
प्रदेश १ मा कसको सरकार ?
विराटनगर । निर्वाचन परिणाम आउने क्रम अन्तिम समयमा पुगेसँगै प्रदेश १ को सरकार कस्तो बन्ला भन्ने चर्चा सुरु भएको छ । कुनै पनि दलको स्पष्ट बहुमत नआएको अवस्थामा फेरि पनि मिलीजुली सरकार बन्ने अवस्था आएको...
विराटनगर, २१ भदौ–प्रदेश १ मा १ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७८, मोरङमा २९, झापामा २८, संखुवासभामा ६, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७१ जनामा संक्रमण देखिएको छ । १ महिला र ७० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
इटहरीमा ५ महिला र २ पुरुष, मोरङको विराटनगरमा ९ महिला १६ पुरुष, सुनबर्षीमा २ पुरुष, जहदा र बुढीगंगामा १–१ महिला, झापाको विर्तामोडमा ८ महिला २ पुरुष, कमल गाउँपालिकामा ३ महिला ७ पुरुष, मेचीनगरमा २ महिला ४ पुरुष, अर्जुनधारा र स्थानीय तह नखुलेका १–१ महिलामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता संखुवासभाको खाँदबारीमा ३ , चैनपुरमा २ र चिचिलामा १ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुष र प्रदेश १ बाहिर एक महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार २२ पुगेको छ ।
कोरोना संक्रमणबाट दुइजनाको मृत्युृ
पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ । झापाकी १ महिला र विराटनगरका १ पुरुषको मृत्यु भएको छ । प्रदेश १ मा मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।
प्रदेश १ मा आज ७ जना डिस्चार्ज भएका छन् । उनीहरु सवै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ८४३ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार २६७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३१ महिला र ११२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ९८ हजार ४८८ जनाको पीसीआर परीक्षण गरिएको छ ।
विराटनगर । निर्वाचन परिणाम आउने क्रम अन्तिम समयमा पुगेसँगै प्रदेश १ को सरकार कस्तो बन्ला भन्ने चर्चा सुरु भएको छ । कुनै पनि दलको स्पष्ट बहुमत नआएको अवस्थामा फेरि पनि मिलीजुली सरकार बन्ने अवस्था आएको...
विराटनगर, ६ जेठ-इटहरी उपमहानगरपालिका-२ मा १८ वर्षीय १ युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि इटहरी उपमहानगरले ५ दिन उपमहानगरक्षेत्र सिल गर्ने निर्णय गरेको छ । इटहरीमा संक्रमण पुष्टि भएलगत्तै सुरक्षा अधिकारीसहितको विपद् व्यवस्थापन समितिको आकस्मिक...
प्रधानमन्त्रीको सचिवालयबाट काठमाडौं प्रेस अनलाइनमा प्रकाशित समाचार हटाउन दबाब दिनुका साथै हटाउन नमानेपछि अनलाइनको सेवा प्रदायक कम्पनीलाई दबाब दिएर उक्त समाचार हटाइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रमेश...
विराटनगर । यसपटक विराटनगरमा जिल्लस्तरीय बृहतरुपमा ६७ औँ सहकारी दिवस मनाउन लागिएको छ । ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ भन्ने मुल नाराका आगामी चैत २० गते सहकारी दिवस मनाउन लागिएको हो । राष्ट्रिय सहकारी दिवसलाई...
विराटनगर । पत्रकार नविन कर्णलाई पितृ शोक परेको छ । उनका ७७ वर्षीय पिता दुर्गानन्द लाल कर्णको उपचारको क्रममा शनिबार दिउँसो विराटनगरस्थित न्यूरो हस्पिटलमा निधन भएको हो । कर्णको अन्त्येष्ठी विराटनगरस्थित परोपकार घाटमामा आज दिउँसो...
विराटनगर,१५ साउन । मोरङ जिल्लामा गएको आर्थिक वर्षमा सङ्घीय सरकारको कार्यालय अन्तर्गत रु ५५ अर्ब १२ करोड ९७ लाख छ हजार ८८१ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । कार्यालयको अनुसार...
काठमाडौं, १० जेठ-विपद्को समयमा अग्रपङ्क्तिमा रहेर समाचार सङ्कलनमा खट्ने फोटोपत्रकारलाई एकपछि अर्को गर्दै सहयोग प्राप्त हुने क्रम बढेको छ । न्यू मुनलाइट सर्टिङ सुटिङका सञ्चालक जाकिर हुसेनले आज राष्ट्रिय फोटो पत्रकारसमूह (एनएफपिजे) नेपाललाई कूल १००...
विराटनगर, १५ माघ । नोना कोइराला स्मृति प्रतिष्ठान नेपालले भर्खरै सुत्केरी भएका ३५ जनालाई न्यानो कपडा र पोषिलो खानेकुरा प्रदान गरेको छ । प्रजातान्त्रिक आन्दोलनकी महिला नेतृ नोना कोइरालाको १४ औं स्मृति दिवसका अवसरमा प्रतिष्ठानले...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.