न्युरोमा ५० शैयाको कोभिड–१९ अस्पताल सञ्चालन

 न्यूज विराट
न्युरोमा ५० शैयाको कोभिड–१९ अस्पताल सञ्चालन

विराटनगर, १२ भदौ-विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले भेन्टिलेटरसहित ५० शैयाको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । विराटनगर–९ महेन्द्र चौकमा रहेको न्यूरोको शाखा मदर एण्ड चाइल्ड अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरि सञ्चालनमा ल्याएको हो ।

न्यूरोको कोभिड अस्पतालमा जनरल ४२, आईसीयू ७ र भेन्टिलेटर २ शैया रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलका अपरेशन डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि संक्रमित राखेर उपचार गर्ने अस्पतालको शैय्या अभाव भइरहेको बेला निजी स्तरबाट पनि राज्यलाई सहयोग हुनेगरी कोभिड अस्पताल संचालनमा ल्याएको उनले बताए ।

लक्षणसहितका संक्रमितहरुले उपचार अभावमा छट्पटाउनुर्ने अवस्थाको अन्त्य गर्नका लागि अस्पताल सञ्चालनमा ल्याएको भट्टराईले बताए । यसअघि विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले आईसोलेशन सञ्चालन गरिसकेको छ ।

न्यूरो अस्पतालले कोभिड क्राईसिस मेनेजमेन्ट समिति अस्पतालस्तरमै गठन गरेर विराटनगरमा सबैभन्दा पहिले कोरोना संक्रमितको उपचार गरेको थियो । सुविधासम्पन्न न्यूरोको कोभिड अस्पतालको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गरे ।

सम्बन्धित समाचार

दिनदहाडै विराटनगरमा लुटपाट, निर्माण व्यवसायी कर्णको अफिसबाट १४ लाख बढी रकम लुटियो

विराटनगर । विराटनगर – ३ मोर्डन एरा स्कुल अगाडीबाट दिनदहाडै लुटपाट भएको छ । निमार्ण व्यवसायी बिवेक कर्णको अपिसबाट आज दिउँसो ३ बजे १४ लाख ४७ हजार रुपैयाँ लुटपाट भएको बताएका छन् । मोटसाइकलमा आएका...

लगानीकर्तालाई धितोपत्र बजार सम्बन्धी सचेतना

विराटनगर । झापाको विर्तामोडका लगानीकर्तालाई धितोपत्र बजार सम्बन्धी शिक्षा र सचेतना कार्यक्रम आयोजना गरिएको छ । नेपाल धितोपत्र बोर्ड र स्टक ब्रोकर एशोसिएसनको आयोजनामा शुक्रबार धितोपत्र बजार सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो ।कार्यक्रममा विर्तामोडका लगानीकर्ताहरूले...

पाँच दिन स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन नहुने

काठमाडौं, ६ कात्तिक-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड-१९ का बारेमा जानकारी दिन गरिने नियमित पत्रकार सम्मेलन पाँच दिनका लागि स्थगन गरिएको छ । बडादसैँका कारण पत्रकार सम्मेलन यही कात्तिक ७ देखि कात्तिक ११ गतेसम्मका लागि स्थगन...

गठबन्धन नगर्न कांग्रेसमा अधिकांशको सुझाव

गाउँ-गाउँ पुगेर फर्किएका अधिकांश कांग्रेस नेताहरूले नेतृत्वलाई गठबन्धन नगर्न सुझाएका छन् । शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राखेका २१ मध्ये अधिकांश नेताहरूले गठबन्धन नगर्न सुझाव दिएका हुन् । नेकपा र एमाले विभाजित रहेकाे अवस्थामा कांग्रेसलाई फाइदा हुने भन्दै...

सरकारको आश्वासन ‘दिवासपना’ मात्रै : विनोद चौधरी

काठमाडौं, ५ जेठ-सांसद विनोद चौधरीले सरकारको नीति तथा कार्यक्रमले लकडाउनले आहत भएका सर्वसाधरणलाई जीवनरक्षाको प्रत्याभूति दिन नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसधभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुँदै उनले कोरोनाले निम्त्याएको...

एमाले एकता बचाउन फेरि छलफलमा जुटे कार्यदलका नेता, यस्तो छ १० बुँदेअनुसार अघि बढने गृहकार्य

काठमाडौं, साउन २ । एमालेका दोस्रो तहका नेताहरुले पार्टी एकताको पहल जारी राखेका छन् । एमाले स्थायी कमिटीले धन्यवादसहित १० बुँदे सहमति अनुमोदन गरी कार्यदल बिघटन गरेपछि उत्साहित बनेका कार्यदलका सदस्यहरु फेरि एकजुट बनेका हुन ।...

चार देशीय क्रिकेट श्रृंखला : अन्तिम खेलमा नेपाल आयरल्याण्डसँग पराजित

ओमानमा सम्पन्न चार देशीय टी–२० क्रिकेट श्रृंखलाको अन्तिम खेलमा नेपाल आयरल्याण्डसँग पराजित भएको छ । १२८ रनको लक्ष्य पाएको नेपालले निर्धाति २० ओभरमा ९ विकेट गुमाए १११ रनमात्र बनाउन सक्यो । पावर प्लेमै दुई विकेट गुमाउँदा...

मेरिल्याण्ड कलेजमा हाजिरजवाफ प्रतियोगिता

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बा सावित भएको विरानगर –७ स्थित मेरिल्याण्ड कलेजमा हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । कलेज परिसर भित्र आइतबार हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको हो । कक्षा ११, १२ र विविएसका यस अघि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्