देशभर १ हजार ३५९ जनामा संक्रमण, १ हजार ३५४ डिस्चार्ज

 न्यूज विराट
देशभर १ हजार ३५९ जनामा संक्रमण, १ हजार ३५४ डिस्चार्ज

काठमाडौं, १९ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप एक हजार तीन सय ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा चार सय ६४ महिला र आठ सय ९५ जना पुरुष गरी कुल एक हजार तीन सय ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार नाघेको छ । आजसम्म ४४ हजार दुई सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये १८ हजार चार सय चार जना सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा १० हजार नौ सय ४२ जना छन् भने सा हजार चार सय ६२ जना होम आइसोलेसनमा रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा एक हजार तीन सय ५४ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या २५ हजार पाँच सय ६१ पुगेको मन्त्रालयको तथ्यांक छ । नेपालमा निको हुनेको दर ५८ प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ६ सय ३८ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म ७ लाख ४५ हजार चार सय ९० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ६ हजार ५ सय ६१ जना क्वारेन्टाइनमा छन् ।

सम्बन्धित समाचार

मंगलबारदेखि निजी सवारीमा जोर–बिजोर लागू गर्ने तयारी

सरकारले काठमाडौं उपत्यकामा मंगलबारदेखि निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गर्ने तयारी गरेको छ । स्मार्ट लकडाउन लगाउने तयारी गरेको सरकारले निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली गर्ने तयारी गरेको हो । ‘निजीको हकमा जोर–बिजोर गर्ने विषयमा छलफल...

मतपेटिका बोकेको गाडी दुर्घटना

रामेछाप । रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । रामेछाप नगरपालिका वडा नं. १ गोठगाउँबाट मतपेटिका बोकेर रामेछाप बजार आउँदै गरेको गाडी दुर्घटनामा परेको हो । ना ७ ख ३५०४...

नेकपा अध्यक्ष पोखरेलको पहलमा मन्त्री घिमिरेले गरे रतुवामाईका क्वारेन्टाइन निरिक्षण

विराटनगर, जेठ २२–प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङको रतुवामाई नगरपालिकामा रहका क्वारेन्टाइनहरुको निरिक्षण गरेका छन् । संविधानसभा सदस्य तथा नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको पहलमा स्वास्थ्य प्राविधिक टोलीका साथमा पुगेका मन्त्री...

नम्वर प्लेट स्पष्ट नभएका सवारीलाई ‘अन द स्पोट’ नम्वर लेखाउँदै ट्राफिक

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जिल्ला भित्र गुडिरहेका सवारी साधनहरूलाई चेकिङ गर्ने क्रममा नम्वर प्लेट स्पष्ट नभएका सवारी साधनहरूलाई अन द स्पोट नम्वर लेखाउने अभियान सुरु गरेको छ । ट्राफिक व्यवस्थापन तथा सवारी...

१६ खर्ब ३० अर्बको बजेट ल्याउने तयारी

 काठमाडौं, २१ वैशाख-सरकारले आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको तुलनामा करिब १ खर्ब रूपैयाँले बढाउने भएको छ । चालू वर्षको बजेटमा ६ प्रतिशतसम्मको बजेट वृद्धि गर्न सकिने र सोही सिलिङभित्र बसेर बजेट तयारीको काम...

भलिबलको उपाधि इडेनवर्ग कलेजलाई

विराटनगर । विराट खेलकुद क्बलले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि विराटनगरस्थित इडेनवर्ग कलेजले जितेको छ । विराटनगरमा बुधबार सम्पन्न भएको फाइलनमा महेन्द्र मोरङ क्याम्पसलाई १४–१५, १७–२५, २२–२५ को सोझो सेटले हराउँदै इडेनवर्ग कलेजले उपाधि जितेको...

कोशीको आकस्मिक कक्षमा २८ शैय्या थपिएपछि उपचारमा सहज

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा शैय्या थप गरेपछि विरामीको उपचारमा सहज बनाएको छ । रामीको चापको कारण शैय्या अभावले झ्यालमा बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले २८ वटा बेड थप गरेको...

कोरोना भाइरसविरुद्धको खोप पत्रकारलाई पनि उपलब्ध गराइने

सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पत्रकारलाई पनि उपलब्ध गराउने भएको छ । पत्रकारहरूलाई कोरोनाविरुद्धको खोप लगाउन नयाँ बानेस्वरस्थित सिभिल अस्पताल तोकिएको छ । खोप लगाउन चाहने पत्रकारले सोमबारदेखि शुक्रबारसम्म आफ्नो पत्रकार परिचयपत्र देखाएर लगाउन सक्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्