वीपीमा थप एक कोरोना संक्रमितको मृत्यु

 न्यूज विराट
वीपीमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगर, १३ भदौ–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सिरहाको भदैया घर भएका ८४ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार राति ११ः२० बजे मृत्यु भएको हो । मृतकमा अत्याधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको प्रतिष्ठानका प्रवक्ता डा . निदेश सापकोटाले जानकारी दिए ।

स्वास्थ्यमा समस्या भएपछि वृद्धलाई उपचारका लागि भदौ ६ गते धरान ल्याइएको थियो । कोरोनाको आशंकामा स्वाबको पीसीआर परीक्षण गराउँदा ७ गते रिपोर्ट पोजेटिभ आएको थियो । वृद्धको कोभिड अस्पतालमा भर्ना गरि उपचार भैरहेकोमा मृत्यु भएको थियो । मृतकमा मृगौला सम्बन्धी पुरानै समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा शनिबारदेखि चौथो संस्करणको मारवाडी क्रिकेट लिग सुरु हुँदै

विराटनगर । विराटनगरमा चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिता सुरु हुने भएको छ । यस वर्षको नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिता शनिबारदेखि संघीय राजधानी काठमाडौं, कोशी प्रदेशको राजधानी विराटनगर र भैरहवामा हुने भएको हो...

वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्वसचिव घिमिरे नियुक्त

काठमाडौं, ३ वैशाख-नेपाल वायुसेवा निगमकाे कार्यकारी अध्यक्षमा सुशील घिमिरेलाई नियुक्त गरिएकाे छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले तीन महिनायता रिक्त पदमा पूर्वसचिव घिमिरेलाई नियुक्त गरेकाे हाे । उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा १८...

प्रदीप नेपाल माधव नेपालकै एकीकृत समाजवादीमा खुले

काठमाडौं, ९ भदौ । नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप नेपाल अन्ततः माधव कुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादीको पक्षमा खुलेका छन् । आफू एमालेमै रहेको बताएका प्रदीप अन्ततः माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा...

एक वर्षमा क्षयरोगबाट प्रदेश १ मा ११३ जनाको मृत्यु

विराटनगर, १० चैत । एक वर्षको अवधिमा प्रदेश १ मा क्षयरोगबाट एक सय १३ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसको पूर्व सन्ध्यामा मंगलबार ग्लोबल फन्ड, नेपाल सरकारको सहयोग र सेभ द चिल्ड्रेनको आयोजनामा...

प्रचण्डको षडयन्त्र र माधवको कुण्ठा पराजित

काठमाडौं, फागुन २३ । सर्वाेच्च अदालतले नेकपाको बिवादको अन्तिम टुंगो लगाउँदै ऋषि कट्टेललाई आधिकारिकता दिएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा खारेज भएको छ । सर्वाेच्चले आज नेकपा बिवादमा अन्तिम फैसला सुनाउँदै कट्टेल नेतृत्वको नेकपालाई...

थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ८७ पुग्यो

काठमाडौं, ९ जेठ-नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमा नवलपरासी (वर्दघाट...

प्रदेश १ को प्रदेशसभा बैठक सुचारु, वातावरण संरक्षण विधेयक पेस

विराटनगर, माघ २८–३ दिनदेखि अवरूद्ध प्रदेश १ को प्रदेशसभा बैठक मंगलबारदेखि सुचारू भएको छ । प्रदेशसभामा नेपाली कांग्रेसले भ्रष्टाचारमा संलग्न सबैलाई कारबाहीको माग गर्दै आइतबार, सोमबार र मंगलवार पनि केही बेर सदन अवरूद्ध गरेको थियो...

पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा

चितवन, माघ ८–नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको सुक्खा पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा मङ्गलबार राति सुक्खा पहिरो खसेको थियो । राति साढे ९...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्