पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा

 न्यूज विराट
पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा

चितवन, माघ ८–नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको सुक्खा पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा मङ्गलबार राति सुक्खा पहिरो खसेको थियो ।

राति साढे ९ बजे पहिरो खसेर अवरुद्ध बनेको सडक बुधबार बिहान पौने २ बजेबाट पहिरो पन्छाएपछि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । खनालका अनुसार पहिरो पन्छाउन दुईवटा जेसीभी र एउटा लोडर प्रयोग गरिएको थियो । सुक्खा पहिरो तुइनखोलाको ३ नम्बर पुल नजिक खसेको हो । एक वर्षअघि विस्तारको काम सम्पन्न भएको सो सडकमा अहिले पहिरो रोक्ने काम भइरहेको छ । रासस

सम्बन्धित समाचार

आज देशभर ६१३५ जना जितेर कोरोना

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८ हजार ५२० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ४७८ जनाको पीसीआर र एन्टिजेन गर्दा गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन्...

इलाममा सवारी दुर्घटना एक जनाको मृत्यु

विराटनगर, १५ माघ । इलाम नगरपालिका–९ मा बुधवार दिउँसो भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । इलामबाट झापा तर्फ जाँदै गरेको को १८ प ६९७ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ जाँदै गरेको...

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं, २६ पुस-राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेकी हुन् । आज बिहान बसेको...

झी पुः चमा नयाँ नेतृत्व, अध्यक्षमा भविषकुमार श्रेष्ठ

विराटनगर । झी पुःच (नेपाल भाषा तथा संस्कृतिक संघ) को अध्यक्षमा भविषकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । झी पुचः को २९ औ साधरणसबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । होटल तथा पर्यटन व्यवसायी...

वीरगञ्जको कोरोना विशेष अस्पतालमा १ जना बिरामीको मृत्यु

वीरगञ्ज, २२ साउन-पर्साको वीरगञ्जस्थित अस्थायी कोरोना विशेष अस्पतालमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका–१०, आदर्शनगरका ५६ वर्षीय पुरुष छन् । मधुमेह र मुटुका रोगीसमेत रहेका उनी श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि नारायणी...

त्रिभुवन विमानस्थलमा एकै दिन १६ उडान

काठमाडौं, ६ असार-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १६ उडान भएका छन् । अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ ६ उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत् जनाएको छ । शुक्रबार पनि अन्तर्राष्ट्रियतर्फ ९ र आन्तरिकतर्फ ५ गरी १५...

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको काज सरुवा, दिपक पोखरेल आउँदै

विराटनगर । मोरङ प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) शान्तिराज कोइरालाको काज सरुवा भएको छ । अपराध नियन्त्रण, अनुसन्धान र द्धन्द्ध व्यवस्थापनमा अब्बल देखिएका कोइरालाको मोरङबाट नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौं सरुवा भएको हो । करिब...

मिल्स भेट्रान्स गोल्डकप, गछिया र इटहरी भेट्रान्स क्बल विजयी

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा गछिया भेट्रान्स क्लब र हाम्रो भेट्रान्स क्बल इटहरी विजयी भएको छ ।विराटनगर जुट मिलको खेल मैदानमा आइतबार भएको पहिला खेलमा घरेलु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्