२४ घण्टामा देशभर १ हजार ४१ संक्रमित थपिँदा १ हजार ५६६ डिस्चार्ज

 न्यूज विराट
२४ घण्टामा देशभर १ हजार ४१ संक्रमित थपिँदा १ हजार ५६६ डिस्चार्ज

काठमाडौं, २० भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ४९ महिला र ६ सय ९२ जना पुरुष गरी कुल १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ४५ हजार नाघेको छ । आजसम्म ४५ हजार २ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये १७ हजार ८ सय ७० सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ९ हजार ८ सय ६६ जना छन् भने ८ हजार ४ जना होम आइसोलेसनमा रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ५ सय ६६ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या २७ हजार १ सय २७ पुगेको मन्त्रालयको तथ्यांक छ । नेपालमा निको हुनेको दर ६० प्रतिशत छ ।

सम्बन्धित समाचार

नारायणगढ-मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा

चितवन, २४ जेठ-नारायणगढ-मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्न भएको नारायणगढ-मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ । लकडाउनले डेढ महिना रोकिएको काम पुनः तीव्र पारिएको हो ।...

विराटनगर बाहिरका उद्योग र ठुला ब्राण्ड पनि सीएनआई एक्स्पोमा सहभागी हुँदै

विराटनगर । माघ १९ गतेदेखि विराटनगरमा हुन लागेको ‘सीएनआई कोसी एक्स्पो २०७९’ मा विराटनगर बाहिरका उद्योग र ठुला ब्राण्डहरु आफ्नो उत्पादनको प्रवद्र्धनका लागि सहभागी हुने भएका छन् । एक्स्पोमा सहभागीताका लागि नयाँ उद्योग र कम्पनिहरुलाई...

अक्सिजन ल्याउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारबाही हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारबाही गर्ने भएको छ । मन्त्रालयले सूचना जारी गर्दै अक्सिजन जस्तो अत्यावश्यक विषय बिरामी वा आफन्तलाई नै लिएर आउनू भन्नै नहुनेमा कहीँकतै यस्तो गर्ने...

कोशी प्रदेश सरकारको १०० दिनको उपलब्धी सार्वजानिक

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नियुक्त भएको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विशेष कार्यक्रम गरी उनले आफूले सय दिनभित्र गरेका ६० काम सार्वजनिक गरेका...

यस्तो छ आजको मौसम

काठमाडौं, १० माघ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आजकाे माैसममा आंशिकदेखि सामान्यतया बदलीको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र...

विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर, १० भदौ । मोरङको बिराटनगर महानगरपालिका-१ का ५५ बर्षीय लालबिहारी कामतको करेन्ट लागेर मृत्यु भएको छ । बिहिवार बिहान बिराटनगर महानगरपालिका-११ मा रहेको कपडा फ्याक्ट्रीमा मेशिन चलाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका बिहारीको...

मौज्दात खोपको विवरण सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप अभिलेख सार्वजनिक नगर्ने ६ जिल्ला र एक सय नौ स्थानीय सरकारलाई तत्काल मौज्दात खोप विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । यसअघि मन्त्रालयले २१ माघसम्ममा सातै...

चीनद्वारा थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा

चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत यान्छीले थप परिमाणमा खोप उपलब्ध...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्