रातो मच्छिन्द्रनाथको रथ : ललितपुरमा विशेष सुरक्षा

 न्यूज विराट
रातो मच्छिन्द्रनाथको रथ : ललितपुरमा विशेष सुरक्षा

ललितपुर,  २१ भदौ-स्थानीय प्रशासनले ललितपुर जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा हुनसक्ने सम्भावित जोखिममलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार ललितपुरमा २६ यही गतेसम्म विशेष सुरक्षा व्यवस्था अपनाइएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम ललितपुर महानगरपालिकाभित्र यही २६ भदौसम्म हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी आदेश जारी गरिएको उनले जानकारी दिए । उक्त आदेश उल्लङ्घन गरेमा कानूनबमोजिम कारबाही हुने जनाइएको छ ।

मुख्यगरी रातो मछिन्द्रनाथको रथ रहेको आसपास क्षेत्रको पूर्व मदन स्मारक स्कूल अगाडिको चोक, पश्चिम ललितपुर महानगरपालिकाको कार्यालय, दक्षिण सेन्टजेभियर्स स्कूल अगाडिको चोक, उत्तर बखुण्डोल चोक क्षेत्रभित्र उक्त आदेश लागू हुनेछ ।

यस्तै श्रीमीननाथको रथ रहेको आसपास क्षेत्रको पूर्व मङ्गलबजार चोक, पश्चिम मदन स्मारक स्कूल अगाडिको चोक, दक्षिण पूर्वचण्डि मन्दिर, उत्तर पिमबहाल क्षेत्रभित्र लागू हुने गरी उक्त आदेश जारी गरिएको छ । उक्त आदेश बिहान ५ देखि राति १० बजेसम्म लागू हुनेछ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सम्भावित जोखिम क्षेत्र पहिचान गरी आवश्यक मात्रामा सुरक्षाकर्मी परिचालन गरेको जानकारी दिए ।

उनका अनुसार सूचना सङ्कलन तथा घुमुवा टोलीसमेत परिचालन गरिएको छ । सादा पोशाकमा पनि प्रहरी टोली खटाइएको छ । ठाउँठाउँमा सशस्त्र प्रहरीसमेत परिचालन भएका छन् ।

स्थानीयवासीबाट समेत राम्रो साथ पाइएकाले शान्तिपूर्ण रुपमा कार्यक्रम जारी रहेको उनले बताए । ललितपुरमा केही दिनअघि रथ तान्ने क्रममा प्रहरी र स्थानीयवासीबीच झडप भएको थियो । सोही कारण स्थानीय प्रशासनले १९ भदौसम्म कफ्र्यू आदेश जारी गरेको थियो । रोकिएकोे रथ तान्ने कार्यक्रम आजदेखि सुरु भएको छ ।रासस 

सम्बन्धित समाचार

हुम्लामा ६८ जनाको आरडीटी, सबैको रिपोर्ट नेगेटिभ

हुम्लाका ४ गाउँपालिकामा जिल्ला बाहिरबाट आएका व्यक्तिको हालसम्म ६८ को द्रुत परीक्षण (र्‍यपिड डायग्नोष्टिक टेस्ट) गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले शंकास्पद ६१ पुरुष र ७ महिलाको द्रुत...

संवैधानिक परिषद्को बैठकलगत्तै ओली शीतलनिवासमा

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठक सकिएको छ । संवैधानिक परिषदको बैठक सकेर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवासतर्फ लागेका छन् । बैठकका बारेमा औपचारिक जानकारी भने गराइएको छैन । प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको...

नेपालका लागि ७ प्रतिशत आर्थिक वृद्धिदर औषत : अर्थमन्त्री

काठमाडौं, १६ जेठ-अर्थमन्त्री डा. युवराज खतिवडाले ७ प्रतिशत नेपालको औषत आर्थिक वृद्धिदर पुगेको दाबी गरेका छन् । आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यसहित बजेट विनियोजन गरेका अर्थमन्त्री खतिवडाले अर्थतन्त्र केही शिथिल भएको स्वीकार्दै...

पश्चिम सेती निर्माणका लागि काठमाडौंमा ‘संगीत संघर्ष’

डडेल्धुरा, माघ २८–७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको माग गर्दै अभियान चलाइरहेको बोलन्या थली धनगढीले ‘संगीत संघर्ष’ कार्यक्रम आयोजना गर्ने भएको छ । बोलन्या थलीले बहुप्रतिक्षित पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि दबाब...

दसैँमा नयाँ नोट सटही नगर्ने राष्ट्र बैंकको निर्णय

काठमाडौं, २५ असोज-नेपाल राष्ट्र बैंकले याे वर्षको दसैँमा नोट सटही नगर्ने निर्णय गरेकाे छ  । बैंकले आज कोरोना भाइरसको जोखिमका कारण विगतदेखि वितरण गरिने दसैँ लक्षित नयाँ नोट सटही नगर्ने निर्णय गरेकाे हाे । तीव्र रूपमा...

प्रचण्डकी छोरीलाई भोट हाल्दैनौं:कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चितवनका नेता दिनेश कोइरालाले भरतपुरमा माओवादीलाई मेयर छाड्ने सहमति नभएको प्रष्ट पारेका छन् । विभिन्न सञ्चारमाध्यममा चितवन कांग्रेसले माओवादीलाई मेयर छाडेको भन्ने भ्रामक समाचार आएको भन्दै उनले भनेका...

‘यस कारण विद्यार्थीले राम्रो कलेज रोज्नुपर्छ’

विराटनगरस्थित शिक्षादीप कलेजका प्रन्सिपल हुन, ज्ञानबहादुर खड्का । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक, शिक्षक शिक्षिका र विद्यार्थीको अथक प्रयासले मेडिकल र इन्जिनियरिङमा शिक्षादीप कलेज अग्रणी स्थानमा आउँछ । प्रत्येक वर्ष...

मिस कोशीको फाइनलमा २६ जना भिड्दै, कसको शिरमा पर्ला ताज ?

विराटनगर । आठौँ संस्करणको मिस कोशी २०२४ प्रतियोगिताको फाइनलमा २६ जना प्रतिस्पर्धीले उपाधिको लागि प्रतिस्पर्धा गर्दैछन् । जय मिडिया म्यानेजमेन्ट प्रालिकोे आयोजनामा असारको अन्तिम साता हुने उक्त प्रतियोगिताको फाइनलमा २६ जना पुगेका हुन् । फाइनलमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्