नेपालले थप ३ देशसँग हवाई सम्झौता गर्ने

 न्यूज विराट
नेपालले थप ३ देशसँग हवाई सम्झौता गर्ने

काठमाडौं, १४ भदौ-नेपाल सरकारले ३ वटा देशमा हवाई सम्झौता गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार भएको मन्त्रालयको उच्चस्तरीय ब्यवस्थापन समूहको बैठकले इन्डोनेसिया, फिनल्याड र रसियासँग हवाई सम्झौताको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

बैठकले १६ भदाैदेखि नियमित उडान हुने हुँदा वायुसेवा कम्पनीहरूले कोभिड-१९ को महामारी पूर्व नियमित अवस्थामा लिने हवाई भाडादर भन्दा बढी नलिनेतर्फ वायुसेवा निगमहरूसँग समन्वय गर्ने र नेपाल नागरिक उड्ड्यन प्राधिकरणमार्फत वायुसेवा कम्पनीलाई सचेत गराउने निर्णय गरेको छ ।

त्यस्तै, नेपालीहरु स्वदेश फिर्तालगायत विषयलाई अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।

समितिमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नेपाल नागरिक उड्डयन प्राधिकरणका हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुुनिल शर्मा सदस्य छन् ।

समितिलाई हवाई उडान भाडादर यात्रुहरूको परिवहनका विषयमा अनुगमन गर्ने, होटलले प्रदान गर्ने मापदण्डको विषयमा स्थलगत अनुगमन गरी पृष्ठपोषण गर्ने, हानलगायतका संघ संस्थाहरूसँग आवश्यक समन्वय गर्ने र स्वदेशी फिर्ता प्रक्रियासँग जोडिएको गुनासो ब्यवस्थापन गर्ने कार्यादेश तोकिएको छ ।

हिमाल आरोहणका लागि खटाईने सम्पर्क अधिकृत र रेस्क्युलगायतका विषयमा मापदण्ड र कार्यविधि बनाउने निर्णय समेत गरेका छ ।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयको वार्षिक कार्य योजनामा समावेश गरिएका माईलस्टोनलाई तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिए । रासस

सम्बन्धित समाचार

दिगो समाधानमका लागि सन्दकपुरको पानी इलाम बजारमा

इलाम — खानेपानीको चरम अभाव रहेको इलाम बजारमा दिगो समाधानका लागि तेस्रो साना सहरी खानेपानी योजनाको काम सुरु भएको छ । सन्दकपुर गाउँपालिका क्षेत्रमा रहेका मुहानको पानी ल्याउने गरी खानेपानी योजनाको निर्माणले तीव्रता पाएको हो । एसियाली...

नवरात्रको आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ, २७ असोज-बडादशैँ एवं नवरात्रको आठौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीअर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा...

धानखेतमा खोला पसेपछि

चन्द्रकला भण्डारी झापा, ४ कात्तिक ९रासस० ः गौरीगञ्ज गाउँपालिका–२ भाकुरमाडी बस्तीमा पसेको पानी र हिलो अझै सुकेको छैन । धानका कुन्यू मिलाएजस्तै लहरै माटो र ढुङ्गाले जस्तापाता च्यापेर बनाएको घरको आँगनदेखि ओछ्यानसम्मै छिपछिप्पे हिलो र...

देशभर थपिए २७ सय कोरोना संक्रमित, निको हुने ६ लाख नाघे

काठमाडौं, १७ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ९८५ नमुनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका...

प्याब्सनकाे प्रस्ताव: एसईई परीक्षा नलिऔं, विद्यालयको मूल्यांकनलाई आधार मानौं

काठमाडौं, २३ वैशाख-निजी तथा विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले माध्यामिक शिक्षा परीक्षा (एसईई) नलिई विद्यालयको मुल्यांकनको आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिन प्रस्ताव गरेको छ । ‘अहिलेको परिस्थितिमा परीक्षा गर्न सकिँदैन,’ प्याब्सन अध्यक्ष टिका पुरीले भने, ‘विद्याललको...

सप्तकोसीमा सञ्चालित पानीजहाज बन्द

विराटनगर, फागुन १सप्तकोसी नदीमा सञ्चालित पानीजहाजहरू बन्द भएका छन् । जल यातायात व्यवसायी महासंघमा आवद्ध भएर सुनसरीको चतराबाट भोजपुरसम्म सञ्चालन हुँदै आएका विभिन्न ७ वटा पानीजहाजहरू सुरक्षाको कारण देखाउँदै बन्द गरिएका हुन् । महासंघले बिहीबार...

औषधीको दुरूपयोग रोक्न सबैको साथ सहयोगको खाँचो

विराटनगर । लागु तथा मनोद्धिपक औषधि चिकित्सकको प्रेसक्रिप्सन लिएर मात्र औषधी व्यवसायीहरुले विक्री वितरण गरिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । चिकित्सकको प्रेसक्रिप्सन विना लागु तथा मनोद्धिपक औषधि बिक्री वितरण गर्दा यसको दुरूपयोग बढेको कारणले सरोकारवालाहरूले...

माधव नेपाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं, १० पुस-चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेकी छिन् । कोटेश्वस्थित निवास पुगेर राजदूत यान्छीले भेट गरेको नेता विष्णु रिजालले बताए । भेटमा नेकपा विभाजनपछिको घटनाक्रमका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्