काेराेनाका कारण भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

 न्यूज विराट
काेराेनाका कारण भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

एजेन्सी, १५ भदौ-कोरोनाबाट संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । दिल्लीस्थित सेनाको अस्पतालमा सोमबार उनको निधन भएकाे उनका छोरा अभिजित मुखर्जीले केही बेरअघि ट्विट गर्दै जानकारी दिएका हुन् ।

ट्विटमा अभिजितले लेखेका छन्, ‘गह्रुँगो मुटुका साथ यहाँहरूलाई जानकारी गराउनुपरेको छ कि हामी र आरआर हस्पिटलका डाक्टरहरूको सारा प्रयास र भारतभरका जनताको आशीर्वाद र प्रार्थनाका बाबजुद मेरा पिता श्री प्रणव मुखर्जीको भर्खरै निधन भएको छ। यहाँहरू सबैलाई धन्यवाद ।’

८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जी कोरोना संक्रमण पुष्टि भएपछि केही दिनदेखि अस्पतालको कोमामा थिए ।  मस्तिष्क सर्जरीका लागि उनलाई सैनिक अस्पताल भर्ना गरिएको थियो । सर्जरीअघि गरिएको परीक्षणमा उनलाई कोरोना पुष्टि भएको थियो ।

उनले अगस्ट १० मा ट्वीट गर्दै आफूलाई कोरोना भएको सार्वजनिक गरेका थिए । मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति थिए । उनलाई सन् २०१९ सालमा भारत रत्नले सम्मानित गरिएको थियो ।

सम्बन्धित समाचार

विराटनगरको लाइफगार्डमा स्वास्थ्य बीमा कार्यक्रम बन्द

काठमाण्डौं । स्वास्थ्य बीमा बोर्डले विराटनगरस्थित लाइफगार्ड अस्पतालको ‘स्वास्थ्य बीमा कार्यक्रम’ स्थगन गरेको छ । ३२ जेठ शुक्रबारदेखि लागू हुने गरी तीन महिनासम्मको लागि स्वास्थ्य बीमा कार्यक्रम सेवा स्थगन गरेको हो । लाइफगार्ड अस्पतालका चिकित्सकले...

खुकुरी प्रहारबाट १ जनाको मृत्यु

विराटनगर, २५ जेठ-खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा खुकुरी प्रहारबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । आज बिहान स्थानीय ३६ वर्षीय शुभराज राईले सोही ठाउँका ६५ वर्षीय डिल्लीराज राई र उनकी...

भव्य भयो ग्रेडेड स्कुलको ३० औं वार्षिकोत्सव

विराटनगर । विराटनगरमा रहेको ग्रेडेड बोर्डिङ स्कुलले ३० औं वार्षिकोत्सव मनाएको छ । स्कुल परिसरमा शनिबार विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमको प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय समिति मोरङका...

संविधान शंसोधन गरिएकोमा खुशियाली

विराटनगर, जेठ ३१-प्रतिनिधिसभाले निसान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुसीयाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि विराटनगरमा पनि खुशियाली...

एक हप्तासम्म पनि पिसिआर रिपोर्ट नआएको गुनासो

विराटनगर, १६ भदौ–कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएपनि झण्डै एक साता सम्म रिपोर्ट नआउने गरेको पाइएको छ । कोरोना संक्रमणको आशंकामा स्वाव संकलन गरिएका व्यक्तिहरुको परिक्षण रिपोर्ट आउन ढिलाई हुने गरेको मात्र नभई रिपोर्टनै गायब...

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश

विराटनगर । नेकपा एमाले प्रदेश १ का संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बन्न ६० जना सांसदले समर्थन गरेका छन् । नेकपा एमालेसहित चार दलका ६० जना सांसदले समर्थन गरेका हुन् । सत्ता गठबन्धनका सांसदहरु...

मोरङ क्षेत्र नं. ४ को विकासमा ध्यान दिनेछु : गुरुराज घिमिरे

विराटनगर । मोरङ क्षेत्र नं. ४ (१) प्रदेशसभा तर्फका उम्मेदवार गुरुराज घिमिरेले संसदमा नीति बनाउन जाने भए पनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्ने बताएका छन् । मोरङको कटहरिमा आयोजना गरिएको चुनावी कार्यक्रममा बोल्दै...

पाल्पा पहिरो अपडेट : मृतकको परिचय खुल्यो 

बुटवल, ९ असार-पाल्पाको तानसेन नगरपालिका-११ सम्मोबारीमा सोमबार भएको सवारी दुर्घटनामा मृत्यु हुनेको परिचय खुलेको छ । तानसेन रिडि सडकखण्डको ५ किलोमिटर पश्चिम सम्मोबारीमा गएको पहिरोमा परी ४ सवारी साधनमा रहेका ३ जनाको ज्यान गएको थियो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्