कक्षा १२ काे परीक्षा दसैँअघि नै हुने

 न्यूज विराट
कक्षा १२ काे परीक्षा दसैँअघि नै हुने

काठमाडाैं, १६ भदौ-कक्षा १२ काे परीक्षा दसैँअगाडि नै सञ्चालन हुने भएकाे छ । विद्यार्थीको शैक्षिक सत्रलाई मध्यनजर गर्दै राष्ट्रिय परीक्षा बाेर्डले स्थगित परीक्षा सञ्चालन गर्ने तयारी गरेकाे हाे । कक्षा ११ र १२ हेर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले दसैँअगाडि नै परीक्षा सञ्चालन गर्ने गरी प्रक्रिया थालिएकाे जानकारी  दिए । 

उनका अनुसार परीक्षाकाे मिति टुंगाे लागेपछि विद्यार्थीलाई सूचित गरिने छ । ‘विद्यार्थीलाई २१ दिनअघि नै पूर्वसूचना दिइने छ’, उनले भने, ‘हामी उनीहरूकाे उच्च शिक्षा अध्ययन गर्ने बाटाे खुला गर्ने हिसाबले तयारी गरिरहेका छाैँ ।’

दसैँअगाडि नै परीक्षा लिने तयारी गरिरहेकाे बाेर्ड कुन माेडलमा परीक्षा सञ्चालन गर्ने भन्नेबारे भने अहिलेसम्म अन्याेलमा छ  । एउटै काेठामा धेरै विद्यार्थीलाई राखेर परीक्षा लिन असम्भव हुने बाेर्डले जनाएकाे छ । ‘काेराेना त्रासका कारण पुरानाे माेडलबाट परीक्षा सञ्चालन गर्न असम्भव छ’, शर्माले भने, ‘अरू केकस्ता विकल्प हुन सक्छन् भन्ने विषयमा हामी छलफलमै छाैँ ।’

उनका अनुसार ५० अङ्कको लिखित तथा ५० को अन्य विधिबाट विद्यार्थीको मूल्याङ्कन गर्न सकिने, विद्यार्थी सङ्ख्या कम भएको ठाउँमा सामाजिक दूरी कायम राख्दै परीक्षा सञ्चालन र अनलाइन विधिबाट भए पनि परीक्षा लिन सकिने लगायतका विकल्पमाथि छलफल भइरहेकाे छ ।

विश्वभर महामारीका रूपमा फैलिएकाे काेराेना भाइरस (काेभिड-१९)काे संक्रमण नियन्त्रण तथा राेकथामकाे प्रयासमा ५ महिनायता सम्पूर्ण शैक्षिक गतिविधि ठप्प छ ।

सम्बन्धित समाचार

सप्तरीबाट ९ जनाको स्वाब परीक्षणका लागि धरान पठाइयो

सप्तरीमा कोरोना भाइरस (कोभिड–१९) को आशंका गरिएका ९ जनाको स्वाब टेष्टका लागि बिहिवार सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । भारतको विभिन्न ठाँउबाट जमातमा सहभागी भएर घर फर्किएका राजविराज नगरपालिकाका ८ जना...

हातको नशा काटेर विराटनगरमा एक युवाले गरे आत्महत्या 

विराटनगर । विराटनगर ४ तिलोक मार्गमा एक जना युवाले हातको नशा काटेर आत्महत्या गरेका छन् ।  खोटाङ घर भई मामाघरमा बस्दै आएका ३२ वर्षीय जितेस पाण्डे देब्रे हातको नशा काटेर बुधवार आत्महत्या गरेका हुन् ।...

प्रचण्डको दबाबपछि संवैधानिक परिषद्को बैठक स्थगित

साँझ ५ बजेका लागि डाकिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । अध्यादेश फिर्ता नगरिएसम्म प्रमुख दलका नेता शेरबहादुर देउवा बैठकमा नजाने अडान लिएपछि आजको बैठक स्थगित भएको हो । पार्टीको निर्णयविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले तीन सय विरुवा रोप्यो

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले तीन सय विरुवा रोपेको छ । क्लबले हालसम्म विभिन्न स्थानहरुमा तीन सय बढी विरुवाहरू रोपिसकेको हो । सो अभियान अन्तर्गत क्लबले शनिबार दोस्रो चरणको वृक्षारोपण शिव अधारभूत विद्यालय...

सुर्खेतमा भारतबाट आएका १ युवकको  मृत्यु

सुर्खेत, १४ जेठ-सुर्खेतमा भारतको गुजरातबाट आएका १ युवकको मृत्यु भएको छ । ५ दिनअघि गुजरातबाट हिँडेका उनी यात्राकै क्रममा विरामी भएपछि उपचारका लागि कर्णाली प्रदेश अस्पताल भर्ना गरिएको र मंगलबार राती मृत्यु भएको प्रदेश अस्पताल...

पत्रकार र शिक्षकबीचको मैत्रीपूर्ण खेल बराबरी

विराटनगर । प्याब्सन विराटनगरको आयोजनामा नेपाल पत्रकार महासंघ मोरङ र प्याब्सन विराटनगरबिच भएको एक दिवसीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता बराबरी भएको छ । सहिद मैदानमा शुक्रवार भएको खेलमा २–२ गोलको बराबरी भएको हो ।नेपाल पत्रकार महासंघ...

प्रहरीलाई सफलता, विराटनगरबाट १८९ केजी गाँजासहित दुई जना पक्राउ

विराटनगर । विराटनगरबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बोकेका दुईवटा कारसहित चारजनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । सोमबार राती छुटा छुट्टै दुई स्थानबाट १८९ केजी गाँजा सहित चार जनालाई पक्राउ गरेको हो । लागु औषध...

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख नाघ्यो

एजेन्सी, साउन ३-विश्वमा कोरोना भाइरस संक्रमणका कारण ६ लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबार साँझसम्म विश्वभरीमा १ करोड ४२ लाख २८ हजार १८५...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्