कोरोना संक्रमणबाट सिरहामा थप दुईको मृत्यु

 न्यूज विराट
कोरोना संक्रमणबाट सिरहामा थप दुईको मृत्यु

सिराहा, २२ भदौ-कोरोना भाइरस संक्रमणबाट दुई दिनको अवधिमा सिरहामा थप दुई जनाको मृत्य भएको छ । मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका– ५ का ६२ वर्षीय र गोलबजार नगरपालिका– ३ जमदहका ७७ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

मिर्चैयामा ग्यास व्यवसायी सञ्चालन गर्दै आएका ६२ वर्षीय पुरुषको उपचारका क्रममा गएराति जनकपुरस्थित प्रादेशिक अस्पतालमा र गोलबजारका ७७ वर्षीय पुरुषको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको प्रमुख यादवले बताए ।

मधुमेह र निमोनियाबाट ग्रसित ७७ वर्षीय पुरुषलाई उपचारका लागि काठमाडौं पुर्‍याएर कोरोना जाँच गर्दा पोजेटिभ देखिएको थियो । योसँगै सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

सम्बन्धित समाचार

प्रतापपुर गाउँपालिका अध्यक्ष शर्माकाे दुर्घटनामा मृत्यु

काठमाडाैं, ३२ जेठ-नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा गाउँपालिकाका सवारी चालक प्रतापपुर गाउँपालिका-५ का हरिलाल राजभर घाइते भएका जिल्ला प्रहरी कार्यालय पश्चिम नवलरासीले जनाएकाे छ । जिल्लास्थित...

भारतबाट धान बोकेर भित्रिएको ट्रकबाट १८ लाख बरामद

सर्लाही, २४ वैशाख-सर्लाहीको मलंगवाबाट २ भारतीय नागरिकको साथबाट स्रोत नखुलेको १७ लाख ९० हजार नेपाली रुपैयाँ बरामद गरिएको छ ।सशस्त्र प्रहरीले सुरक्षा जाँचको क्रममा धान बोकेर नेपाल प्रवेश गरेको बी आर ३० बीए २४५८ नम्बरको...

सुदूरपश्चिमका सांसदलाई प्रचण्ड–नेपाल पक्षको धम्की

कैलाली, २० पुस-सुदुरपश्चिम प्रदेशका सांसदहरुलाई नेकपा प्रचण्ड–नेपाल पक्षले धम्कि दिने थालेको उद्योगमन्त्री लेखराज भट्टले आरोप लगाएका छन् । सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरुलाई प्रचण्ड–माधव समूहले धम्की दिन थालेको उनको दाबी छ । धनगढीमा सोमबार आयोजना गरिएको पत्रकार...

शिक्षकलाई एआइ तालिम , रिसर्चजमा आधरित विद्यार्थी उत्पादन गर्दै पूस्याट कलेज

विराटनगर । रिसर्चमा आधिरित विद्यार्थी उत्पादन गर्ने उद्देश्यले त्यसको लागि शिक्षकहरुलाई प्रविधिसँग दक्ष बनाउन विराटनगर – ३ मा रहेको पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ साईन्स एण्ड टेक्नोलोजी (पुस्याट) लागि परेको छ । प्रविधिले फड्को मारेपछि विद्यार्थीहरुलाई...

वीरगन्जमा कोरोनाबाट थप १ महिलाको मृत्यु

वीरगन्ज, साउन १७-वीरगञ्जको गण्डकमा रहेको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार वीरगञ्ज महनगरपालिका-१६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण...

सामाजिक विकास मन्त्रालयले एक दर्जनबढी श्रष्टालाई सम्मान गर्ने

विराटनगर, असार २६–प्रदेश १ को सामाजिक विकास मन्त्रालयले एक दर्जन बढी श्रष्टाहरुलाई सम्मानित गर्ने भएको छ । बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित हुने...

डायलासिस गर्न नपाएर सेती अस्पतालमा १ जनाको मृत्यु

धनगढी, १० असार-कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मिर्गौलाको डायलासिस गराउन आएका बेला मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको मेलौली नगरपालिका-३ का ४७ वर्षीय पुरुष रहेका छन् । डायलासिस गराउन चिकित्सकले सुझाव दिएका भए पनि...

स्वास्थ्य निर्देशिका अपाङ्गता मैत्री हुनुपर्नेमा जोड

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूको उपचार राज्यले निःशुल्क गरिने व्यवस्था मिलाउनुपर्ने एक कार्यक्रममा सरोकारवालहरूले बताएका छन् ।अपाङ्गता भएका व्यक्तिहरू सानैबाट विभिन्न रोगबाट ग्रसित हुने भएको कारणले उनीहरूको उपचार गर्ने व्यवस्था राज्यले गरिनुपर्ने बताएका हुन् ।नेत्रहीन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्