‘जोखिम भत्ता’ माग गर्दै मेची अस्पतालका चिकित्सक आन्दोलित

 न्यूज विराट
‘जोखिम भत्ता’ माग गर्दै मेची अस्पतालका चिकित्सक आन्दोलित

झापा, १६ भदौ-मेची अस्पताल झापाका चिकित्सक, नर्स तथा कर्मचारीले कोभिड- १९ को जोखिम मोलेर काम गरे पनि ‘जोखिम भत्ता’ नपाएको भन्दै आजदेखि आन्दोलनमा उत्रिएका छन् । सरकारले कोभिड–१९ को उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भने पनि हालसम्म नपाएपछि उनीहरूले पहिलो चरणमा विरोधस्वरूप आजदेखि हातमा कालो पट्टी बाँधेर आन्दोलन सुरु गरेका हुन् ।

यही २३ भदौसम्म पहिलो चरणको आन्दोलनअन्तर्गत हातमा कालो पट्टी बाँधेर काम गर्ने अस्पतालका मेडिकल अफिसर डा. लेनिस पोखरेलले बताए । उनले मेची अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले ५ महिनादेखि भत्ता नपाएको बताए ।

डा. पोखरेलले तत्काल भत्ता उपलब्ध गराउन माग गर्दै प्रदेश सरकार, स्थानीय प्रशासन र अस्पताल विकास समितिलाई निवेदनसमेत दिएको बताए । ‘हामी आफ्नो ज्यान जोखिममा पारेर सेवामा कार्यरत छौँ’, उनले भने, ‘सरकार आफैँले कोरोना सङ्क्रमणविरुद्ध अग्रपंक्तिमा खटिने चिकित्सक, स्वास्थ्यकर्मीलगायत जोखिम भत्ता दिने व्यवस्था गरेको छ भन्यो तर हामीले अझै पाएनौँ । बाध्य भएर आन्दोलनमा उत्रिनु पर्‍यो ।’

उनका अनुसार उनीहरूको माग सुनुवाइ नभए २४ गतेदेखि अस्पतालको ओपीडी सेवासमेत बन्द गरिनेछ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले असारमै जोखिम भत्ताका लागि सम्पूर्ण कागजातसहित हिसाब प्रदेश- १ को सामाजिक मन्त्रालयमा पठाइसकिएको बताए ।

उनले प्रक्रिया पुर्‍याएर काम गर्नुपर्दा रकम निकासीमा केही ढिलो भएको हुनसक्ने बताउँदै भने, ‘सायद अब चाँडै आउँछ होला । आउनेबित्तिकै उहाँहरूको मागको सम्बोधन हुन्छ ।’

यता, अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले भने आफूलाई आन्दोलनबारे कुनै जानकारी नभएको बताए । – रासस

सम्बन्धित समाचार

तिजमा संगिनी प्रतियोगिता

विराटनगर । हरितालिका तिजको अवसरमा सोलुखुम्बुको नेचासल्यान गाउपालिका– २ को नवज्योती महिला समूहले आयोजना गरेको खुल्ला संगिनी नृत्य प्रतियोगितामा वीपी संस्कृत मावि समूह प्रथम भएको छ । सो समूहमा नृत्यतर्फ नानीमैया आचार्य,पुषणा निरौला,रमिला कार्की र...

यसरी बनेको थियो संखुवासभाको सामूहिक हत्या योजना

काठमाडौं, असोज ४। संखुवासभाको मादी नगरपालिका १ उमलिङको खोलागाउमा भदौ २१ गते भएको सामुहिक हत्याकाण्ड एउटा समुहले योजनाबद्धरुपमा गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाको थप अनुसन्धान गर्न १ नम्वर प्रदेश प्रहरी प्रमुख डिआइजी अरूण...

ओली भने – संसद् विघटन राजनीतिक इस्यु हो, अदालत प्रवेश नगर्ने नजिर छ

काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक घटनामा सर्वोच्च अदालत हाबी भएको भन्दै असन्तुष्टि जनाएका छन् ।सरकारी स्वामित्वको संचारमाध्यम नेपाल टेलिभिजनका लागि महिन्द्र विष्टलाई दिएको अन्तर्वार्तामा राजनीतिक इस्युमा अदालत प्रवेश नगर्ने स्थापित नजिरलाई बेवास्ता गरिएको...

भारतीय क्वारेन्टाइनमा किरिया बसेका भट्ट नेपाल आइपुगे

भारतको धार्चुलाको बालुवाकोट क्वारेन्टाइनमा नै आमाको मृत्यु भएपछि किरिया बसेका वासुदेव भट्ट आज नेपाल आइपुगेका छन् । उनको आमाको यही वैशाख २ गते मृत्यु भएको थियो । आमाको मृत्यु हुँदा पनि नेपाल आउन नपाउँदा भट्ट...

डिएभी स्कुलमा स्पोर्ट्स मिट सुरू

विराटनगर । विराटनगर – १३ मा रहेको डिएभी स्कुलमा स्पोर्ट्स मिट सुरू भएको छ । स्कुल परिसरभित्र स्पोर्ट्स मिट सुरू भएको हो ।आइतबारसम्म संचालन हुने स्पोर्ट्स मिटमा एक दर्जन बढी खेलहरू रहेको डिएभी स्कुलका प्रिन्सिपल...

ग्रीन टायर्सले स्वदेशी रबर प्रयोग गरी ट्याक्टर र हाते ट्याक्टरका टायर उत्पादन गर्दै

विराटनगर, २६ साउन । ग्रीन टायर्स प्रालिले कृषि क्षेत्रका लागि टायर उत्पादन गर्ने प्रकृया अघि बढाएको छ । यस उद्योगले कृषि क्षेत्रमा प्रयोग गरिने ट्याक्टर र हाते ट्याक्टरका लागि शेर्पा ब्राण्डको भूमि, सारथी मोडलका ठूला...

नवनियुक्त मुख्यमन्त्री भीम आचार्यद्वारा पदभार ग्रहण

विराटनगर, भदौ १० । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गर्नुभएको छ । मुख्यमन्त्रीमा आजै नियुक्त हुनुभएका एमाले नेता आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको शपथ लिएपछि कार्यालयमा पुगेर पदभार...

प्रधानमन्त्रीलाई सुझाव, ‘अडान नछाड्नुस्, नडगमगाउनुस्’

काठमाडाैं, १७ असार-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति, मन्त्री र आफूनिकट स्थायी कमिटी सदस्यसँग परामर्श गरेका छन् । मंगलवारको स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्