मोरङका थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु

 न्यूज विराट
मोरङका थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर, २२ भदौ–कोरोना भाइरसको संक्रमणबाट मोरङमा थप २ जनाको मृत्यु भएको छ । एक जनाको आइतबार र एक जनाको सोमबार विहान मृत्यु भएको हो । विराटनगरस्थित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान ३ः१५ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

वृद्धमा भदौ ११ गने संक्रमण पुष्टि भएको थियो । वृद्ध ‘होम आइसोलेसन’मा बसिरहेकोमा स्वास्थ्यमा समस्या भएकोले शनिबार अस्पताल भर्ना भएकोमा उपचारका क्रममा मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिए । उनका अनुसार मृतकमा उच्च रक्तचापको पुरानै समस्या थियो ।

त्यस्तै मोरङको टंकीसिनुवारीस्थित विराट मेडिकल कलेजमा उपचारर बुढीगंगा गाउँपालिका– ४ का ५२ वर्षीय पुरुषको समेत उपचारको क्रममा मृत्यु छ । मृतक पुरुष भदौ १९ गते अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा उनको आइतबार दिउँसो साढे ३ बजे मृत्यु भएको विराट मेडिकल कलेजका कोभिड फोकल पर्सन डा.पुरु कोइरालाले जानकारी दिए ।

मृत्युपछि कोरोना जाँच रिपोर्ट पोजेटिभ आएका उनमा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ । मृतक पुरुषमा निमोनियाको पनि समस्या देखिएको थियो । योसगै विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ जना पुगेको छ । प्रदेशमा ४३ जनाले कोरोना संक्रमणका कारणज्यान गुमाइसकेका छन् ।

सम्बन्धित समाचार

मेगा सहकारीको स्थापना दिवसमा मानसेवा आश्रममा भोजन

विराटनगर । विराटनगरमा रहेको मेगा बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं स्थापना दिवसको अवसर पारेर भोजन खुवाउने कार्यक्रम आयोजना गरेको छ । सहकारीले विराटनगरमा रहेको मानसेवा आश्रममा रहेका ज्येष्ठ नागरिक तथा बालवालिकाहरुलाई आज...

फार्मेशीको बदमासी, ‘कोल्ड चेनमा’ राख्नुपर्ने भ्याक्सिन बाहिर राखेर बिक्री

विराटनगर । निश्चित तापक्रम खोप भण्डारण स्टोर अर्थात् कोल्ड चेनमा राख्नुपर्ने भ्याक्सिन फार्मेशीहरूले खुल्ला ठाउँमा राखेर बिक्री वितरण गर्ने गरेको पाइएको छ । कोशी प्रदेशको तराईको जिल्ला र पहाडी क्षेत्रमा फार्मेशीहरूले भ्याक्सिन सुरक्षित नराखी बिक्री...

अफताब आलमको मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौं, भदौ ११ । नेपाली कांग्रेसका नेता अफताब आलमको मुद्दामा आज सुनुवाई तोकिएको छ । इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश विरुद्ध सर्वोच्चमा गएका आलमको...

संघीय निजामती ऐन एक महिनाभित्रै संसदमा पेश हुन्छ : मन्त्री मोदी

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले अबको एक महिनाभित्रै संघीय निजामती ऐन संसदमा पेश हुने बताएका छन् ।मोरङको बेलबारीमा मंगलबार लोहन्द्र खोलाको पुल उद्घाटन गर्न आयोजित कार्यक्रममा बोल्दै मोदीले उक्त कुरा बताएका...

विदेशमा कोरोनाबाट २ सय ८४ नेपालीको मृत्यु

काठमाडौं, ९ कात्तिक-विश्वव्यापी महामारी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको हो...

स्रोत नखुलेको ३८ लाख रकमसहित एक युवक पक्राउ

जनकपुर, २२ पुस । धनुषामा स्रोत नखुलेको ३८ लाख ३५ हजारसहित बुधबार एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा...

३२ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं, २६ वैशाख-प्रहरीले ३२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । लकडाउनका कारण स्वदेश फर्कन नपाएका चिनियाँ नागरिकले आफ्नो देश फर्कन माग गर्दै आन्दोलन गर्न थालेपछि उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक...

कोरोनाबाट आज २६ जनाको मृत्यु, २ सय ६९ संक्रमित आईसीयूमा

काठमाडौं, ५ कात्तिक-पछिल्लो २४ घण्टामा नेपालमा २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्