प्रदेश २ मा कोरोना संक्रमणबाट ७ को मृत्यु, कुल मृतक ८४

 न्यूज विराट
प्रदेश २ मा कोरोना संक्रमणबाट ७ को मृत्यु, कुल मृतक ८४

धनुषा, १३ भदौ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ महिलासहित ७ जनाको मृत्यु हुनुका साथै १६५ नयाँ संक्रमित थपिएका छन् । सो अवधिमा महोत्तरी र सिरहामा २/२ तथा पर्सामा ३ जनाको मृत्यु भएको समाजिक विकास मन्त्रालयका वरिष्ठ डा कमलेशप्रसाद यादवले जानकारी गराए । सोअनुरूप महोत्तरीको भङ्गाहा नगरपालिका–१ का ३५ वर्षीय, पिपरा गाउँपालिका–७ का ७० वर्षीय, सिरहाको सुखीपुर नगरपालिका–८ का ५५ वर्षीय र लहान–१८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

त्यस्तै, पर्साको वीरगञ्ज महानगरपालिका–१२ का ४८ वर्षीय, वीरगञ्ज–२२ का ३७ वर्षीय र वीरगञ्ज–१२ का ६५ वर्षीया १ महिला गरी ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । यो प्रदेशबाट अहिलेसम्म कोरोनाको संक्रमणबाट ८४ जनाको मृत्यु भइसकेको छ ।

सोही अवधिमा धनुषामा ४९, महोत्तरीमा २७, सर्लाहीमा ४५, रौतहटमा एक, बारामा नौ र पर्सामा ३४ गरी १६५ जना थपिएका छन् । यस प्रदेशमा अब संक्रमितको संख्या ९ हजार ७९५ पुगेको छ । सोमध्ये आज ४ महिला गरी ८७ उपचार गराइ  निको भएर घर फर्केका छन् । अब उपचार गराइ निको भएर घर फर्केनेको संख्या चार हजार ७५५ पुगेको छ ।

यस प्रदेशअन्तर्गतका १९६ क्वारेन्टाइनमा ७५० जना बसेका छन् भने होम क्वारेन्टाइनमा १  हजार ६४३, आइसोलेसनमा १ हजार ७४ र होम आइसोलेसनमा ३ हजार ९०२ जना रहेको सो मन्त्रालयले जनाएको छ । – रासस

सम्बन्धित समाचार

आज ३५५६ संक्रमित थपिए, १५०३ जना डिस्चार्ज

काठमाडौं, २७ असोज-गत २४ घण्टामा नेपालमा ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ हजार ५ सय ७७ को पीसीआर गर्दा आज ३ हजार ५ सय ५६ जनामा कोरोना पुष्टि...

प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी आन्दोलन गर्ने

काठमाडौं, ९ पुस । नेकपा प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । १४ पुसमा विघटनविरुद्ध देशव्यापी प्रर्दशन गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बबरमहलको कार्की पार्टी प्यालेसमा जारी बैठकले...

तिलोत्तमा हत्या प्रकरण : एसएसपीको नेतृत्वमा अनुसन्धान टोली गठन

काठमाडौं, २७ जेठ-रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० मा ५ जनाको विभत्स हत्या घटना अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा अनुसन्धान टोली गठन भएको छ । प्रदेश प्रहरी कार्यालय-५ का एसएसपी राजकुमार वैदवारको नेतृत्वमा ३ सदस्यीय अनुसान्धान टोली गठन भएको...

सेती प्रादेशिक अस्पताल कोरोनामुक्त

कैलाली, २६ वैशाख-कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पताल कोरोनामुक्त भएको छ । आज निको हुन बाँकी रहेका १ महिला डिस्चार्ज भएसँगै सेती अस्पताल कोरोनामुक्त भएको हो । शुक्रबार अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३४ वर्षीया महिला...

कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या ४१ लाख नाघ्यो

एजेन्सी, बैशाख २८-कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर संक्रमित हुनेको संख्या ४१ लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालय तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ४१ लाख ७२८ पुगेको छ...

आज ३ हजार ९३ जनामा कोरोना संक्रमण

काठमाडौं, ४ कात्तिक-गत २४ घण्टामा देशभर ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ८ सय ६१ को पीसीआर गर्दा आज ३ हजार ९३ जनामा कोरोना पुष्टि भएको हो । योसहित...

चर्चा बटुल्दै राष्ट्रिय भावनाले ओतप्रोत मैथिली गीत ‘हम छी नेपाली’

विराटनगर । राष्ट्रिय भावनाले ओतप्रोत मैथिली भाषामा रेकर्ड गरिएको ‘हम छी नेपाली,नेपाल हमर शान छै’ बोलको गीत रिलिज भएसँगै चर्चा सुरु भएको छ ।लोकप्रिय युवा गायक जागेश ठाकुरको स्वरमा रेकर्ड गरिएको यो गीत ‘मैथिली अनलाइन’...

मेगा सहकारीको स्थापना दिवसमा मानसेवा आश्रममा भोजन

विराटनगर । विराटनगरमा रहेको मेगा बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं स्थापना दिवसको अवसर पारेर भोजन खुवाउने कार्यक्रम आयोजना गरेको छ । सहकारीले विराटनगरमा रहेको मानसेवा आश्रममा रहेका ज्येष्ठ नागरिक तथा बालवालिकाहरुलाई आज...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्