कोरोनाले आमापछि छोराको मृत्यु

 न्यूज विराट
कोरोनाले आमापछि छोराको मृत्यु

भक्तपुर, १७ भदौ-कोरोना भाइरस संक्रमणबाट ६२ वर्षीया आमाको मृत्यु भएको ४ दिनमा ४० वर्षीय छोराको पनि मृत्यु भएपछि मध्यपुरथिमि नगरपालिका–७, नगदेश निवासी संक्रमित परिवारका अन्य ६ जना निकै विचलित भएका छन् ।

यही १३ भदौमा संक्रमित आमाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको र सोही अस्पतालमै भेन्टिलेटरमा उपचारका क्रममा संक्रमित छोराको गए राति मृत्यु भएको हो । छोराबाट आमामा संक्रमण भएको आशंक गरिएको छ ।

श्वासप्रश्वासमा समस्या आएको आमाको परीक्षणमा कोरोना पुष्टि भएपछि परिवारका अन्य सदस्यको पनि पीसीआर परीक्षण गर्दा परिवारका सबैमा संक्रमण भएको पाइएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

१ भदौमा आमालाई पाटन अस्पताल भर्ना गरिएको र श्वासप्रश्वासमा समस्या आएपछि ३ गते छोरालाई पनि पाटन अस्पताल नै लगिएकामा आमाको उपचारका क्रममा १३ गते र छोराको उपचारका क्रममा १६ गते राति मृत्यु भएको उनले जानकारी दिए । आमालाई दमको रोग र छोराले उच्च रक्तचापको औषधि सेवन गरिरहेका परिवार स्रोतले जानकारी दिएको छ ।

मृतकका करीब ७० वर्षीय बाबु, गर्भवती श्रीमती, एक बहिनी, एक छोरा, एक छोरी र घरका अन्य एक सदस्यलाई पनि संक्रमण पुष्टि भएपछि सबै होम आइसोलेसनमै बसेका छन् । ‘आज स्वास्थ्य टोली लिएर म घरमै गए, मृतकका वृद्ध बुबा र गर्भवती श्रीमतीको स्वास्थ्यमा ध्यान दिनु जरुरी छ,’ नगरप्रमुख श्रेष्ठले भने, ‘हामीले सान्त्वना दिएर आएका छौँ, बिहीबार केही महिनालाई पुग्ने खाद्यान्न राहत दिन्छौँ र विचलित त्यो परिवारको अवस्था निकै हृदयविदारक छ ।’

संक्रमित परिवारको घर आसपास क्षेत्रमा भाइरस डिसइन्फेक्सन गरेको, परिवारलाई स्यानिटाइजर पठाएको बताउँदै त्यो परिवारलाई मनोपरामर्श र अन्य सहयोग आवश्यक रहेको उनको भनाइ थियो । भक्तपुर जिल्लामा एकै परिवारका २ जनाको ज्यान गएको यो पहिलो घटना हो भने अहिलेसम्म संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । – रासस

सम्बन्धित समाचार

माओवादी केन्द्र बुढीगंगाको अध्यक्षमा योगेन्द्र पौडेल

विराटनगर । नेकपा माओवादी केन्द्र बुढीगंगा गाउँपालिकाको अध्यक्षमा योगेन्द्र पौडेल निर्वाचित भएका छन् । मोरङको बुढीगंगा गाउँपालिकामा बुधबार भएको माओवादी केन्द्र बुढीगंगाको दोस्रो अधिवेशनबाट पौडेल निर्विरोध निर्वाचित भएका हुन् ।उपाध्यक्षमा रुपेश भट्टराई, सवरलाल मोदी, कमला...

एसइइ रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता सुरू : सरस्वती, कृष्टल र युनिक स्कुल विजयी

विराटनगर । विराटनगरमा सुरू भएको दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा तीन वटा स्कुल विजय भएका छन् । विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा सोमबारबाट सुरू भएको...

कोरोनाबाट काठमाडौंका २० वर्षीय पुरुषसहित आठ जनाको मृत्यु

काठमाडौं, १० असोज-पछिल्लो २४ घण्टाको अवधिमा आठ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंका दुई पुरुषसहित आठ संक्रमितको निधन भएको हो । कोरोना संक्रमणबाट...

प्रदेश १ मा आज ९ सयको परिक्षण गर्दा २१९ जनामा कोरोना पुष्टि, ६०० जना डिस्चार्ज

विराटनगर, २३ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा २ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ३, सुनसरीमा ४८, झापामा ३३, तेहथुममा आठ, उदयपुरमा छ, इलाम र संखुवासभामा दुई÷दुई, पाँचथर, भोजपुर...

शिक्षादीप कलेजद्वारा उत्कृष्ट शिक्षक र कर्मचारी सम्मानित

विराटनगर । विराटनगरस्थिति शिक्षादीप कलेजले उत्कृष्ट शिक्षक र कर्मचारीलाई सम्मान गरेको छ । कलेजले आइतबार एक कार्यक्रम आयोजना गरी एक जना उत्कृष्ट शिक्षक र दुई जना कर्मचारी सम्मान गरेको हो । यसरी सम्मानित हुने फिजिक्स...

जबरजस्ती करणी आरोपमा ४ जना पक्राउ

कैलाली, ३ बैशाख-कैलालीको गौरीगङ्गा नगरपालिका–१ खुरखुरीया नजिकै १७ वर्षीया किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा ४ युवकलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । नगरपालिका–४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय...

एभरेष्ट स्पोर्ट्स मीट सम्पन्न

विराटनगर । विराटनगर ५ स्थित एभरेष्ट सेकेण्डरी स्कूलमा जारी एभरेष्ट स्पोर्ट्स मीट सोमबार सम्पन्न भएको छ । ९ माघमा सुरू भएको स्पोर्ट्स मीट विजेता खेलाडीलाई मेडल वितरण गर्दै सम्पन्न भएको हो । कक्षा नर्सरी देखि...

नवराजलाई मरणोपरान्त १ लाख राशिको सरकारी पुरस्कार

काठमाडौं, १५ असार-सरकारले नवराज विकलाई मरणोपरान्त पुरस्कृत गर्ने भएको छ । रूकुम-पश्चिम घटनामा मारिएका जाजरकोटका विकलाई सरकारले मरणोपरान्त भगत सर्वजित मानव मर्यादा पुरस्कारबाट पुरस्कृत गर्ने भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्