प्रदेश २ मा थप १२१ जनामा संक्रमण

 न्यूज विराट
प्रदेश २ मा थप १२१ जनामा संक्रमण

जनकपुर, २२ भदौ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँचजनाको मृत्यु भएको छ । सर्लाही र सिरहामा दुई/दुई जना र पर्सामा एकजना गरी पाँचजना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मृतकमध्ये दुईजना सर्लाहीको एउटै स्थानीय तहका छन् । चक्रघट्टा गाउँपालिका ३ का ३५ पुरुष र ४० वर्षीय पुरुषको उपचारको क्रममा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा सोमबार बिहान मिर्चैया नगरपालिका- ६ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ । सिरहाकै गोलबजार नगरपालिका- ३ का ७७ वर्षीय पुरुष र पर्सा ५४ वर्षीय पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए । योसँगै यस प्रदेशमा  कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ । मृत्यु हुनेमा १६ जना महिला र ९० जना पुरुष छन् ।

झाका अनुसार सोमबार समेत १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिरहामा ५६ जना, धनुषामा ४२ जना, सर्लाहीमा २० जना, महोत्तरीमा २ जना र पर्सामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ११ हजार २६१ पुगेको छ । पछिल्लो २४ घण्टामा १७ महिलासहित ९२ जना उपचारपश्चात् कोरोनामुक्त भएर डिस्चार्ज भएको उनले बताए ।

सम्बन्धित समाचार

तेस्रो मिल्स भेट्रान्स गोल्डकप: हाम्रो धरान भेट्रान्स क्लब फाइलनमा

विराटनगर । कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा हाम्रो धरान भेट्रान्स क्लब फाइनलमा प्रवेश गरेको छ। विराटनगर जुटमिल खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा धरानले पथरीशनिश्चरे भेट्रान्स क्लबलाई टाइब्रेकरमा ४–१ गोलले पराजित...

भाषा, साहित्यको संरक्षण आवस्यक : मुख्यमन्त्री राई

विराटनगर, २९ असार–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भाषा, साहित्यको संरक्षण आवस्यक रहेकोमा जोड दिएका छन् । संघियता अघिको शासन प्रणालीले श्रष्टाहरुको खोजी, पहिचान र सम्मानको काम नगरेको उनले बताए । २ सय ७ औं...

विराटनगरमा लागुऔषध सहित ३ जना पक्राउ

विराटनगर, ३० फागुन । विराटनगरमा मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका-९ सिन्धुपाल्वोकका ३८ बर्षीय संदिप खडका, स्वयम्भु नगरपालिका-१५ काठमाण्डौका २३ बर्षीय हिमाल...

ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङ धरौटीमा रिहा

काठमाडौ, २१ माघ-ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा रिहा भएका छन् ।  बुधबार न्यायाधीशद्वय प्रेमराज कार्की र अब्दुल अजिज मुललमानको संयुक्त इजलासले गुरुङसँग दुई करोड धरौटीमा छाड्ने आदेश दिएको...

कालीमाटी तरकारी बजारमा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ

काठमाडौं, ५ जेठ-कालिमाटी तरकारी बजारमा गरिएको कोरोना भाइरसको परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको छ । जेठ १ गते झण्डै ६ सय १ जनामा आरडीटी र पीसीआर परीक्षण गरिएकोमा दुई जनाको आरडिटी परीक्षण पोजेटिभ आएको थियो ।...

मोरंगको धनपालथानमा उखुबारीमा गाडिएको अवस्थामा भेटिएका दुबै शवको पहिचान खुल्यो

विराटनगर, १६ माघ । मोरङको धनपालथान गाउँपालिकास्थित उखुबारीमा गाडीएको अवस्थामा शव फेला परेका दुई पुरुषको पहिचान खुलेको छ । मोरङको धनपालथान गाउँपालिका-७ बोर्डीङ टोलस्थित उखुबारीमा खाल्डो खनेर गाडेको अवस्थामा दुई जनाको शव फेला परेको थियो...

१२ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गर्ने राजेन्द्र ढकाल जेल चलान

विराटनगर । अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ परेका गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष राजेन्द्र ढकाल पुर्पक्षको लागि जेल चलान भएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले बुधबार विराटनगर घर भएका...

प्रहरीले पक्रीएको लोपोन्मुख वन्यजन्तु गायब

विराटनगर, साउन २–पछिल्लो समय विवादित बन्दै गएको इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको लोपोन्मुख प्रजातीको सुन गोहोरो र टोके टोके गायव गरेको छ । घरायसी झगडामा ५ हजार घुस माग्ने देखि प्रहरीको विरुद्ध बोल्दा कुटपिट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्