पाठ्यभार घटाएर भए पनि शैक्षिकसत्र पूरा गरिन्छ : शिक्षामन्त्री

 न्यूज विराट
पाठ्यभार घटाएर भए पनि शैक्षिकसत्र पूरा गरिन्छ : शिक्षामन्त्री

काठमाडौं, १७ भदौ-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताएका छन् ।  अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा आज उनले कोभिड–१९ का कारणले पढाइ सञ्चालन नभए पनि पाठ्यभार घटाएर पूर्वनिर्धारित समयावधि भित्रै शैक्षिकसत्र पूरा गर्ने बताए ।  

वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका परिमार्जन गर्दै त्यसलाई पनि मूल्याङ्कन र परीक्षाको अभिन्न अङ्ग बनाउने धारणा राख्दै उनले वैकल्पिक सिकाइका लागि सरकारअन्तर्गत छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने तयारी गरेको बताए । कार्यक्रममा अनेरास्ववियूका संयोजक ऐन महरले वैकल्पिक सिकाइलाई सबै विद्यार्थीको पहुँचमा पु¥याउनुपर्ने धारणा राखे ।

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले कक्षा १२ को परीक्षाबारे अविलम्ब निर्णय गर्न आग्रह गरे । विद्यार्थी नेताले वैकल्पिक सिकाइको पुनरावलोकन गरी थप प्रभावकारी बनाइनुपर्ने, शैक्षिकसत्रलाई जोगाउनुपर्ने, अवरुद्घ परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गरिनुपर्ने, कक्षा ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गरिनुपर्नेलगायत विषयमा मन्त्री पोखरेललाई ध्यानाकर्षण गराए । रासस

सम्बन्धित समाचार

लुक्लाबाट १४ अष्ट्रेलियनको उद्धार

सरकारले लुक्लाबाट १४ अष्ट्रेलियन नागरिकको उद्दार गरेको छ । बिहीबार पोखरा र लुक्लाबाट आएकासहित ३०० युरोपेलि नागरिक फिर्ता भएको अवस्थामा अन्य विदेशी नागरिकलाई पनि ठाउँमा ठाउँबाट काठमाडौं, ल्याइँदै छ । लुक्लामा धेरै पर्यटकहरु अलपत्र परेको...

सुर्तीजन्य पदार्थ कोरोनाको बहाक: मन्त्री घिमिरे

विराटनगर, जेठ १८–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सुर्तीजन्य पदार्थ कोरोनाको वहाक भएको बताउनुभएको छ । सुर्तीजन्य पदार्थ सेवनगर्नेहरुले एक अर्कालाई बाँडेर खाने र एउटै सुर्तीजन्य पदार्थ धेरैले प्रयोग गर्ने पाईएको उनले बताए...

बेलायतमा मंगलबार कोरोनाबाट एक हजारभन्दा बढीको मृत्यु

बेलायतमा केही महिना अघिदेखि सुरु भएको कोरोना भइरसको दोस्रो लहर तथा पछिल्ला केही हप्तामा देखिएको कोरोनाको नयाँ स्वरूपको भाइरसपछि मृत्यु हुनेको संख्या बढेको छ । यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या करिब सात माहिना पछिकै...

दिल्ली विधानसभाः केजरीवाललाई बहुमत, भाजपालाई फाइदा

एजेन्सी, माघ २८–दिल्ली विधानसमा निर्वाचनको मतगणना सुरु भएको छ । मंगलबार बिहान सुरु भएको मतगणनाको प्रारम्भिक परिणामअनुसार अरविन्द केजरिवालको आम आद्मी पार्टी (आप) ले स्पष्ट बहुमत पाउने देखिएको छ । सुरुवाती मतपरिणाममा आम आद्मी पार्टी...

सीसीटीभ फुटेजका आधारमा पैसा फल्ने महिला खोज्दै प्रहरी

जनकपुरधाम, ५ वैशाख-सडकमा पैसा छरिएको घटनामा प्रहरीले सीसीटीभी फुटेजको आधारमा अनुसन्धान सुरु गरेको छ । सीसीटीभी फुटेजमा मुख छोपेकी २ जना महिला देखिएपछि प्रहरीले ती महिलाको खोजी गरिरहेको जनाएको छ । धनुषा प्रहरीका नायब उपरीक्षक...

समूहमा नमाज नपढ्न स्वास्थ्य मन्त्रालयको अपिल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समूहमा नमाज नपढ्न तथा पूजा नगर्नका लागि आग्रह गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले समूहमा नमाज नप्ढ र भोज नगर्नका लागि आग्रह गरेका छन् । उनले यस विषयमा मुस्लिम आयोगसँग...

मारिया मन्टेश्वरीले मनायो वार्षिकोत्सव

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – १ मा रहेको मारिया किड्स मन्टेश्वरी स्कुलले ८ औं अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रमको आयोजना गरी अभिभाव दिवस मनाएको हो ।उक्त कार्यक्रमको उद्घाटन प्रमुख...

छिमेकीको कुटाइबाट गम्भिर घाइते भएकी चन्द्रकलाको ९ दिनपछि मृत्यु

विराटनगर । छिमेकीको कुटाइबाट गम्भिर घाइते भएकी सुनसरीको बर्जू गाउँपालिका – ३ की २६ बर्सिया चन्द्रकला रायको उपचारको क्रममा मृत्यु भएको छ । निर्घात कुटपिट गरेको नौ दिनपछि उपचारको क्रममा विराटनगरस्थित कोसी अस्पतालमा आइतबार दिउँसो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्