विराटनगरमा ३३ सहित प्रदेश १ मा ९५ संक्रमित थपिए

 न्यूज विराट
विराटनगरमा ३३ सहित प्रदेश १ मा ९५ संक्रमित थपिए

विराटनगर, १८ भदौ-प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा ६, धनकुटा र तेह्रथुममा २÷२ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा आज ३३ जनामा संक्रमण देखिएको छ । १३ महिला र २० पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । मोरङको सुन्दरहरैचामा ३ पुरुष, लेटाङमा २ महिला १ पुरुष, कटहरीमा २ पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा १–१ पुरुष र बुढीगंगामा १ महिलामा संक्रमण देखिएको छ ।

उता सुनसरीको धरानमा ४ महिला १७ पुरुष, इटहरीमा १ महिला २ पुरुष, बर्जु, भोक्राहा नरसिंह र स्थानीय तह नखुलेका १÷१ पुरुष र देवानगञ्जमा १ महिला, झापाको कमल गाउँपालिकामा २ महिला ४ पुरुष, विर्तामोडमा ४ महिला १ पुरुष, अर्जुनधारामा १ पुरुष, संखुवासभाको खाँदबारीमा ५ पुरुष र मादीमा १ पुरुष, धनकुटाको शहिदभूमीमा १ पुरुष, धनकुटा नगरपालिकामा १ महिला, तेह्रथुमको म्याङलुङमा १ महिला १ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ६८० पुगेको छ ।

प्रदेश १ बाट बिहिबार ६० जना डिस्चार्ज भएका छन् । मारवाडी सेवा सदन आईसोलेसन केन्द्र विराटनगरबाट १८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना, होम आईसोलेसनबाट ११, कालि सदन आईसोेलेसन विराटनगरबाट ७ जना, विराट मेडिकल कलेजको आईसोलेसन केन्द्र बुढीगंगाबाट ६ जना, रुम्झाटार आईसोलेसन केन्द्र, ओखलढुङ्गाबाट २, धाईजन आईसोलेसन केन्द्र, झापाबाट २ र वैजनाथपुर आईसोलेसन केन्द्र विराटनगरबाट १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७४७ पुगेको छ ।

प्रदेश १ मा बिहिबार १ हजार ७ सय ९० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३० महिला र ६५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा हालसम्म ९३ हजार २९८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

सम्बन्धित समाचार

नयाँ वर्षमा रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न वितरण

विराटनगर, २१ पुस । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले अंग्रेजी नयाँ वर्षको अबसरमा खाद्यान्न वितरण गरेको छ । यसअघि पनि पटक पटक वितरण गरेको क्लबले अंग्रेजी नयाँ वर्षको अवसरमा समेत मानव सेवा आश्रम, विराटेश्वर...

मुख्यमन्त्री राउतद्वारा प्रदेशबासीका नाममा सम्बोधन

जनकपुर, जेठ ५-कोरोनाको संकटबाट गुज्रिरहेको प्रदेश २ का जनतालाई मुख्यन्त्री लालबाबु राउतले आइतबार सम्बोधन गरेका छन् । कोरोना महामारीकाबीच १ सातादेखि जनता समाजवादी पार्टीको आन्तरिक कार्यक्रममा व्यस्त रहेका मुख्यमन्त्री राउतले काठमाडौंबाट प्रदेश फर्किएलगत्तै आइतबार प्रदेशवासीलाई...

जनपुरधामका पूर्वमेयर गिरीको कोरोनाबाट निधन

जनकपुरधाम, २८ साउन-जनकपुरधामका पूर्वमेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु भएको छ ।उनको मंगलबार राति मृत्यु भएको उनका छोरा डा. सन्तोष गिरीले जानकारी दिए । कोरोना पुष्टि भएपछि गिरी काठमाडौंको...

भेन्टिलेटरसहित स्वास्थ्य सामाग्री हस्तान्तरण

विराटनगर, ९ मंसिर प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटीले १८ लाख ५८ हजार बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । मंगलबार सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई नेपाल रेडक्रस सोसाईटीकी केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले १६ लाख...

प्रदेश १ मा आज २६ सयको परिक्षण गर्दा ४९८ जनामा कोरोना

विराटनगर, २२ कात्तिक-प्रदेश १ मा शनिबार ४ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय २, सुनसरीमा १ सय ३८, झापामा ९२, खोटाङ र उदयपुरमा १६÷१६, इलाममा आठ, धनकुटामा तीन, पाँचथर, सोलुखुम्वु,...

तीन दिनसम्म विविद्य कार्यक्रम गरेर कान्तिपुर स्कुलले मनायो वार्षिकोत्सव

विराटनगर । विराटनगर १० मा रहेको कान्तिपुर स्कुलले १० औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाएको छ ।स्कुल परिसरमा तीनदिनसम्म विभिन्न कार्यक्रम आयोजना गरेर आइतबार सम्पन्न गरेको हो । वार्षिकोत्सव तथा अभिभावक...

उद्योग कलकारखानाहरुको व्यवस्थापनका लागि प्रदेश सरकारले सहजिकरण गर्ने

विराटनगर, असार १०–प्रदेश नं. १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुशियैतले लकडाउनको मारमा परेका उद्योगद्यन्दा तथा कलकारखानाहरुको व्यवस्थापनका लागी प्रदेश सरकारले सहजीकरण गर्ने बताएका छन् । प्रदेश नं. १ प्रदेशसभा बजेट...

नेकपा सचिवालय बैठक बस्दै, एमसीसीबारे छलफल हुने

काठमाडौं, ३२ जेठ-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज सचिवालय बैठक बोलाएको छ ।  शनिबार संविधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएसँगै नेकपाले सचिवालय बैठक बोलाएको हो ।  दिउँसो ४ बजे प्रधानमन्त्री सरकारी निवास वालुवाटारमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्