जिवन विकास समाजले सुरु गर्यो ५ सय बिघा बाँझो जमिनमा खेती गर्ने अभियान

 न्यूज विराट
जिवन विकास समाजले सुरु गर्यो ५ सय बिघा बाँझो जमिनमा खेती गर्ने अभियान

विराटनगर, भदौ १९–शहर तथा गाउँ क्षेत्रमा बाँझो जमिन अत्याधिक बढेपछि मोरङको कटहरीस्थित जीवन विकास समाजले बाँझो खेतमा खेती गर्ने अभियान सुरु गरेको छ । शुक्रबार कटहरी–२ करिब ४ कठ्ठा जमिनमा पछुवा धान रोपी अभियानको सुरुवात गरेको हो । प्रदेशको कृषि तथा सहकारी मन्त्रालयका उपसचिव राजेन्द्र उप्रेती, जीवन विकास समाजका अध्यक्ष योगेन्द्र मण्डलले धान रोपेर अभियान थालिन गरेका हुन् ।

जीवन विकास समाज यस वर्ष करिब ५ सय विघा जमिनमा खेती गर्ने अभियानसहित यो कार्यक्रम सुरु गरिएको मण्डलले जानकारी दिए । खोलाको बगर, व्यक्तिको बाँझो जमिन र अन्य प्रकारका खेतमा यो अभियान चलाइने उनले बताए ।

खाद्यान्नलगायतका सामग्रीहरूको उत्पादनलाई बढाउन र स्वदेशका जमिनलाई अधिकतम् प्रयोग गरी प्रेरणा दिनका लागि यो अभियानको सुरुवात गर्नु परेको मण्डलले बताए ।

यो कार्यक्रमका लागि विभिन्न मोडलहरू विकास गरिएको छ । कुनै व्यक्तिको जग्गा बाँझो भएमा उससँग अधिया लिएर या भएको उत्पादनबाट नै लागत लिने गरी काम सुरु गरिएको छ । ‘यदी कसैले खेत दिन्छ भने सबै काम संस्थाले गरीदिन्छ र आफ्नो लागत लिएर बढी भएको आम्दानी सम्बन्धित धनीलाई उपलब्ध गराउने छ,’ मण्डलले भने, ‘यदी सरकारको अधिनश्त भएका छन् भने पनि हामी प्रक्रिया पु¥याएर उत्पादनका काम गर्ने छौं ।’

जीवन विकास समाजका दमोदर रेग्मीका अनुसार यो बाँझो खेतमा खेती लगाउने अभियानमा समाजका कर्मचारी र स्वयसेवीहरू प्रयोग गरिने छ । अन्य सम्पूर्ण व्यवस्थापन समाजले नै गर्छ । खेतमा मौसम अनुसार धान, मकैलगायतका अनुकुलका बाली लगाइने छ । मन्त्रालयका उपसचिव राजेन्द्र उप्रेतीले यो उदारणीय र प्रभावकारी हुने बताए । उनले यस्ता अभियानले सरकारले चालेको भूमि बैंक र उत्पादन वृद्धिका कामलाई सहयोग पु¥याउने छ । सरकारले ल्याउन लागेको भूमि सम्बन्धी अवधारणा सहयोग पुग्ने उनले बताए ।

सम्बन्धित समाचार

ब्राउनसुगर र हतियारसहित २ जना पक्राउ

विराटनगर, २८ वैशाख-झापाको कन्काई नगरपालिका–४ मा लागूऔषध ब्राउनसुगरसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्यहीँ ठाउँका बर्षीय प्रदीप भनिने हर्क बुढाथोकी रहेका छन् । आफ्नै घरबाट लागूऔषध ब्राउनसुगरको कारोबार गरिरहेको भन्ने बिशेष सूचनाको...

सुर्खेतमा उपचाररत जुम्लाका कोरोना संक्रमित पुरुषको मृत्यु

सुर्खेतमा जुम्लाका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जुम्ला तिला गाँउपालिका–२ का ७६ वर्षीया पुरुषको कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो । १२ वैशाखमा उपचारका लागि अस्पताल भर्ना भएका ती...

सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतकाे आदेश

नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामा राख्न नपर्ने आदेश भएको छ। काठमाडौं जिल्ला अदालतले थुनाका लागि म्याद लिन पुगेको सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश गरेको हो। न्यायाधीशले  थुना बाहिर राखेर अनुसन्धान गर्न भनेका छन्।...

देशभर २४ घण्टामा थपिए ६८१ संक्रमित, १२० जना डिस्चार्ज

काठमाडौं, ३ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ६८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

पारस खड्कालाई कोरोना संक्रमण

नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार पीसीआर गर्दा आज नतिजा पोजिटिभ देखिएको खड्काले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । कोरोना पुष्टिपछि अहिले उनी होमआइसोलेसनमा बसेका छन् । कोरोनाका...

प्रधानमन्त्री ओलीको कोरोना परीक्षण गर्न स्वाब संकलन

काठमाडौं, २३ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरस संक्रमण परीक्षणका लागि स्वाब संकलन गरिएको छ । शुक्रबार प्रधानमन्त्री ओलीसहित उनका सल्लाहकारहरूको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको प्रेस सल्लाहकार सूर्य...

एकैदिन देखियो १० जनामा कोरोना संक्रमण, नेपालगञ्जमा मात्रै ९ जना

काठमाडौं, २१ वैशाख-नेपालमा आइतबार थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालगञ्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका...

प्रदेश सरकारको सहयोगमा विराटनगरमा नाटक ‘महाभोज’ मञ्चन हुँदै

विराटनगर, माघ १८–प्रदेश नं. १ सरकारको आर्थिक सहयोगमा विराटनगरमा नाटक ‘महाभोज’ मञ्चन हुने भएको छ । विराटनगर स्थित आरोहण गुरुकुल र लेट्स इन्टरटेनमेन्टसँगको सहकार्यमा मण्डला थिएटर नेपालले चर्चित नाटक ‘महाभोज’ आगामी माघ २२ र २३...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्