आजदेखि विराटनगरमा तीन दिन कोरोना विरुद्धको खोप लगाइदै

विराटनगर, १२ पुस । विराटनगरमा सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । सोमबारदेखि आगामी तीन दिनसम्म कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको हो । हालसम्म एक पटक पनि खोप नलगाएका नगरवासीहरुलाई लक्षित गरेर महानगरले...

होम आइसोेसनमा संक्रमितको मृत्यु

विराटनगर, २२ असोज–कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै राखिएका विराटनगर–५ का एक पुरुषको बिहीबार बिहान मृत्यु भएको छ । विराटनगर ५ का ८२ वर्षीय वृद्धको ६ः३० बजेतिर मृत्यु भएको विराटनगर महानगरपालिकाले जनाएको छ ।...

विराटनगरमा ६ वडाको मतगणना सकियो, तीन वटामा एमालेको जित

विराटनगर, ३ वैशाख । विराटनगरमा हालसम्म ६ वटा वडाको मतगणना सम्पन्न भएको छ । हालसम्म वराटनगर महानगरपालिकाका वडा नम्बर १, २, १६, १७, १८ र १९ नम्बर वडाको मतगणना सम्पन्न भएको हो । ती वडाको...

कोशी प्रदेशमा एमालेले टुंग्यायो तीन मन्त्री र एक राज्यमन्त्री

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।...

विराटनगरमा साकेलाको रमझम (फोटो फिचर )

विराटनगर । मंसिरे पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मानमा किराँत समुदायले मंगलबार उधौली पर्व देशभर हर्षोल्लासका साथ मनाएका छन् । यसैक्रममा विराटनगर ११ साकेला थानमा किरात राइ यायोख्खाले साकेला नाच र विराटनगर १५ किरात...

विराटनगर महानगरकाे मतगणना बिहान ८ बजेबाट हुने

विराटनगरः स्थानीय तह निर्वाचनको मत गणनाको नतिजा कतिपय स्थानमा सार्वजनिक भइसकेको छ । अधिकांश ठाउँमा भने आज (शनिबार) बाट मतगणना शुरु हुँदैछ । चासोका साथ हेरिएका ६ महानगरपालिकाको मतगणना आजबाट शुरु हुँदैछ । शुक्रबार रातिबाट नै...

मिल्स गोल्डकपको उपाधिको लागि सिरहा र झापा भिड्दै

विराटनगर । तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि आज शनिबार दिउँसो साविक विजेता सिरहा गोलबजारको प्रतिभा फुटबल क्लब र झापाको ध्रुवतारा युवा क्लबसँग प्रतिस्पर्धा गर्दै छन् । तेस्रो संस्करणको उपाधि जित्ने दाउसहित सिरहा...

क्रिसमस डे नेपालसहित विश्वभर मनाइँदै, राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

काठमाडौं, पुस ९–इसाई धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर भव्य रुपमा मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाउने गरिन्छ । ‘क्रिसमस डे’...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्