संक्रमणमुक्त हुनेको संख्या ३० हजार नाघ्यो

 न्यूज विराट
संक्रमणमुक्त हुनेको संख्या ३० हजार नाघ्यो

काठमाडौं, २२ भदौ-नेपालमा कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किनेको संख्या बढ्दै गएको छ । आज थप १ हजार ७ सय ३६ जना संक्रमित डिस्चार्ज भएका घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भएर फर्किनेको संख्या ३० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार हादसम्म देशभर ३० हजार ६ सय ७७ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रदेश- १ मा २ हजार ६ सय ७९, प्रदेश- २ मा ८ हजार ७ सय ९७, बागमतीमा ४ हजार १ सय ५० र गण्डकी प्रदेशमा १ हजार ८ सय ४१ जना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै, प्रदेश ५ मा ५ हजार ४ सय ८१, कर्णालीमा २ हजार ३ सय ४९ र सुदूरपश्चिममा ५ हजार ३ सय ८० जना संक्रमणमुक्त भएको छन्

आज देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा नेपालमा ९ सय ७९ जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता डा. गौतमले बताए । आज पीसीआर विधिबाट ९ हजार २ सय १८ परीक्षण भएको छ । आजसम्म देशभरी संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।

त्यस्तै, देशभरी सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ जना रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश- १ मा ७ सय ३१, प्रदेश- २ मा ४ सय ८२, बागमती प्रदेशमा ४ हजार ८ सय ४० र गण्डकी प्रदेशमा ८ सय ३६ जना संक्रमित उपचाररत रहेका छन् ।

यस्तै, प्रदेश ५ मा १ हजार ९७, कर्णाली प्रदेशमा ३ सय ३६ र सुदूरपश्चिम प्रदेशमा ७ सय ४७ गरी देशभरी संस्थागत आइसोलेसनमा ९ हजार ६९ जना संक्रमित उपचाररत् रहेका छन ।

यस्तै, होम आइसोलेसनमा प्रदेश- १ मा ७ सय ९०, प्रदेश- २ मा ३ हजार, बागमतीमा २ हजार ३ सय ३४ र गण्डकीमा १ सय जना रहेका छन् । यस्तै, प्रदेश ५ मा ८ सय ७, कर्णाली प्रदेशमा ४० र सुदूरपश्चिम प्रदेशमा १ सय १९ जना गरी देशभरी होम आइसालेसनमा ७ हजार १ सय ९० जना संक्रमित उपचाररत् रहेका छन । आज आईसीयुमा १ सय ७१ जना संक्रमित उपचाररत रहेका छन् । यस्तै, भेन्टिलेटरमा २० जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ । आज क्वारेन्टाइनमा ४ हजार ७ सय ३९ जना रहेका छन् । मत्रालयका अनुसार कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएसँगै नेपालमा मृतकको संख्या ३ सय पुगेको हो ।

सम्बन्धित समाचार

संघीय संसदमा चुच्चे नक्सासहितको नयाँ लोगो अध्यावधिक

काठमाडौं, १३ जेठ-संघीय संसद्को पुरानो लोगो प्रतिस्थापन गरेर नयाँ लोगी अध्यावधिक गरिएको छ । सरकारले नयाँ नक्सा जारी गरेर कार्यान्वयनमा लाएपछि सोहीअनुसार संघीय संसदमा पनि नयाँ लोगो अध्यावधिक गरिएको हो । मंगलबारदेखि संघीय संसद प्रतिनिधिसभा...

अस्ट्रेलिया छैटौं पटक विश्वविजेता

विराटनगर । भारतलाई घरेलु मैदानमा स्तब्ध पार्दै अस्ट्रेलियाले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधि जितेको छ। आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा १ लाख ३० हजार दर्शक सामू भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया...

भारतमा २४ घण्टामा कोरोना संक्रमित ८ सय ६१ जनाको मृत्यु

एजेन्सी, साउन २५-भारतमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ६४ हजार ३ सय ९९ जना रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिमध्ये...

विराटनगरको केभिएम स्कुलमा विज्ञान प्रर्दशनी, दुई दर्जन बढी स्टल

विराटनगर । विराटनगरस्थित केभिएम स्कुलमा विज्ञान प्रर्दशनी आयोजना गरिएको छ । स्कुल परिसरमा आइतबार विद्यार्थीहरुले विज्ञान प्रर्दशनी गरेका हुन् । विद्यार्थीहरुले तयार पारेको विज्ञानसँग सम्बन्धीत दुई दर्जन बढी स्टल तयार पारी प्रर्दशन गरे । विद्यार्थीहरुले...

एकै पटक १७ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं, २४ वैशाख-एकैपटक १७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । संक्रमितहरू ७ महिला र १० पुरुष रहेका छन् । राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाला र वीरगंजबाट प्राप्त विवरणअनुनसार...

अज्ञात रोगबाट मृत्यु भएका महोत्तरीका १२ जनामा देखिएन कोरोना संक्रमण

महोत्तरी, २३ वैशाख-महोत्तरीको बर्दिवास र भङ्गाहा नगरपालिकाका बस्तीमा १२ जनाको मृत्युको कारण कोभिड–१९ नभएको पुष्टि भएको छ । ११ वैशाखदेखि आइतबारसम्म बर्दिवास-१२ र भङ्गाहा-६ र ७ मा मृत्यु भएका १२ मध्ये ३ जनाको कोभिड–१९ जाँच...

तामाकोशी बहाव थुनिएको भन्दै सतर्क रहन जिल्ला प्रशासन कार्यालय दोलखाको आग्रह

काठमाडौं, ४ असार । जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशी बहाव थुनिएको भन्दै सतर्क रहन सूचित गरेको छ। शुक्रबार राति विज्ञप्ति जारी गर्दै प्रशासनले नेपाल-चीन सीमा क्षेत्रमा रहेको तिग्री कन्ट्रीको रोङ्चा सहर र त्यसको आसपास भारी वर्षासँगै...

आदर्श माबि रंगेलीमा मासिक रुपमा बिधार्थिहरु संग रकम असुली

रबिन्द्र बराल माेरङ काे रंगेली नगरपालिका ७ स्थित आदर्श माध्यमिक बिधालय मा बिधार्थि हरु संग विभिन्न बहनामा रकम लिने गरेको खुलासा भएको छ । नेपाल सरकारले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्ने र सरकारी बिधालय मा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्