वीपीमा थप एक कोरोना संक्रमितको मृत्यु

 न्यूज विराट
वीपीमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगर, ११ भदौ–सुनसरीको धरनस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रदेश २ को सिराहा नगरपालिका–२ का ५५ वर्षिय पुरुषको बिहिबार साँझ पौने ७ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृतकका परिवारले भदौ ६ गते अत्यधिक खोकी, श्वास प्रश्वासमा समस्या र ज्यरो आएर अस्पताल ल्याएकोमा भर्ना गरि पिरिआर परिक्षण गर्दा ७ गते कोरोना पोजेटिभ देखिएपछि प्रतिष्ठानको आइसोलेसनमा उपचार सुरु गरिएको थियो ।

उनले अवस्था खराब भएपछि २ दिनदेखि प्रतिष्ठानको कोभिड–१९ अस्पतालको आइसियुमा उपचार गरिएका मृतक पुरुष दिर्घ रोगी रहेको बताए । प्रवक्ता डा. सापकोटाले उच्च रक्तचाप र २० वर्ष अघि टिबि रोगको औषधि १८ महिना सेवन गरेका उनको आइसियुमै उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

सम्बन्धित समाचार

कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो, आज थप ११६ संक्रमण पुष्टि

काठमाडौं, ३० असार-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार नाघेको छ । मंगलबारको कोभिड-१९ प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिलो २४ घण्टामा ११६ जना संक्रमित थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या...

सिद्धबाबा प्रकरण :आरोपित गिरीको बयान सकियो, थुनछेक बहस आइतबार

विराटनगर, पुस ११–अनुयायी महिलालाई बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको आज बयान लिइएको छ । गिरीको बयान लिए पनि कार्यालय समय सकिएकाले थुनछेक बहस भने आइतबारका लागि तोकिएको छ । सरकारी वकिलमार्फत अदालतमा अभियोग...

उपराष्ट्रपति पुनको कोरोना परीक्षण

काठमाडौं, ३० वैशाख-संघीय संसद्को छैठौँ अधिवेशनमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा सहभागी हुनका लागि उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाबको नमुना संकलन गरिएको छ । संघीय संसद् सचिवालयको समन्वयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मंगलबार कोभिड–१९ परीक्षणका लागि...

टी –२० क्रिकेट प्रतियोगितामा आर्मी र कर्णाली फाइनलमा

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लव र कर्णाली प्रवेश गरेका छन् ।विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशको चुनौतीलाई ५ विकेटले पन्छ्याउँदै विभागिय टोली त्रिभुवन आर्मी क्लव फाइनलमा...

प्रदेश १ मा आज ४६३ संक्रमणमुक्त, ४४३ संक्रमित थपिए

विराटनगर, २३ असार । प्रदेश १ मा आज ४६३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१८ महिला र २४३ पुरुष रहेको छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६७ हजार २६० पुगेको छ ।...

आजदेखि सर्वोच्चमा गोलाप्रथाबाट इजलास तोकिँदै

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतको इजलास निर्धारण गर्दा प्रधानन्यायाधीशको एकल आजदेखि तोडिँदै छ । अब न्यायाधीशहरुले गोलाप्रथाबाट इजलास पाउनेछन् । आधुनिक नेपालको न्यायिक इतिहासमा पहिलोपल्ट हुन लागेको गोलाप्रथा प्रक्रियाको माग गरी सर्वोच्चका न्यायाधीशहरु एक...

मापसे गरेर एम्बुलेन्स चालकको विराटनगरमा आतंक, चार वटा सवारीलाई दिए ठक्कर

विराटनगर । विराटनगरको हस्पिटल चोकमा मादक पदार्थ सेवन (मापसे) गरी एक जना एम्बुलेन्स चालकले आतंक मच्याएका छन् । मोरङको रतुवामाइ नगरपालिका – ५ का वर्ष २९ का सुफल मुर्मुले मापसे सेवन गरेर मंगलबार राती चलाएको...

महाकाली सन्धीले कालोपानी गुमाएको हैन : विष्णु पौडेल

काठमाडौं, ३१ जेठ-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विष्णु पौडेलले महाकाली सन्धीको बचाउ गरेका छन् । नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा महाकाली सन्धीमा प्रयोग भएका शब्दहरुको गलत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्